Thursday, May 1, 2025

कथा र अकथा बिच कतै अल्झिएको म

 

के म कथा हुँ ? होइन, होइन भने किन कथाझै संरचनामा बाचिरहेछु । मलाई कथाहरु सधै संरचनाका उपच लाग्छ । किन कथाले पात्र माग्छ । परिबेश माग्छ । कथानक माग्छ । द्घन्द माग्छ । द्घन्दको उचित अन्त्य माग्छ । हो जीवन पनि कथाझै हो । वा भनौ कथालाई जीवन भनिदिन्छौ ।

तर म कथा होइन । म जीवनको कथाझै अधुरो अन्त्य चाहन्न । द्घन्दको उचित अन्त्य चाहन्न । म त मेरा कथाझै आफ्नै खाले यात्रा चाहन्छु । हो म कथा लेख्दिन । म आफैँलाई लेख्छु । तर मेरो जीवन कथाझै छ ? छैन , छैन भने किन लेखिरहेछु ? किनभने म लेख्न चाहन्छु । मैले बुझेँदेखी म लेख्न नै चाहन्थे । मलाई संसारलाई भन्नु थियो म पनि लेख्न सक्छु । मलाई आफ्नै जस्ता कथा भन्नु थियो बिना संरचनाका । हो मलाई बिना संरचनामा बाच्नु थियो । बाचेको कुरा दुनियालाई सुनाउँनु पनि थियो । नसुनाएझै गर्नु पनि थियो । म यस्तै नै हो म मेरा कथाहरु सुनाउँन पनि चाहन्छु तर कथाकै रुपमा होइन । म कथाभित्र अठ्दिन । मेरो जीवन पनि अट्देन । तर मलाई केही भन्नु छ । र भनेको कुरा सुनाउँनु पनि । तर आफ्नै लागि लेखेझै गर्नु पनि छ । 

कहिलेकाही मलाई आफू चित्रकार नभएकोमा दुखेसो लाग्छ । म जे छु चित्रझै प्रष्ट छैन । धुमिलताहरु, संरचनाबिनाका अक्षरहरु मसँग बाच्छन् जो म लेखिदिन्छु । मेरो दिमाग मेरो लेखाइ हो । सक्ने भए म भित्रका सबै अनुभूतीहरु लेखिदिन्थेँ । आफैँलाई दावी पनि गर्थे र आफैँलाई मेटिदिन्थेँ पनि । 

तर थाहा छैन यी बिनाअर्थका कामले मलाई खुसी मात्र बनाउँछ । तर म दुखी हुँदा लेख्छु । कथाहरु मेरा दुखका साक्षि हुन् ।  तर कहिलेकाही लाग्छ  यी बिना मतलबका अकथाहरु लेखिबस्नुको कुनै अर्थ छ? छैन भने म किन लेखिरहेछु । 

एक मन भन्छ जे मनपर्छ त्यो गर्नु राम्रो हो । कहिलेकाही लाग्छ मलाई किन यस्ता बिनामतलबका असंरचनाका लहडी काम मनपर्छ । म यी कुरा दुनियालाई भन्न सक्दिन । परिवारलाई भन्न सक्दिन । साथीभाईलाई पनि बिरलै भन्छु । तर भन्न आवश्यक पनि त छैन । 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...