Monday, July 6, 2026

भ््यालबाट आकाश

 

आज पनि बिहानभरी झ्यालबाट आकाश हेरेँ । हो हरेक दिन म त्यसरीनै हेरीरहेछु । हिजो आकाश कालो थियो । बादलले छेक्यो र पानी पर्यो । आज आकाश सफा छ तर घाम लागेको छैन । झ्यालबाट हेर्दा सबै चिज सरल नै देखिन्छ । सायद झ्यालबाट चिहाउँनु सरल हुनु हो । झ्यालबाट हेर्नेको लागि झ्यालबाट देखिने दुनिया नै संसार हो ।

कहिलेकाही त लाग्छ नि के छ त्यस्तो आकाशमा जसले झ्याललाई देख्दैन । बिहानै झ्यालबाट चिहाउँने आँखालाई देख्दैन । आकाश देखेर छक्क पर्ने मनलाई चिन्दैन । झ्यालबाट म हरेक दिन आकाश चिहाउँछु जस्तो कि आज । बर्षौ देखी चिहाइरहेछु । कहिलेकाही जून चम्कने आकाश । कहिलेकाही चराहरुले छेक्ने आकाश । कहिलेकाही बिजुली चम्कने आकाश । म हरेक दिन फरक आकाशलाई देख्छु । तर झ्याल हिजो र आज त्यही छ । मलाई लाग्छ आकाशले मलाई चिन्योस् र कहिलेकाही चिहाएर मुस्कुराओस् । जसरी म आकाश देखेर मुस्कुराउँछु । 

मलाई लाग्छ म आकाश मेरो हो । म हरेक दिन बिनामतलब आकाशलाई चिहाउँन सक्छु । आकाहलाई हेरेर मुस्कुराउँन सक्छु । तिमीलाई ठिक छ भनेर बोलाउँन सक्छु । हो आकाशलाई चिहाउँन सजिलो छ । कहिलेकाही त लाग्छ नि के आकाशले पनि मैलेझै कसैलाई चिहाएर हेर्दो । बोलाउँदो हो वा देखेर मुस्कुराउँदो हो ।

No comments:

Post a Comment

एक मानिस एक कथा

  “यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ–...