Tuesday, July 8, 2025

बादल


एक साँझ मैले पानीका बुँदहरुलाई साक्षि राखेर बादलका लागि केही लेखेँ । पानीहरुलाई लाग्न सक्छ कोही किन बादलका लागि लेख्छ । बादल एक धुमिलताको बिम्ब हो । बर्षाले परिवर्तन रोज्छ । तर किन किन मनले बादललाई नै रोज्छ । म धुमिलता रोज्छु । एक आलोकाचो कलाकर्मिझै सेता पानाहरुमा बेपर्बाह उसका लागि केही कोर्छु ।

के नै फरक पर्छ र ! म यस्तो नै रोज्छु । मलाई स्पष्टता चाहिएको छैन । हो म यस्तै नै हो ।  एक अष्पष्टतालाई साक्षि राखेर म अर्को अष्पष्टता रोज्छु । मलाई पनि कसैले स्पष्टताका क्षितिजहरु देखाएन । मैले देखेको क्षितिज पनि अष्पष्ट नै छ । म केको जीवनको स्पष्टता रोजु  । म जताततै धुमिलता मात्र देख्छ । को छ र यहाँ सपाट । म आफैँलाई यस्तै भन्छु । यो संसार कोही क्यामाराले खिचेको पोर्टेट पक्कै होइन । थियो भने संसार अर्कै थियो । बाचा गर्नेले बाचा पुरा गर्थे । प्रेम गर्नेहरुले प्रेम मात्र गर्थे प्रेमको बदला प्रेमको आशा गर्दैनथे । तर संसार धुमिलताको गुजुल्टो हो । को छ र यहाँ सग्लो ! 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...