Thursday, July 17, 2025

एक चिठी एक कविता एक झरी


प्रिय तिमी , 

आज पनि पानी पर्यो । हिजोझै आज पनि पानीमा रुझेँ । बर्षा मौसमको उपहार थियो । मैले नर्कान सकिन । रुझेपछि थाहा भयो तिम्रो पत्र र पत्रसँगै तिमीले पठाएको कविता पानीले रुझेँछ । प्रेमले पठाएको पत्रलाई यसरी रुझाउँनु सायद मेरो गल्ति थियो । गल्तिको महशुस पनि भयो । तर गल्तिलाई उल्ट्याउँन सकिन । 

भिझेको चिठीलाई घाँममा सुकाएँ तर पहिलेझै बनेन । यो तिम्रो लागि लेखेको एक माफी पत्र हो । मलाई माफ गर मैले तिमीले मायाले पठाएका सुन्दर अक्षरहरुलाई जोगाइराख्न सकिन ।  तिमीले पठाएका हरेक पत्रहरु मेरा लागि बिशेष छन् र रहनेछन् । मैले जोगाउँन खोजेको पनि हो । मायाले जतनसाथ गोजीमै बोकेर हिडेको पनि हो तर जोगाउँन सकिन ।

अघिल्लो पत्र पनि त्यो भन्दा अघिल्ला पत्रहरुझै सुन्दर थियो । तर किन किन पत्र पठिरहँदा मलाई लाग्यो तिमी दुखी छौ । सायद म तिमीलाई नदेखी नभेटी पनि तिम्रो सुख दुख थाहा पाउँन सक्छु । तिम्रो दुखले मलाई थप दुखी बनायो । तर म पनि त दुखी नै छु । तिम्रा पत्रहरु बाहेक मलाई सुखको अनुभूत गराउँने असाद्घै कम चिजहरु छन् ।

अघिल्लो हप्ता तिम्रा पत्रहरु पढ्दै यात्रा गरिरहेको थिएँ । मेरो साइडको सिटमा अर्कि युवती रहिछन् । मलाई मेसो भएन । खोइ उनले के सोचेर हा,े मसँगै उनले पनि तिमीले लेखेका  पत्रहरु पढिछन् । उनलाई पनि पत्रहरु सुन्दर लागेछन् । वा भनौ तिमीले मलाई लेखेका पत्रहरुले उनको मन छोएछ । मैले हेर्दा उनको आँखामा मैले आँशु देखेँ । खोइ उनले के सोचेर भनिन थाहा भएन । तर जाँदै गर्दा भनिन् – कास मेरो पनि कोही त्यस्तो मानिस होस् जसले तपाईलाई जस्तै मलाई पनि पत्र लेखोस् । मैले उनलाई मुस्कुराएर बिदा दिएँ । 

तर मनमनै तिमीलाई भेटेकोमा कृतज्ञ भएँ । लाग्यो म जस्तै अरु पनि रहेछन् जसलाई सुन्दर पत्रहरुको प्रतिक्षा रहेछ । मजसतै अरु पनि एक्ला रहेछन् । उनले त्यसो भनेपछि मन फुरुङ्ङ भयो । पहिलोपटक कसैको प्रेममा परेझै महशुस पनि भयो । तिमीलाई सम्झे तिमी कस्ति हौली भन्ने पनि लाग्यो । तिमीलाई पहिलोपटक स्पर्श गर्दा कस्तो अनुभूती होला भन्ने पनि लाग्यो । मलाई गलत नसम्झ तर मनले यस्तै यस्तै कुरा सोच्दो रहेछ । सोचिसकेपछि मनमा एकखाले चिसोपन पनि आयो । आफूभित्र रहको जनावरलाई भेटेभै पनि लाग्यो । तर फेरी अर्कोपटक तिमीलाई सम्झे मन फुरुङ्ङ भयो ।

अनि साँझ तिमीलाई सम्झिदै पानीमा रुझेँ मन हल्का भयो । पहिलोपटक बर्षाद्लाई भेटेझै पनि लाग्यो । तर तिमीले पढिरहँदा तिमी दुखी पनि हुन सक्छ्यौ । माफ गर यो छोरामान्छेको मन न हो नचाहेरै पनि यस्तै कुरा सोच्दो र कल्पिँदो रहेछ । फेरी अर्कोपटक माफी माग्दैछु

उही 

तिम्रो पत्रको पार्पक

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...