Monday, July 6, 2026

प्रिय डायरी,


कुनै हराएको कथाझै हरेक दिन फर्कने गर्छु । पटकपटक । सायद फर्कनु सुन्दर हो ।  तर हरेक पटक जब म फर्कने गर्छु म उहि रहदिनँ । तर डायरीलाई मैले आफ्नो बनाएको छु । आज पनि बिहानै उठेँ । मानिसहरु उठ्नुभन्दा पहिलेनै । सायद सबैभन्दा पहिला । मान्छेका पाइलाहरु, सडकमा परिसकेका थिएँनन् । फूलहरु फुलीसकेका थिएँनन् । घाम उदाएको थिएन । पानी परेको थिएन । सायद डायरी लेख्नुअघिको कागजझै सबै चिज सुन्दर थियो ।

डियर डायरी, आज पनि केही नभएझै म फर्किएकी छु । कुनै सपनामा बाचेकी थिएँ तर सपना बिपना नहुँदै टुङ्गियो । तर लाग्यो जीउनु भनेको टुक्रियो । केही नभएको शुन्यझै मैले आफैँलाई एक शुन्य सम्झेँ । थाहा छैन अब के हुनेछु । सायद कहीको र केही नहुनु आफ्नो हुनु हो । आफ्नो हुनको लागि तिमीमाझँ फर्किएको छु ।

डियर डायरी, म जे लेख्न चाहन्छु त्यो कहिल्यै लेख्न सक्दिन । सायद म केही नभएझै  सुन्दर वाक्यहरुले म जे महशुस गदैछु त्यसलाई छोप्न चाहन्छु । तर सत्य यही हो म भित्र आधी हुरी र बतास चल्दैछ ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...