Monday, May 12, 2025

पर ..... कति पर


एक यात्रा । एक मानिस । एक जोर पाइलाहरु । पाइलालाई पछ्याएका एक जोर छाँयाहरु । यात्रा न हो । हरेक दिन यात्रीभmै महशुस हुन्छ । पाइलाहरु बेगर पनि हृदय हो यात्रा गर्छ । मनको यात्रा न हो । यात्राका पाबन्धीहरु छैनन् । सिमानाहरु छैनन् । गन्तब्य छैन । परिधिहरु छैन । एक त्यस्तो यात्रा जहाँ म छु र मेरो मन छ ।

जानु छ पर कतै । कति पर – थाहा छैन । कहाँ– त्यो पनि थाहा छैन । किन– त्यो पनि थाहा छैन । तर जानु छ कहि । आफैँसँग पर जहाँ आफ्ना पदचापहरुले आफैँलाई नचिनुन् । म को हुँ ? को थिएँ ? मेरा माता पिता को हुन् ? त्यसले कुनै अर्थ नराखोस् । त्यस्तो यात्रा जहाँ म अपरिचितहरुमाझ अपरिचित नै बनिदिउँ ।

पर......कति पर । के दुरीहरुलाई नाप्न सकिन्छ । म त चाहेर नै दुरीहरु बनाउँन चाहन्छु । त्यस्तो यात्रामा जान चाहन्छु जहाँ म आफैँले आफैँलाई चिन्न नसकुँ । यो सपना थियो र रहिरहनेछ । म दुरीहरुमा जिउँन चाहन्छु । ैचिजहरु केही परबाट नै सुन्दर देखिन्छन् । यो सपनाको अर्काइभ हो । थाहा छैन कुनै दिन म त्यस्तो ठाउँमा पुगेँ पनि लेख्ने छु वा छैन । 

बषौदेखी त्यही सपना बोकेर हिडिरहेछु । कहिलेकाही आफ्नै घरले पोल्छ । आफ्नै ओछ्यान पनि कठोर लाग्न थाल्छ । एक पन्छिझै उड्ने सपना हो यो । मेरो डायरी र मेरा किताबहरुले मलाई साथ दिनेछन् । म जो थिएँ र जो हुँ त्यो हुन चाहन्न । कथाहरुले पनि कहिलेकाही आफैँलाई गिज्याएझै लाग्छ । पाइलाहरुले बिना पावन्दीको यात्रा नगरेको धेरै भयो । म कुनै अन्जान सडकमा बसेर लेख्न चाहन्छु । कुनै अन्जानसँग कफि पिउँन चाहन्छु । कहिलेकाही आफ्ना परिधिहरुहरुमा आफैँ निस्सासिन्छ । र त्यस्तो धेरै पटक महसुस हुन्छ ।

यो लेख्न थालेको पनि धेरै भयो । तर मन न हो दोहोर्याउन चाहन्छ । कहि पर जान चाहन्छ । अन्जान सडकलाई अनुभूती गर्न चाहन्छ । घरले कहिलेपनि तानेन । यो गुड छोड्न चाहनेको कथा हो । थाहा छैन छोडेपछि मनले फेरी फर्क भन्न चाहन्छ वा चाहन्न । केही अन्जान सपनाहरु बोकेर हिड्न थालेको पनि बर्षौ भएछ । थाहा छैन किन नदीझे बग्नुको बिम्ब सधैँ सुन्दर लाग्छ । 

  यो अन्जान हावाझै बहकिने सपनाहरु बोकेर बाचेका बर्षहरु गन्छु । गन्ति न हो । अंकहरुलाई जोड्न थालेँ भने म निस्सासिन्छु । तर निसास्सिनुले कुनै अर्थ राख्दैन । आज पनि म त्यसरीनै अन्जान सडकमा बहकिने सपना देख्छु । थाहा छैन यस्ता सपना बोकेर हिडिरहने कति छौ । 

कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही पर पुग्नुपर्ने हुन्छ । दुरीहरु दुरीहरु मात्र होइनन् आफैँलाई हेर्ने आँखिझ्यालहरु पनि हुन् । तर पर जानु छ । आफैँदेखी पर । घरदेखी पर । आफ्नै सिमानाहरु पर । तर कति पर थाहा छैन ।


No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...