एकाबिहानै बिउँझिएकी छु । अत्यासलाग्दो सपनालाई भर्खरै बिदा दिइसकेकी छु । बाँच्नु छ र त बिउँझनु छ । तर कहिलेकाही बाँचेझै लाग्दैन घिर्सिएझै जस्तो लाग्छ । चराहरु उठीसकेका छन् । मानिसका पदचापहरु सडकमा परिसकेका छन् ।
यो शहर छिरेको पनि बिस बर्ष पुग्न लागेछ । कहिलेकाही लाग्छ के दियो सहरले ? बिश्वबिध्यालय गैन्जेल लाग्थ्यो सहरले धेरै चिज दिनेछ । तर त्यो सपना बनेर टुङ्ग्यिो । यहि महिना नयाँ कामका लागि बिस ठाउँमा आफ्नो सिबि पठाएछु । एकले प्रतिउत्तरमा केही लेखेनछन् । यो कस्तो सहर हो ? यसले मानिसलाई के सम्झन्छ ? बिना कुनै मानिस यसले मानिसलाई बाच्न दिन्छ वा दिदैन । मानिस चाहिएको छैन भने किन मानिस चाहियो भन्छ । चाहिएको छ भने मान्छेका आवेदनहरुलाई किन नर्काछ । मलाई आजकल शहर एक बर्ग एक समूहको लागि मात्र हो झै लाग्छ ।
कहिलेकाही लाग्छ बिशेषतः बिरक्तिएको बेला मलाई सहरले केही दिएन । दिएको भए म यति खालि हुन सक्दैनथेँ ।
No comments:
Post a Comment