Monday, May 12, 2025

बिहेको समाजशास्त्र

 


बिहेको शास्त्रीय समाजशास्त्रीय परिभाषा बारे मलाई कुनै चासो कुनै जिज्ञासा मैले प्रस्तुत गर्ने बिहेको समाजसास्त्रीय बिश्लेषण केवल  गैर- एकेडेमिक चलेको भाषामा भन्दा अबलोकननीय अनुभवजन्य बिश्लेषण मात्र  हो  

बिहे भन्ने बित्तिकै दुई भिन्न लिङ्गका ब्यक्तीहरुले भिन्न रुपले बुझ्ने एक सामाजीक सस्था हो भाले  जातिको लागी आफ्नो व्यक्तिगत तथा सामाजीक जीवनमा अर्को ब्यक्तिलाई स्वागत गर्नु हो भने पोथी जातीको लागी कोही अरुको जीवनमा आफूलाई समेट्न खोज्नु हो यो ब्याख्या गर्दा जती रोमान्टिक लाग्छ  त्यती नै बिभेद्कारी सस्था पनि हो यसको केन्द्रमा सधैं भाले जातीको बाहुल्यता रह्यो जसको फल:स्वरुप    पोथी जातीलाई  सधैं खुट्टा भए जुत्तको के कमी  भन्ने बिम्ब को रुपमा लिइराखियो

यो कुरा गर्दा मलाई अलिअली संकोच पनि लाग्छ लेख्न बस्दा कतिपटक लेखेर मेटेको वाक्य पनि  हो   मैले मेरो बुवालाई मैले चिनेका बा मध्धे अल्ली लिबरल  मान्छेको रुपमा बुझेको थिएं एकदिन बुवाले अचानक सत्तरी कटेका  हाम्रा एकजना भाले जातीका आफ्न्तको दोस्रो बिहेको बारे कुरा गर्नुभयो जुन कुरा सुन्दा छाँगाबाट खसेझैं भएँ । सत्तरी कटेका आफ्ना दाईको बिहेबारे सोच्ने मेरा बाले तिस नक्ट्दै मेरा मामा गुमाएकी मेरी माइजुको बिहेबारे कहिल्यै सोच्नुभएन ।  त्यो त परको कुरा सात बर्षमै  बिधवा भएकी आफ्नी फूपुबारे पनि सोच्नुभएन । त्यो दिन मलाई लाग्रयो  मैले सोचेझै मेरा बा उदारबादी हुनुहुदो रहेनछ । र उहाँमा अझै  परापुर्व कालदेखी चल्दै आएको पितृसतात्मक सोचको ह्याङओभर रहेछ । त्यो दिन म अल्ली कडा रुपमा प्रस्तुत भएँ थाहा थिएन त्यो सही थियो वा गलत । कट्किदै भने - सत्तरी कटेका दाईलाई फेरी अर्को सहयात्री खोज्ने हजुरले किन मेरी माइजु र आफ्नी फूपुबारे सोच्नुभएन अबदेखी  मेरी माइजुबारे पनि सोच्नु ।

यी यस्ता साना ठूला झड्का सधैं लाग्ने गर्छ जब 'बिबाह ' भन्ने सस्थाबारे सोच्ने गर्छु   बिबाहको कुरा गर्दा अझै हामी बढी नै रिग्रेसिभ छौ भन्ने मलाई सधैं लाग्छ मेरै वरिपरी पढेलेखेका मेरै  दिदिबहिनीको  जीवन देख्दा  मलाई कहिल्यै पनि 'बिबाह' समानता सहअस्तित्वमा बिश्वास गर्ने सस्था हो भन्ने लाग्दैन केही अपबाद बाहेक हुन पुजिबादी समाजले उनीहरुले लाएको  नेकलेसको साइज घणिको ब्राण्ड हेरेर उनीहरुलाई संसारकै भाज्ञमानी  महिलाको रुपमा परिभाषित गर्न पनि सक्छ

पुरुषको लागी बिबाह जती फेल्गजिबल छ महिलाको लागी त्यती नै  साघुरो । केटीको उमेर, छालाको रंग, आँखाको साइज्, कपालको लमबाई , कलर आज पनि कुनै केटीको बिहे अगाडी उसलाई ब्याख्या गर्ने मानकहरु हुन् ।  थप कुरा गर्दा खाना पकाउँन जान्ने , कपडा धुन जान्ने , केटा भन्दा कम पढेकी पढेकी भएपनी केटा जस्तो पढाइमा अब्बल नभएकी , मिठो स्वरमा बोल्ने असहमती नजनाउँने यी यस्ता स्टेरोटिपिकल बिशेषताले यूक्त भएकी ।  केटाको  केसमा यी यस्ता मापदण्डहरु केही लागु हुँदैन बस पढेको आर्थीक हैसियत राम्रो भए पुग्छ तर ठिक महिलाको केसमा धेरै पढेकी धेरे कमाउँने दुबैलाई एक खाले अबगुणको रुपमा लिइन्छ जब सम्बन्धको सुरुवात नै यी यस्ता  विभेदबाट सुरु हुन्छ भने त्यो यात्रा कस्तो रहला चाहेर पनि लोग्ने स्वास्नीको समान अस्तित्व  समाज परिवारले स्विकार गर्ला ?

फेरी आफ्नै ब्यक्त्तिगत अनुभवतिर लागें तपाइहरुसँग सेयार गर्ने चाहे - तीसको नजिक पुगेकी , पढ्न लेख्न रुचाउने, महिलाको समान अस्तित्वमा बिश्वास गर्नेलिपिस्टिक पाउडर जस्ता भ्यानिटिमा बिश्वास नगर्ने , देख्दा काली, पाँच फीट भन्दा कम हाइट भएकी पढ्ने पढाउँने एक आम यूवती हुं तपाईलाई लाग्ला हाम्रो समाजले खोज्ने आइडियल बुहारी वा श्रीमती हुंदै होइन मलाई पनि लाग्छ   होइन  किनभने सह- अस्तित्वमा बिश्वास गर्छु, मेरो ओभरअल लुक मेरो पहिलो प्राथमिकता होइन मलाई लाग्छ मैले गर्ने काममा जस्तो देखिन्छु त्यसको कुनै महत्व छैन पढ्छु पढाँउछु मेरो मुख्य काम त्यही हो बिहे गर्नकै लागी भनेर त्यस्ता कुराहरु स्विकार गर्दिन जसमा बिश्वास गर्दिन

यो भयो मेरो आफ्नो कुरा तर मेरो अनुभव पनि एक आम नेपालीको यूवतीको भन्दा केही फरक छैन सँगैका  मेरा धेरै केटा साथीहरु जस्तै सिङ्गल छ्न् तर समाज उनीहरुको सिङ्गलपनलाई पनि सेलेब्रेट गर्छ भन्छ पढ्दै छ्न् करीअर बनाउँदै छ्न् । ठिक उस्तै म पनि त्यही गर्दैछु । तर किनकिन समाज मेरो काम भन्दा पनि म सिङ्गल भएकोमा चिन्तित छ । धेरैलाई लाग्छ म सिङ्गल रहनुमा मेरो  छालाको रङ मेरो हाइट र ओभर अल  मेरो लुक प्रमुख बाधक हो । र मलाई लाग्छ त्यही कुरा बाधक हो भने म त्यस्तो रिग्रेसिभ सस्थाको सदस्य किन बनुँ जसले कहिल्यै मलाई मेरो छालाको रंगभन्दा माथी उठेर हेरेन । वा कहिल्यै मेरो अस्तित्व लाई वैचारिक रुपमा स्विकार गरेन ।

अझै बुहारीको चयन  कुनै  पनि ड्रेसको चयन प्रकृयागत रुपमा हेर्ने  हो भने केही भिन्नता छैन   यदी केटाकेटी पहिल्लेदेखी  प्रेममा छ्न् भन्ने कुरा अल्ली फरक पर्ला तर एकदमै छुचो भाषामा भन्दा समाज  अझै पनि त्यस्तै मलाई अचम्म लाग्ने कुरा चैं असी प्रतिशत काला नभएको हाम्रो समाजमा किन बुहारी चाही गोरी खोज्छ्न् । अझै पनि बुहारीहरु  अनपेड डेल्ली लेबरर हुन् । भन्दा नै खाना पकाउँन लुगा धुन बिहे गरेको उस्लाई भन्छ्न् । यो कुरा सुन्दा अल्ली पढेका बुझेका महिलाहरुले  पनि इजिली एसेप्ट गरेको देख्दा भने अचम्म लाग्छ ।

शैक्षिकरुपमा म एक भाज्ञमानी यूवती हुँ पढाइको लागी मेरो परिवारले मलाई कहिल्यै सम्झौता गर भनेन । बुवाको लागी पढिदिनु  मात्र ठूलो कुरा बन्यो । पढाइपछी मात्र मैले आर्थीक स्वतन्त्रताको बारेमा बुझें । सायद यो कुरा बढी यूनिभर्सिटिले सिकायो । त्यसैले अहिले लाग्छ म परिपरिका सबै महिलाहरुले दुईचार पैसाका लागी कसैसँग हात फैलाउँन नपरोस्  जसले हामीलाई त्यस्ता सम्बन्धबाट मुक्त बनाउँछ जसले मुक्त्ती भन्दा पनि एकात्मक पितृसतात्मक ब्यबस्थाको कैदी बनाएको छ । धेरै केसमा बिबाह त्यस्तै कैद हो भन्दा म गलत छु जस्तो  लाग्दैन ।

छोटकरीमा भन्नुपर्दा 'विबाह' यस्तो सस्था हो  जस्लाई मनपर्दैन भनौला तर  यसको अस्तित्व नै अस्विकार गर्न गार्हो तर यसका केही आधारभुत समस्याहरु छ्न्   यसले समता, सह-अस्तित्व भन्दा पनि  भालेजातीय शक्तीसंरचनामा बिश्वास गर्छ । जबसम्म  महिला र पुरुषको  सह-अस्तित्व र सहभागितामा बिबाह चल्दैन  तबसम्म  यो एउटा एकात्मक पितृसतात्मक सस्था हो । चाहेर नचाहेर  म जस्ता शिक्षित  र उदारबादमा बिश्वास गर्ने मान्छेलाई बिबाहको जन्जिरमा निस्सासिन अति नै कठिन छ ।  म चाहन्छु  म महिला मात्र होइन मानब पनि हुँ त्यसैले म जस्तै धेरै युवतीहरु चाहन्छ्न् बिबाह जन्जिर नबनोस् उन्मुक्त्ती  बनोस् ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...