निर्जला
अधिकारी
मानिस आवेगात्मक प्राणी हो । चाहेर नचाहेर प्रेम, घृणा, रिस, साहानुभुती, तिरस्कार जस्ता आवेगबाट मानव जीवन पर छैन
। र पनि 'रिस' त्यस्तो सम्वेदना रहेछ जसलाई खुलेर चर्चा गर्न अझै हामी अल्ली धक मान्छौं । रिसको इतिहास अरु मानव सम्बेदनाको इतिहासझै छलफलको मूलधारमा आएको छैन की भन्ने मलाई सधैं
लागिरहन्छ । हामी रिस बेगरको जीवन त
बाच्दैछैनौ तर त्यसलाई आम मानब सम्बेदनाको रुपमा लिएर बहष गर्न पनि सकिरहेका छैनौ ।
जती रिस ब्यबस्थापनमा पुस्तकहरु लेखिएका छ्न् त्यती स्वयंमा रिसको बारेमा लेखिएका रहेनछ्न् । रिसलाई हामीले कहिल्यै अरु मानब सम्बेदनाझै सामान्यकरण गरेनौ फलस्वरुप: 'रिस' को
बारेमा बोल्नुलाई चलेको भाषामा भन्दा कहिल्यै कुल ठानिएन । आज पनि
रिसको नाम सुन्नेबित्तिकै यो त
खराब आदत हो भन्ने हामीलाई लाग्छ जसले यस बारे हुने बृहतर छलफललाइ रोक्ने गर्छ ।
हामी किन रिसाउँछौ ? किन असन्तुष्टिका हुन्डरीहरु चलेका बेला अरुको झै हाम्रो आवाज पनि चर्को हुने गर्छ ? दुई चार शब्द गालीका दिएरै भएपनी किन हामी आफ्नो रिस शान्त पार्छौ ? रिस बारे प्रश्नहरु कयौं छ्न् तर किन हामी रिस शब्द सुन्नेबित्तिकै पन्छिन्छौं ? किन भन्न सक्दैनौ अरु जस्तै म पनि रिसाउंछु मेरो पनि रिस कडा छ ? महिले पहिलोपटक म रिसाउँछु भनेर उद्घोष
गरेको सुनेको केदारभक्त माथेमाले हो । सुन्दासुन्दै मलाई लाज्ञो यो भन्दा सुन्दर र सटिक अभिब्यक्ती अरु हुन सक्दैन ।
मानिस रिस बेगरको प्राणी त पक्कै होइन तर हरेकपट्क रिसको अस्तित्वलाई हामी नकार्न खोज्छौ । नाट्य शास्त्रका ब्याख्याता भरतमूनीले ब्याख्या गरेका नब रस मध्धे क्रोध पनि एक हो जसको सामान्यकृत
अर्थ रिस नै हो । उनका अनुसार रौद्रताको स्थायी भाव नै क्रोध हो जसको अस्तित्व मानवीय सम्बेदनाको अभिब्यक्त्तिमा सधै रहन्छ ।
हो हामी रिसाउँछौ जस्तो की प्रेम गर्छौ, खुशी हु न्छौं, दुखी हुन्छौ । हामीसँग अपूर्णता,
अप्राप्ती, र असन्तुष्टीहरु छ त्यसैले त क्रोध पनि छ । त्यसैले त हामी झर्कन्छौ , खुट्टा बजार्छौ, चिच्याउँछौ, रुन्छौ, गाली गर्छौ । यदी अपूर्णाताहरु असन्तुष्टीहरु थिएनन् भने रिस पनि हुँदैन्थ्यो कि! सायद हुन्थ्यो की थाहा भएन । तर किन रिसको इतिहास प्रेमको
इतिहासझै खुल्लापनको राजमार्गमा आएन ? किन
हामीलाई रिस पनि आवश्यक छ भन्ने लागेन ? मलाई
लाग्छ रिस बिस्तारै सामाजीकिकरण सँगै यस्तो सामाजीक ट्याबु बन्यो जसलाई खुला रुपले हामीले स्विकार्न सकेनौ । जब यो
नियन्त्रणको मोडबाट गुज्रीयो तब यस्ले अर्को बिध्वंसको रुप लियो जस्तो कि हत्या,
मानहानी, दुर्बेब्याहार आदी इत्यादी ।
सामान्य भाषामा भन्दा रिस, असन्तुष्टी
, अपूर्णाता,
अप्राप्तीहरु
ब्यक्त गर्ने माध्यम मात्र हो
। रिसाउँन हामी स्वतन्त्र छौ भने हाम्रा असन्तुष्टीहरु पनि अरु आम सम्बेदना
जसरी अहिंसात्मक रुपमा नै बाहिर निस्कन्छ्न् । उदाहरणका लागी उदारबादी समाजमा गरिने बौद्धिक
बहस वा प्रतिकृयाहरु रिस को
अभिब्यक्ती नै हो तर यो
ब्यक्त गर्दा कोही हिसात्मक रुपमा प्रस्तुत हुँदैन । तर जब हामी असन्तुष्टीहरु ब्यक्त गर्न सक्दैनौ तब रिसको अभिब्यक्ती कठोरा पनि बन्न पुग्छ । हामी चिच्याउँछौ, चिच्याउँदा पनि भएन भने हामी गाली
सम्म पुग्छौ । यदी हामीले समयमै रिसलाई अभिब्यक्त गर्न सकेनौ भने त्यसका परिणामहरु हामीले सोचेझै सुमधुर नहुन पनि सक्छ ।
रिसको कुरा गर्दा महाभारतको प्रसङ्ग एकदमै रोचक लाग्छ । हामी धेरैलाई
थाहा छ दुर्वाशालाई रिसाहा ऋषीको रुपमा ब्याख्या गरिन्छ । उनका रिसका प्रसङ्गहरु महाभारतमा प्रसस्तै भेटिन्छ । त्यो मध्धे उनले सकुन्तलालाई
दिएको दिएको श्राप पनि एक हो । मलाई अनौठो लाग्ने कुरा चै त्यस्ता शिद्धा हस्त पढेलेखेका
मानिस भएर पनि किन उनले राजा दुस्यन्तको प्रेममा डुबेकी सकुन्तलालाई त्यती कुरुप श्राप दिए जसलाई उनले प्रेम गरिन उसैले बिर्सियोस् भनेर । उनले ब्यक्त गरेको रिसको
अभिब्यक्ती आम भाषामा भन्दा ऋषिले गर्ने स्तरको छैन । जब सकुन्तला राजा दुस्यन्तको
प्रेममा लिप्त थिइन तब उनले आफूलाई उचित तबरले सत्कार नगरेको ठानेर राजा दुस्यन्तले नै उनलाई बिर्सियोस् भन्ने श्राप दिए
जो कालन्तरमा सत्य बन्यो । पढ्दै गर्दा मलाई आशा थिएन एउटा शिद्ध पुरुषले प्रेममा परेकी
एउटा अबोध किशोरीलाई रिसको झोकमा त्यो स्तरको श्राप दिनेछ्न् । खासमा मलाई उनले ब्यक्त गरेको रिसको अभिब्यक्ती नै रिस उठ्दो
लाग्छ ।
रिसको इतिहास खोज्दै गर्दा मलाई यसबारे खोज अनुसन्धान गर्ने ब्यक्तिको बारेमा पनि जान्न मन लाज्ञो । रिसको बारेमा
अध्ययन गने पहिलो ब्यक्ती सेनेका नाम गरेका
रोमन दार्शनिक रहेछ्न् । इसापुर्वको पूर्वार्धमा उनले रिसबारे अध्ययन गरेका रहेछ्न् ।
रिसको इतिहासलाई पुरुषत्वसँग पनि जोडेर हेरिन्छ । छोरा मान्छेहरु छोरीमान्छेको तुलनामा सजिलै रिस ब्यक्त गर्छ्न् । आज पनि छोरीहरु रिसाएर दुई चार शब्द श्लील अश्लील गालीका दिनुलाई अचम्म मानिन्छ जबकी पुरुषहले
त प्रशशा गर्दा पनि
तिनै शब्दहरु प्रयोग गर्छ्न् । भर्खरै भुसितासँगको इन्टरभिउमा लेखक सरला गौतम भन्द्छिन :- कहिलेकाही त्यस्ता शब्दहरु प्रायो गर्दा पनि शान्ती मिल्दो रहेछ जबकी छोरीमान्छेहरु
त्यही प्रयोग गर्न पन स्वतन्त्र छैनन् ।
मैले पहिल्यै भनिसकें रिसा अभिब्यक्त गर्नु भनेको असन्तुष्टी ब्यक्त गर्नु पनि
हो । कहिलेकाही रिसाउँन पनि जान्नु
पर्ने रहेछ । तीन बर्ष एउटै प्राइभेट संस्थामा काम गरें
सयभन्दा बढी महिला
कर्मचारी भएको उक्त संस्थामा जब केही बिषयमा
छलफल हुन्थ्यो चर्को बोली सधैं पुरुषह्कै
हुन्थ्यो । असन्तुष्टी त हाम्रा पनि थिए रिस त हाम्लाई पनि उठ्थ्यो तर किन
हामी नरीसाएझै गर्छौ ? कहिलेकाही लाग्थ्यो कोही महिला
उठोस् र भनोस्
तिम्ले जे बोल्दैछौ त्यो गलत हो । हामी कसैले
सकेनौ । किनकी घरबाट निस्कदाँ सधै
एउटै बाक्य सुन्नुपर्थ्यो न रिसायस् है ! कसैले
भनेनन् हामीलाई केही मन नपरे रिसाउँने पनि
गर टेबल ठोक्ने पनि गर । आजकल त्यस्तै मिटिङ
सिटिङमा रिसाउँन नजानेकोमा पनि पछुतो लाग्छ ।
अर्को कुरा रिसको इतिहासलाई हामी इग्नोर गर्न सकौला तर मानब सम्बेदनाबाट सिंगो रिसको मैफिललाई
नै नकार्न सक्दैनौ । भलयै हामी माथेमा सरले जसरी म रिसाउँछु
मलाई रिस उठ्छ भन्न नसकौला । । रिसका पनि व्यक्तिगत र सामुहीक आयामहरु हुँदा रहेछ्न् । व्यक्तिगत रिसलाई शान्त पार्न जती सजिलो छ सामूहीक रिसलाई त्यती नै गार्हो । जब रिस
ब्यक्तिप्रती
लक्षित नभै सामूहिक प्रतिकृया चासो र सुनुवाइ रोज्छ भने त्यो रिसको सामूहिक आयाम नै हो ।सायद सभा, सम्मेलन्, आन्दोलन्,
मोर्चा सामूहिक रिस ब्यक्त गर्ने माध्यम नै हुन् । सामूहिक रिसको व्यक्तिगत स्तरको
अभिब्यक्ती झिनो बन्न पुग्छ त्यसको लागी सामूहिक
अभिब्यक्ती नै चाहिन्छ ।
रिसको बारेमा कम छलफल भएको हो तर पूर्विय दर्शनमा क्रोधको ब्याख्या भरतमूनिको नाट्य शास्त्रदेखी बाल्मीकीको महाभारत सबैमा भेटिन्छ । समयसँगै हामीले रिसको इतिहास र अस्तित्वलाई नकार्न खोजेका मात्र हौ । भूमण्डलीय बिश्वमा रिसलाई अभिब्यक्त गर्ने तरिका पनि बिभिन्न किसिमका भेटिन्छ । मलाई लाग्छ रिसलाई अभिब्यक्त गर्नु भनेको कम मानब हुनु होइन त्यो त केवल मानब हुनु नै हो । अब त रिस ब्यक्त गर्न ह्यासट्याग मात्र पनि काफी छ । त्यसैले अन्त्यमा भन्न चाहान्छु - रिसको इतिहास भनेको मानब सम्बेदना र सम्बेगको इतिहास हो । त्यसैले रिसलाई कुण्ठित होइन अभिब्यक्ती गर्ने सुन्दर तरिका रोजौं ताकी त्यसको अन्त्य कम बिध्वंशकारी बनोस् ।
No comments:
Post a Comment