एक धुमिल साँझ बनेर फेरी एकपटक मैले आफैँलाई मृत घोषणा गरिदिएँ । एक कथा जसलाई म लेख्न चाहन्थेँ । तर कथाले मलाई पछ्याएँन । कहिलेकाही लाग्छन् नि कथा जस्तै केही चिज भैदियोस् । जब त्यो भैदियोस् भन्ने चिजको लिस्ट बढ्दै जान्छ म आफूलाई एक सुनसान मूर्दाघरझै भेट्छु । एक मूर्दाघर जसमा म जलिरहेछु ।
आज पहिलो पटक एक उझाडिएको जंगलझै मैले आफैँलाई कहि कतै त्यागिदिएँ । एक दानव जो मसँगै यात्रा गर्छ । जसलाई म त्याग्न चाहन्छु तर मूर्दाघर बनेर उ मेरो छेउ आएर अटेरी गर्छ । म उसलाई त्याग्न खोज्छु तर त्याग्न सक्दिन । कहिलेकाही लाग्छ नि मूर्दाघर नबनेर एक बगैचा बनुँ जहाँ फुल्न सकुँ । जहाँ आफूले आफैँलाई अपनाउँन सकुँ । तर सक्दिन नचाहँदा नचाहँदै मूर्दाघर बनिदिन्छु ।
No comments:
Post a Comment