Wednesday, May 14, 2025

रिसको मौन इतिहास


निर्जला अधिकारी

मानिस आवेगात्मक प्राणी हो चाहेर नचाहेर प्रेम, घृणा, रिस, साहानुभुती, तिरस्कार जस्ता आवेगबाट मानव जीवन  पर छैन पनि 'रिस' त्यस्तो सम्वेदना रहेछ जसलाई खुलेर चर्चा गर्न अझै हामी अल्ली धक मान्छौं रिसको इतिहास अरु मानव सम्बेदनाको इतिहासझै  छलफलको मूलधारमा  आएको छैन की भन्ने  मलाई सधैं लागिरहन्छ । हामी रिस बेगरको जीवन त बाच्दैछैनौ तर त्यसलाई आम मानब सम्बेदनाको रुपमा लिएर बहष गर्न पनि सकिरहेका छैनौ ।

जती रिस ब्यबस्थापनमा पुस्तकहरु लेखिएका छ्न् त्यती स्वयंमा रिसको बारेमा लेखिएका रहेनछ्न् रिसलाई हामीले कहिल्यै अरु मानब सम्बेदनाझै सामान्यकरण गरेनौ फलस्वरुप:  'रिस' को बारेमा बोल्नुलाई चलेको भाषामा भन्दा कहिल्यै कुल ठानिएन   आज पनि रिसको नाम सुन्नेबित्तिकै  यो खराब आदत हो भन्ने हामीलाई लाग्छ जसले यस बारे हुने बृहतर छलफललाइ रोक्ने गर्छ

हामी किन रिसाउँछौ ? किन असन्तुष्टिका हुन्डरीहरु चलेका बेला अरुको झै हाम्रो आवाज पनि चर्को हुने गर्छ ? दुई चार शब्द गालीका दिएरै भएपनी किन हामी आफ्नो रिस शान्त पार्छौ ? रिस बारे प्रश्नहरु कयौं छ्न् तर किन हामी रिस शब्द सुन्नेबित्तिकै पन्छिन्छौं ? किन भन्न सक्दैनौ अरु जस्तै पनि रिसाउंछु मेरो पनि रिस कडा ? महिले पहिलोपटक रिसाउँछु  भनेर उद्घोष गरेको सुनेको केदारभक्त माथेमाले हो सुन्दासुन्दै मलाई लाज्ञो यो भन्दा सुन्दर सटिक अभिब्यक्ती अरु हुन सक्दैन

मानिस रिस बेगरको प्राणी पक्कै होइन तर हरेकपट्क रिसको अस्तित्वलाई हामी नकार्न खोज्छौ नाट्य शास्त्रका ब्याख्याता भरतमूनीले ब्याख्या गरेका नब रस मध्धे क्रोध पनि एक हो  जसको सामान्यकृत अर्थ रिस नै हो उनका अनुसार रौद्रताको स्थायी भाव नै क्रोध हो जसको अस्तित्व मानवीय सम्बेदनाको  अभिब्यक्त्तिमा  सधै रहन्छ

हो हामी रिसाउँछौ जस्तो की प्रेम गर्छौ, खुशी हु न्छौं, दुखी हुन्छौ हामीसँग अपूर्णता, अप्राप्ती,  असन्तुष्टीहरु   त्यसैले क्रोध पनि   त्यसैले हामी झर्कन्छौ , खुट्टा बजार्छौ, चिच्याउँछौ, रुन्छौ, गाली गर्छौ यदी अपूर्णाताहरु असन्तुष्टीहरु थिएनन् भने रिस पनि हुँदैन्थ्यो कि! सायद हुन्थ्यो की थाहा भएन । तर किन रिसको इतिहास प्रेमको इतिहासझै खुल्लापनको राजमार्गमा  आएन ? किन हामीलाई रिस पनि आवश्यक छ भन्ने लागेन ?  मलाई लाग्छ रिस बिस्तारै सामाजीकिकरण सँगै यस्तो सामाजीक ट्याबु बन्यो  जसलाई खुला रुपले हामीले स्विकार्न सकेनौ । जब यो नियन्त्रणको  मोडबाट गुज्रीयो  तब यस्ले अर्को बिध्वंसको रुप लियो जस्तो कि हत्या, मानहानी,  दुर्बेब्याहार आदी इत्यादी ।

सामान्य भाषामा भन्दा  रिस, असन्तुष्टी , अपूर्णाता, अप्राप्तीहरु ब्यक्त गर्ने  माध्यम मात्र हो रिसाउँन हामी स्वतन्त्र छौ भने हाम्रा  असन्तुष्टीहरु पनि अरु  आम सम्बेदना जसरी  अहिंसात्मक  रुपमा नै बाहिर निस्कन्छ्न् उदाहरणका लागी उदारबादी समाजमा  गरिने बौद्धिक बहस वा  प्रतिकृयाहरु रिस को अभिब्यक्ती नै हो  तर यो ब्यक्त गर्दा कोही हिसात्मक रुपमा प्रस्तुत हुँदैन । तर जब हामी असन्तुष्टीहरु  ब्यक्त गर्न सक्दैनौ  तब रिसको अभिब्यक्ती  कठोरा पनि बन्न पुग्छ ।  हामी चिच्याउँछौ, चिच्याउँदा पनि भएन भने हामी गाली सम्म पुग्छौ । यदी हामीले समयमै रिसलाई अभिब्यक्त गर्न सकेनौ भने  त्यसका परिणामहरु  हामीले सोचेझै सुमधुर नहुन पनि सक्छ ।

रिसको कुरा गर्दा महाभारतको प्रसङ्ग एकदमै रोचक लाग्छ   हामी धेरैलाई थाहा दुर्वाशालाई रिसाहा ऋषीको रुपमा ब्याख्या गरिन्छ उनका रिसका प्रसङ्गहरु महाभारतमा प्रसस्तै भेटिन्छ   त्यो मध्धे  उनले सकुन्तलालाई दिएको दिएको श्राप पनि एक हो मलाई अनौठो लाग्ने कुरा चै  त्यस्ता शिद्धा हस्त पढेलेखेका मानिस भएर पनि किन उनले राजा दुस्यन्तको प्रेममा डुबेकी सकुन्तलालाई त्यती कुरुप श्राप दिए जसलाई उनले प्रेम गरिन उसैले बिर्सियोस् भनेर । उनले ब्यक्त गरेको रिसको अभिब्यक्ती  आम भाषामा भन्दा  ऋषिले गर्ने स्तरको छैन । जब सकुन्तला राजा दुस्यन्तको प्रेममा लिप्त थिइन तब उनले आफूलाई उचित तबरले सत्कार नगरेको ठानेर राजा  दुस्यन्तले नै उनलाई बिर्सियोस् भन्ने श्राप दिए जो कालन्तरमा सत्य बन्यो । पढ्दै गर्दा मलाई आशा थिएन एउटा शिद्ध पुरुषले प्रेममा परेकी एउटा अबोध किशोरीलाई रिसको झोकमा त्यो स्तरको श्राप दिनेछ्न् । खासमा मलाई  उनले ब्यक्त गरेको रिसको अभिब्यक्ती नै रिस उठ्दो लाग्छ ।

रिसको इतिहास खोज्दै गर्दा मलाई यसबारे खोज अनुसन्धान गर्ने ब्यक्तिको बारेमा पनि जान्न मन लाज्ञो   रिसको बारेमा अध्ययन गने पहिलो ब्यक्ती  सेनेका नाम गरेका  रोमन दार्शनिक रहेछ्न् इसापुर्वको पूर्वार्धमा उनले रिसबारे अध्ययन गरेका रहेछ्न्

रिसको इतिहासलाई पुरुषत्वसँग पनि जोडेर हेरिन्छ छोरा मान्छेहरु छोरीमान्छेको तुलनामा सजिलै रिस ब्यक्त गर्छ्न् आज पनि छोरीहरु रिसाएर दुई चार शब्द श्लील अश्लील गालीका दिनुलाई  अचम्म मानिन्छ  जबकी पुरुषहले   प्रशशा गर्दा पनि तिनै शब्दहरु प्रयोग गर्छ्न् भर्खरै भुसितासँगको इन्टरभिउमा लेखक सरला गौतम भन्द्छिन :- कहिलेकाही त्यस्ता शब्दहरु प्रायो गर्दा पनि शान्ती मिल्दो रहेछ  जबकी छोरीमान्छेहरु त्यही प्रयोग गर्न पन स्वतन्त्र छैनन्

मैले पहिल्यै भनिसकें रिसा अभिब्यक्त गर्नु भनेको  असन्तुष्टी ब्यक्त गर्नु पनि हो   कहिलेकाही रिसाउँन पनि जान्नु पर्ने रहेछ तीन बर्ष एउटै प्राइभेट  संस्थामा काम गरें सयभन्दा  बढी महिला कर्मचारी भएको उक्त  संस्थामा जब केही बिषयमा छलफल हुन्थ्यो चर्को बोली  सधैं पुरुषह्कै हुन्थ्यो असन्तुष्टी हाम्रा पनि थिए रिस हाम्लाई पनि  उठ्थ्यो तर किन हामी नरीसाएझै गर्छौकहिलेकाही लाग्थ्यो कोही महिला उठोस्  भनोस् तिम्ले जे बोल्दैछौ त्यो गलत हो   हामी कसैले सकेनौ । किनकी घरबाट निस्कदाँ सधै एउटै बाक्य सुन्नुपर्थ्यो न रिसायस् है !  कसैले भनेनन् हामीलाई  केही मन नपरे रिसाउँने पनि गर टेबल ठोक्ने पनि गर ।  आजकल त्यस्तै मिटिङ सिटिङमा रिसाउँन नजानेकोमा पनि पछुतो लाग्छ ।

अर्को कुरा रिसको इतिहासलाई हामी इग्नोर गर्न सकौला तर मानब सम्बेदनाबाट सिंगो  रिसको मैफिललाई नै नकार्न सक्दैनौ भलयै हामी माथेमा सरले जसरी  रिसाउँछु मलाई रिस उठ्छ भन्न नसकौला रिसका पनि व्यक्तिगत सामुहीक आयामहरु हुँदा रहेछ्न् व्यक्तिगत रिसलाई शान्त पार्न जती सजिलो सामूहीक रिसलाई त्यती नै गार्हो   जब रिस ब्यक्तिप्रती लक्षित नभै सामूहिक प्रतिकृया चासो सुनुवाइ रोज्छ भने त्यो रिसको सामूहिक आयाम नै हो ।सायद सभा, सम्मेलन्, आन्दोलन्, मोर्चा सामूहिक रिस ब्यक्त गर्ने माध्यम नै हुन् । सामूहिक रिसको व्यक्तिगत स्तरको अभिब्यक्ती झिनो बन्न पुग्छ  त्यसको लागी सामूहिक अभिब्यक्ती नै चाहिन्छ ।  

रिसको बारेमा कम छलफल भएको हो तर   पूर्विय दर्शनमा  क्रोधको  ब्याख्या भरतमूनिको नाट्य शास्त्रदेखी  बाल्मीकीको महाभारत सबैमा भेटिन्छ । समयसँगै हामीले रिसको इतिहास र अस्तित्वलाई नकार्न खोजेका मात्र हौ । भूमण्डलीय बिश्वमा  रिसलाई अभिब्यक्त गर्ने तरिका पनि बिभिन्न किसिमका भेटिन्छ । मलाई लाग्छ रिसलाई अभिब्यक्त गर्नु भनेको कम मानब हुनु होइन त्यो त केवल मानब हुनु नै हो । अब त रिस ब्यक्त गर्न ह्यासट्याग मात्र पनि काफी छ ।  त्यसैले अन्त्यमा भन्न चाहान्छु - रिसको इतिहास भनेको  मानब सम्बेदना र सम्बेगको इतिहास हो । त्यसैले  रिसलाई कुण्ठित  होइन अभिब्यक्ती गर्ने सुन्दर तरिका रोजौं ताकी त्यसको अन्त्य कम बिध्वंशकारी बनोस् ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...