Wednesday, May 28, 2025

तिम्रो बारेमा


केही भन्नु थियो, तिम्रो बारेमा । तर भन्छु भन्दैमा भन्न सकिन्छ र ! मैले भन्छु भनेपछि पनि एक कप चिया खाएँ । दुई पाना किताब पढेँ । झ्यालबाट आकाश चिहाएँ । तर भनिन । भन्छु भनेको पनि हो । भन्न नसकेको पनि हो । भन्छु भन्दाभन्दै समय बितेको पनि हो । 

यतिका बर्षपछि पनि भन्छु भनेका बाक्यहरुले यदाकदा पिरोल्छन् । याद न हो पटकपटक आइदिन्छ । अब त सम्झनामा मात्र बाकी रहेकी तिमीलाई के भन्नु । के भनिरहनु । तर भनेको भए हुने भन्ने सदा लाग्छ । मन न हो यदाकदा यही कुराले बिथोलिन्छ ।

आज दिउँसो सडक छेउ तिमीजस्तै कोही देखेँ । तिमी नै पो हौकि भन्ने नलागेको पनि होइन । तर बोलाउँन सकिन । सायद तिमी नै पो होकि । बोलाउँन सकेको भए भन्नेथिएँ । तर बोलाउँन सकिन । तिमी होइनौ कि । तिमी जस्तै अरु कोही हो की । तर किन मलाई लाग्यो तिमी नै हौ । 

हिजो घर फर्केपछि फेरी पुराना डायरीहरु पल्टाएँ । तिमीलाई खोजेँ ।  भन्न नसकेका वाक्यहरु फेरी पढेँ एकपटक । मन न हो लाग्यो तिमीलाई भनेको भए हुने । तर भन्न सकिन । भनेको भए जे पनि हुन सक्थ्यो । तर किन सधै लाग्छ मैले भन्नुपथ्र्यो । फेरी अर्कोपटक भन्न चाहेको त्यही दिनझै फेरी  चिया पिएँ । किताब पल्टाएँ । आकाश हेरेँ .................

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...