पर आकाश छ, बादल पनि छ, बादल वरपर चराहरु पनि छन् । लाग्छन् ति नजिकै छन् । पर बाट हेर्दा दुरीहरु कहाँ देखिन्छन् र ? लाग्छन् सबै नजिकै छन् । खुसी नै छन् । दुरीहरु त नजिकबाट देखिन्छ । पानामा कोरेका एक बिन्दु र अर्को बिन्दु बिच पनि हजारौ कोसको दुरी छ । परबाट कहाँ देखिन्छन् । कहिलेकाही दुरीहरुलाई पनि खोजेर चिहाउँनुपर्छ ।
अध्यारोमा दुरीहरु देखिदैनन् , देखिन्छन् त नाघीआएका क्षितिजहरु । कहिलेकाही जीवन त्यही क्षितिजझै लाग्छ । नाघेका क्षितिजहरु पुड्का झै लाग्छन् । नाघ्न बाकी क्षितिजहरु बडेमानका अग्ला झै लाग्छन् । तर दुरीहरु त छन् नी । कहिलेकाही आफेँ बिच पनि कोसौ दुरीहरु भएझै लाग्छ ।
यो यात्रा पनि दुरी नै हो । बग्नुको नियतिलाई पनि मैले दुरी नै ठानेर हिडेको छु । एक मन र अर्को मन बिच पनि कोसौको दुरी छ । एक मनले आश्वासन दिन्छ । अर्को मनले पिरलो थप्छ । तर एक मन र अर्को मन बिच कहिल्यै भेट हुँदैन । कहिलेकाही त लाग्छ यी दुरीहरु मेरा रोजाइहरु हुन् । म यस्तो नै चाहन्थे । वा भनौ यो मेरो भर्सनको कथानक हो । तर कहिलेकाही दुरीहरुले पिरोल्छ पनि ।
थाहा छैन किन तर जीवनका दुरीहरु जीवनका नियतीहरु भmै लाग्छन् । बिना दुरी के नै देखिन्छ र । प्रष्टताको लागि पनि दुरी त चाहिने नै रहेछ । नजिकबाट सबै धुमिल नै लाग्छ । घर बुझ्न, मानिस बुझ्न, समाज बुझ्न पनि केही दुरी त चाहिने नै रहेछ ।
थाहा छैन किन हरेक बर्षहरुले मलाई केही दुरीहरु दिएर जान्छ । सायद समयले दिने भनेको वैचारिक डिट्याचमेन्ट मात्र हो जसको लागि आफैँ बिच पनि दुरी नै चाहिन्छ । यीनै दुरीहरुलाई सँगालेर म बर्षहरुलाई गन्ने गर्छु । बर्षहरुले मलाई आफैँबिच रहने केही खालीपन उपहार स्वरुप दिएर जान्छन् ।
लाग्छ....... हो जीवन भनेको यस्तो नै हो । म त नदि किनाराकी केटी हु । म सँग किनारा, नदीको गहिराइ र उचाइ त पहिलेदेखी नै थियो । सायद यसरी नै महिले दुरीहरुलाई बुझेकी छु । म दुरीहरुलाई सधै बचाउँन चाहन्छु ।
No comments:
Post a Comment