रातभर पानी पर्यो । बिहानै घाम लाग्यो । आकाश खुल्यो । चराहरु उडेँ । फूलहरु फुले । यात्रीहरु यात्रामा निस्के । तर पर्खालले सिमाना नाघेको छैन । पर्खालमा घाम लाग्यो । पानी पर्यो । असिनाहरु बर्से । तर पर्खाल एकटक पर्खाल बनेर उभिएको छ ।
मन न हो पर्खाललाई नाघ भन्छ । चराहरु झै उडिँदे । फूलहरुझै फूलिदे । तर पर्खाल म भित्र यसरी बाधिएको छ मानौ यसलाई तोड्न आधि आउनुपर्छ । हिजो नै कसैले भन्यो पर्खाल पर्खाल मात्र हो । पर्खाल पर्खाल मात्र हो भने म किन नाघ्न सक्दिन ।
जीवन पर्खाल बनेर उभिएको छ । म पर्खालभित्र निस्सासिएको छु । तर नाघ्न सकिरहेको छैन । एक मन भन्छ नाघ । अर्को मन भन्छ कसरी नाघ्छेस । कहिलेकाही लाग्छ पर्खाल पर्खाल मात्र होइन ।
No comments:
Post a Comment