Friday, July 3, 2026

पखेँटा


 कहि जानु थियो सायद चराझैँ । उडान रोकिएको छ । मन अमिलो छ । हुन त म सधैँ कहि जान नै चाहन्थेँ । यो बिहानी, यी चराहरु, यी फूलहरु अब आफ्ना रहेर पनि आफ्ना रहेनन् । मन हो केही मान्न तयार छैन । म कहिँ जान चाहन्थेँ र अझै पनि म कहि जान नै चाहन्छु ।

केही छैन जसले मलाई बाधेर राखेको छ । मलाई लाग्छ म यहाँ हुनु भनेको निस्सासिनु बाहेक केही होइन ।  निस्सासिएको पनि धेरै बर्ष भयो । निस्सासिएर पनि पुगिने कहि रहेनछ । म चराझै उडेर कहि जान चाहन्थेँ । म अब सबै स्विकार्नुको नियतिलाई पनि स्विकार्न सक्दिन । सायद म भड्किएकी छु । मलाई लाग्छ मसँग अब आशा भन्ने चिज केही बाकी नै छैन । म आफ्नै अनुपस्थितिमा रोइदिन पनि सक्नेछु ।

 म बग्न चाहन्छु । म उड्न पनि चाहन्छु सायद पन्छिझै । तर मलाई तेरो जीवन यही हो भनेर स्विकार्नुको नियती स्विकार्य छैन । सायद जर्जर भएकी छु । यती कठोर कि म कतै ठोकिँए भने  फुट्न पनि सक्नेछु । 

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...