बिहेको शास्त्रीय समाजशास्त्रीय परिभाषा बारे न मलाई कुनै चासो छ न कुनै जिज्ञासा । मैले प्रस्तुत गर्ने बिहेको समाजसास्त्रीय बिश्लेषण केवल गैर- एकेडेमिक र चलेको भाषामा भन्दा अबलोकननीय र अनुभवजन्य बिश्लेषण मात्र हो ।
बिहे भन्ने बित्तिकै दुई भिन्न लिङ्गका ब्यक्तीहरुले भिन्न रुपले बुझ्ने एक सामाजीक सस्था हो । भाले जातिको लागी आफ्नो
व्यक्तिगत तथा सामाजीक जीवनमा अर्को ब्यक्तिलाई स्वागत गर्नु हो भने पोथी जातीको लागी कोही अरुको जीवनमा आफूलाई समेट्न खोज्नु हो । यो ब्याख्या गर्दा जती रोमान्टिक लाग्छ त्यती नै
बिभेद्कारी सस्था पनि हो । यसको केन्द्रमा सधैं भाले जातीको बाहुल्यता रह्यो जसको फल:स्वरुप पोथी जातीलाई सधैं खुट्टा
भए जुत्तको के कमी भन्ने बिम्ब
को रुपमा लिइराखियो ।
यो कुरा गर्दा मलाई अलिअली संकोच पनि लाग्छ । लेख्न बस्दा कतिपटक लेखेर मेटेको वाक्य पनि हो । मैले मेरो
बुवालाई मैले चिनेका बा मध्धे अल्ली लिबरल मान्छेको रुपमा बुझेको थिएं ।
एकदिन बुवाले अचानक सत्तरी कटेका हाम्रा एकजना भाले
जातीका आफ्न्तको दोस्रो बिहेको बारे कुरा गर्नुभयो जुन कुरा सुन्दा म छाँगाबाट खसेझैं भएँ । सत्तरी कटेका आफ्ना दाईको
बिहेबारे सोच्ने मेरा बाले तिस नक्ट्दै मेरा मामा गुमाएकी मेरी माइजुको बिहेबारे कहिल्यै
सोच्नुभएन । त्यो त परको कुरा सात बर्षमै बिधवा भएकी आफ्नी फूपुबारे पनि सोच्नुभएन । त्यो
दिन मलाई लाग्रयो मैले सोचेझै मेरा बा उदारबादी
हुनुहुदो रहेनछ । र उहाँमा अझै परापुर्व कालदेखी
चल्दै आएको पितृसतात्मक सोचको ह्याङओभर रहेछ । त्यो दिन म अल्ली कडा रुपमा प्रस्तुत
भएँ थाहा थिएन त्यो सही थियो वा गलत । कट्किदै भने - सत्तरी कटेका दाईलाई फेरी अर्को
सहयात्री खोज्ने हजुरले किन मेरी माइजु र आफ्नी फूपुबारे सोच्नुभएन अबदेखी मेरी माइजुबारे पनि सोच्नु ।
यी यस्ता साना ठूला झड्का सधैं लाग्ने गर्छ जब म 'बिबाह ' भन्ने सस्थाबारे सोच्ने गर्छु । बिबाहको कुरा गर्दा अझै हामी
बढी नै रिग्रेसिभ छौ भन्ने मलाई सधैं लाग्छ । मेरै वरिपरी पढेलेखेका मेरै दिदिबहिनीको जीवन देख्दा मलाई कहिल्यै
पनि 'बिबाह' समानता र सहअस्तित्वमा बिश्वास गर्ने सस्था हो भन्ने लाग्दैन केही अपबाद बाहेक । हुन त पुजिबादी समाजले उनीहरुले लाएको नेकलेसको साइज र
घणिको ब्राण्ड हेरेर उनीहरुलाई संसारकै भाज्ञमानी महिलाको रुपमा परिभाषित गर्न पनि
सक्छ ।
पुरुषको लागी बिबाह जती फेल्गजिबल
छ महिलाको लागी त्यती नै साघुरो । केटीको उमेर,
छालाको रंग, आँखाको साइज्, कपालको लमबाई , कलर आज पनि कुनै केटीको बिहे अगाडी उसलाई
ब्याख्या गर्ने मानकहरु हुन् । थप कुरा गर्दा
खाना पकाउँन जान्ने , कपडा धुन जान्ने , केटा भन्दा कम पढेकी पढेकी भएपनी केटा जस्तो
पढाइमा अब्बल नभएकी , मिठो स्वरमा बोल्ने असहमती नजनाउँने यी यस्ता स्टेरोटिपिकल बिशेषताले
यूक्त भएकी । केटाको केसमा यी
यस्ता मापदण्डहरु केही लागु हुँदैन बस पढेको र आर्थीक हैसियत राम्रो भए पुग्छ । तर ठिक महिलाको केसमा धेरै पढेकी र धेरे कमाउँने दुबैलाई एक खाले अबगुणको रुपमा लिइन्छ । जब सम्बन्धको सुरुवात नै यी यस्ता विभेदबाट सुरु हुन्छ
भने त्यो यात्रा कस्तो रहला । चाहेर पनि लोग्ने स्वास्नीको समान अस्तित्व समाज र
परिवारले स्विकार गर्ला त ?
फेरी म आफ्नै ब्यक्त्तिगत अनुभवतिर लागें । तपाइहरुसँग सेयार गर्ने चाहे - म तीसको नजिक पुगेकी , पढ्न लेख्न रुचाउने, महिलाको समान अस्तित्वमा बिश्वास गर्ने, लिपिस्टिक पाउडर जस्ता
भ्यानिटिमा बिश्वास नगर्ने , देख्दा काली, पाँच फीट भन्दा कम हाइट भएकी पढ्ने पढाउँने एक आम यूवती हुं । तपाईलाई लाग्ला म हाम्रो समाजले खोज्ने आइडियल बुहारी वा श्रीमती हुंदै होइन । मलाई पनि लाग्छ म होइन किनभने म सह-
अस्तित्वमा बिश्वास गर्छु, मेरो ओभरअल लुक मेरो पहिलो प्राथमिकता होइन । मलाई लाग्छ मैले गर्ने काममा म जस्तो देखिन्छु त्यसको कुनै महत्व छैन । म पढ्छु पढाँउछु मेरो मुख्य काम त्यही हो । र म बिहे गर्नकै लागी भनेर त्यस्ता कुराहरु स्विकार गर्दिन जसमा म बिश्वास गर्दिन ।
यो त भयो मेरो आफ्नो कुरा तर मेरो अनुभव पनि एक आम नेपालीको यूवतीको भन्दा केही फरक छैन । म सँगैका मेरा धेरै
केटा साथीहरु म जस्तै सिङ्गल छ्न् तर समाज उनीहरुको सिङ्गलपनलाई पनि सेलेब्रेट गर्छ भन्छ पढ्दै छ्न् करीअर बनाउँदै छ्न् । ठिक उस्तै म पनि त्यही गर्दैछु
। तर किनकिन समाज मेरो काम भन्दा पनि म सिङ्गल भएकोमा चिन्तित छ । धेरैलाई लाग्छ म
सिङ्गल रहनुमा मेरो छालाको रङ मेरो हाइट र
ओभर अल मेरो लुक प्रमुख बाधक हो । र मलाई लाग्छ
त्यही कुरा बाधक हो भने म त्यस्तो रिग्रेसिभ सस्थाको सदस्य किन बनुँ जसले कहिल्यै मलाई
मेरो छालाको रंगभन्दा माथी उठेर हेरेन । वा कहिल्यै मेरो अस्तित्व लाई वैचारिक रुपमा
स्विकार गरेन ।
अझै बुहारीको चयन र कुनै पनि ड्रेसको
चयन प्रकृयागत रुपमा हेर्ने हो भने
केही भिन्नता छैन । यदी केटाकेटी
पहिल्लेदेखी प्रेममा छ्न् भन्ने
कुरा अल्ली फरक पर्ला । तर एकदमै छुचो भाषामा भन्दा समाज अझै पनि
त्यस्तै छ । मलाई अचम्म लाग्ने कुरा चैं असी प्रतिशत काला नभएको हाम्रो समाजमा किन बुहारी चाही गोरी खोज्छ्न् । अझै पनि बुहारीहरु अनपेड डेल्ली लेबरर हुन् । भन्दा नै खाना पकाउँन
लुगा धुन बिहे गरेको उस्लाई भन्छ्न् । यो कुरा सुन्दा अल्ली पढेका बुझेका महिलाहरुले पनि इजिली एसेप्ट गरेको देख्दा भने अचम्म लाग्छ
।
शैक्षिकरुपमा म एक भाज्ञमानी
यूवती हुँ पढाइको लागी मेरो परिवारले मलाई कहिल्यै सम्झौता गर भनेन । बुवाको लागी पढिदिनु मात्र ठूलो कुरा बन्यो । पढाइपछी मात्र मैले आर्थीक
स्वतन्त्रताको बारेमा बुझें । सायद यो कुरा बढी यूनिभर्सिटिले सिकायो । त्यसैले अहिले
लाग्छ म परिपरिका सबै महिलाहरुले दुईचार पैसाका लागी कसैसँग हात फैलाउँन नपरोस् जसले हामीलाई त्यस्ता सम्बन्धबाट मुक्त बनाउँछ जसले
मुक्त्ती भन्दा पनि एकात्मक पितृसतात्मक ब्यबस्थाको कैदी बनाएको छ । धेरै केसमा बिबाह
त्यस्तै कैद हो भन्दा म गलत छु जस्तो लाग्दैन
।
छोटकरीमा भन्नुपर्दा 'विबाह' यस्तो सस्था हो जस्लाई मनपर्दैन भनौला तर यसको अस्तित्व नै अस्विकार गर्न गार्हो छ । तर यसका केही आधारभुत समस्याहरु छ्न् । यसले समता, सह-अस्तित्व भन्दा पनि भालेजातीय शक्तीसंरचनामा बिश्वास गर्छ । जबसम्म महिला र पुरुषको सह-अस्तित्व र सहभागितामा बिबाह चल्दैन तबसम्म यो एउटा एकात्मक पितृसतात्मक सस्था हो । चाहेर नचाहेर म जस्ता शिक्षित र उदारबादमा बिश्वास गर्ने मान्छेलाई बिबाहको जन्जिरमा निस्सासिन अति नै कठिन छ । म चाहन्छु म महिला मात्र होइन मानब पनि हुँ त्यसैले म जस्तै धेरै युवतीहरु चाहन्छ्न् बिबाह जन्जिर नबनोस् उन्मुक्त्ती बनोस् ।
No comments:
Post a Comment