Sunday, May 4, 2025

जानु अघि

 

चराका एक हुन आफ्नै उडानमा छ । मेरा आखाहरुले उनीहरलाई छोडेका छैनन् । थाहा छैन उनीहरु कहाँ जाँदैछन् । जाँदैगर्दा जाँदैछु  भन्दै छन् वा छैनन् । तर जानु त छ । पर कतै.... । जानु अघि जाँदैछु पनि भन्नु छ ।

रोकिन सजिलो छैन । मलाई रुखहरु देखेर इष्र्या लाग्छ कसरी उनीहरु त्यसरी स्थिरतामा पनि रमाउँन सक्छन् । उनीहरुको स्थिरताले सदा लोभ्याउँछ । तर कहि जानु छ जाँदै गर्दा जाँदै छु भन्नु पनि छ ।

No comments:

Post a Comment

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...