Thursday, May 15, 2025

प्रेम



 कतै सुनेको थिएँ लेख्न सबैभन्दा सजिलो विषय प्रेम हो सबैभन्दा गाह्रो पनि थाहा छैन प्रेममा खर्चिएका मसिहरु  कति हाँसो आँशुले सिँचित छन् समयको कठिन परिधिमा निस्सासीएका मानिसहरु किन प्रेम भन्ने बित्तिकै उन्मुक्त हुन्छन्? कति कुरा गर्न लजाउँछन्, कति प्रेम गर्छु भन्न डराउँछन् कति पक्षिहरुझै आफ्नै प्रेमको उडानमा पर पर पुग्छन् किन प्रेम आफैँमा पूर्ण भएर पनि अपूर्णझै हर प्रेमीहरुको इन्द्रेणीमा अर्को रंग बनेर घुल्छ


         
प्रेम गर्नु भनेको कोमल हुनु हो प्रेमको इतिहास कोमलताको इतिहास हो कसैलाई तिमी कमजोरीसहित अपनाउँछौ, उसका गल्तिहरुमा हाँसिदिन्छौ फेरी अर्को मौका दिन्छौ कठोरताको कैंचीले उसको उडानलाई रोक्दैनौ भने त्यो प्रेम नै हो तिमी हर  कसैलाई प्रेम गर्न सक्छौ तर प्रेमको बदला प्रेम नै म्याथको र्फमूला  माइनस माइनस प्लस जस्तो नहुन सक्छ प्रेम गर्दिन कहिल्यै प्रेम गरिन भन्नेहरु पनि प्रेम गर्छन् प्रेमको मैफिललाई नकार्नेहरु  जीवनको संगित सिम्फोनीलाई पनि नकार्न सक्छन् नर्कानु अर्को कुरा  तर कसैलाई प्रेम नै गरिन भन्नु मिथ्या मात्र हो


       
हर प्रेमीहरु सुन्दर गुलाफ हुन् प्रेम गर्न गाह्रो तर पनि उनीहरु प्रेम गर्छन् कसैलाई प्रेम गर्नु भनेको आफ्नो जस्तै अर्को मानिसको अस्तित्व स्विकार गर्नु हो प्रेमको लडाई इगोको लडाई होइन यो   अपनत्वको लडाई हो, आत्मास्विकृतिको लडाई हो प्रेमिहरु जस्ले प्रेम गर्छन् एकअर्कालाई ति संसारकै सुखी मानिसहरु हुन् सायद सुन्दर पनि त्यसैले यो भूमण्डलको सबैभन्दा सुन्दर चीज त्यो केही हो भने त्यो प्रेम हो मात्र प्रेम


       
मानिसहरु प्रेमलाई सम्बन्धसँग जोड्छन् पो प्रेम कुरुप बन्दैछ प्रेम प्रेम नै हो सम्बन्ध प्रेमबिच तात्विक केही सामञ्जस्यता छैन यी जीवनका छुट्टाछुट्टै स्वतन्त्र वृत्तहरु मात्र हुन्    प्रेम गर्नेसँग जीवन बिताउँने इच्छा प्राय सबैको हुन्छ तथापी यीनीहरुको  आफ्नै सामाजिक, आर्थिक धार्मिक चौघेराहरु छन् हरेक प्रेम सम्बन्धहरु बिवाहमै गएर अन्त्य हुन्छन् भन्ने छैन यदि प्रेम सम्बन्धको गहिराइ नाप्ने हो भने प्रेमको गहिराइ सधैं गहिरो हुन्छ हुनेछ सम्बन्ध समाजले बनाएको मापदव्ड मात्र हो यसको मूल्याङ्कन   सायद अर्थशास्त्र समावशास्त्रले बढि गर्ला त्यसैले प्रेमको सुरुवात अन्त्य दुवै बिवाह हो भन्नु चल्तिको भाषा बोल्नु मात्र हो सबै बिकेका स्थापित बिचारहरु ठिक हुन्  भन्न सक्दिन


         
कवि, चित्रकार, लेखक, कलाकार यी प्रेमका हिमायतीहरु हुन् प्रेमलाई अभिब्यक्त गर्न खोज्नु  आफ्नै पाखण्डलाई आफ्नै शिल्पले छोप्नु हो शब्द कलाको भाषा बेगर प्रेमको अस्तित्व कहि कतै भने त्यो मौनतामा मात्र   प्रेमीहरु बिना भाषा पनि बोल्न सक्छन् ठिक बिपरीत त्यही मौनतालाई कविले कविता बनाउँछ, लेखकले कथा बुन्छ, चित्रकारले चित्र त्यसैले आफू भाषामा बोले पनि कसैले मौनतालाई प्रेम गर्छ भने त्यो कवि, चित्रकार, लेखक मध्धे कोही एक हो


       
प्रेमको भाषा संसारकै सुन्दर भाषा हो नबोलेरै बोल्नु भनेको संसारको बहुरंगी कोलाजबाट सुन्दर मौन सिम्फोनी  निकाल्नु हो हुनसक्छ गीत गाउँनु, कविता लेख्नु, अभिनय गर्नु, चित्र बनाउँनु, मूर्ति बनाउँनु सायद प्रेमकै भाषा बोल्नु हो

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...