एक झ्याल । एउटा ओछ्यान । एक जोर कपडा । एउटा ल्यापटप । ल्यापटपमा एक जोर हातहरु । एउटा हृदय । आफैँलाई हेर्छु एक म । सजिलो छैन त जिउँन । एक म एक तिमी । गाह्रो पनि सजिलो पनि ।
कयौ दिनहरु म यसरी नै बिताइदिन्छु मानो यो कुनै जनत्त हो । वा कुनै मायावी संसार । न कसैका अपेक्षाहरु । न कैसँग आशाहरु । मानौ जीवनको नोकर मै हुँ र मालीक पनि । आफ्नै ओछ्यान । आफ्नै कपडाहरु । आफ्नै मौनता । आफ्नै कोलाहल । मलाई लाग्छ स्वर्ग यही हो ।
कतिलाई लाग्ला एक्लो हुनु गाह्रो हो । तर एक्लो त हर कोही छ । चिहाएर त हेर कसैको हृदयमा उ बाहेक अरु कोही छैन । चाहेको पनि यही हो । एक्लोपनमा म यसरी रमाउँछु मानौ म जे अनुभुत गर्छु त्यसमा बिथोल्ने कोही छैन । पकाउँने मै हुँ । खाने पनि मै हुँ । मानौ यो मेरो मात्र भूगोल हो । मानौ मेरो भूगोलको म मात्र हुँ ।
ग्राहो माने सबै चिज ग्राहो । एक्लो हुनु भनेको ग्राहोपन बाट भाग्नु हो । आमा भन्नुहुन्छ तँ काँतर छेस् तँलाई परिवार झन्झटिलो लाग्छ । हो खोजेको पनि यही हो । यो सजिलोको खोजी हो ।
No comments:
Post a Comment