Tuesday, May 13, 2025

प्वाख

 कुनै अप्रत्याशित बिहान

तिमीले पठाएका थियौ

फूलझै सुन्दर लाग्ने मयूरका प्वाखहरु

ति फूल थिए कि स्नेहहरु

ति रहर थिए कि बाध्यताहरु

आज पनि म अन्योलमा छु ।


 म  अन्योलमा छु

वा तिमी अन्योलमा छौ 

वा परिस्थिति अन्योलमा छ

आज पनि तिमी पठाउँछौ 

फूलझै लाग्ने प्वाखहरु 

..... म सम्हालेर राख्ने गर्छु 

डायरीका पानाहरुमा...


तिमी प्वाखमा सन्देशहरु पठाउँछौ

म प्वाखलाई सन्देश ठान्छु

प्रेमको.....

स्नेहको .....

अस्तित्वको......

वा सम्बन्धको...


प्वाखको तौलमा... म सम्बन्धको तौल नापीरहेछ

कुनै दिन सम्हाल्दा सम्हालदै पनि 

उडेर जानेछन् प्वाखहरु ...

लाग्नेछन् आफ्नै यात्रामा

डर लाग्छ ....

प्वाखसँगै तिमीले पठाउँने सन्देशहरु नउँडुन् ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...