Monday, July 6, 2026

मानब कौलका तीन कविता


हुन त मानब कौल एक अभिनेता हुन् ।  तर उनको परिचय उनको लेखन बिना अपुरो छ । अहिलेसम्म चार किताबका लेखक उनि आफ्नो लेखकीय परिचय  भन्न अल्ली धक मान्छ्न् । भर्खरै उनको पछिल्लो किताब "चल्ता फिर्ता प्रेत्" प्रकाशित भएको छ ।   मैले अनुबाद गरेका यी तीन कविताले समकालिन हिन्दी कविताको एउटा भिन्न स्वाद हामी नेपाली पाठकहरुलाई दिनेछ भन्ने मैले बिश्वास गरेको छु ।

प्राग (Prague)

मानब कौलको कविता प्राग (Prague) को नेपाली अनुवाद

 

म त्यस्तो रहिन जस्तो तिम्ले छोडेकी थियौ

त्यही ठाँउमा अहिले पिच सडक बनेको छ

सबै हरियो कालो भएको छ

लगातार लड्ने डरले मेरा जराहरु निस्केका छ्न्

तर अझै केही त्यस्ता चऊरहरु छन्

जहाँ हामी भेट्ने गर्थेयौ

जबजब राफीला दिनहरुमा त्यही बाटो जानेआउंने गर्छु

बाडुल्की लाग्ने गर्छ

तिमी प्राग गएकीछौ कहिल्यै?

गयौ भने काफ्काको चिहानमा जरुर पुग्नु

र सुन्नु त्यो सान्नाटा

जब थाकेर लखतरान भएको बेला

गहिरो निद्रा पश्चात ओछ्यानको कुनाकाप्चामा रहन्छ

त्यहाँ सपना छैन

चिसो मौन सान्नाटा मात्र छ

त्यहाँ केही छोडेर आउँनु

सुनेको छु छोडेका चिजहरुको जरा फेरी पलाउँछ । ।

 

 मानव कौलको  कविता "कहानी"(Kahaani) को नेपाली अनुवाद

जबजब कुनै कथा लेखी सिध्याउँछु

यस्तो लाग्छ मैले कसैलाई धोका दिएँ

मतलब यस्तो एउटा रहस्य

जसलाई मैले बर्षौबर्ष आफैंसँग राखेको थिएँ

जस्तोकी एउटा असल साथी

मैले आज त्यो रहस्यलाई खोलीदिएँ

मैले त्यो सम्बन्धको फाइदा उठाएँ

तर यो त्यति ठूलो धोका होइन

ठूलो त खासमा

त्यो कथासँगै हुन्छ जसलाई मैले आज पूरा गरें

हामी एउटा अलग्गै दुनियाँमा सँगै बाच्यौं बर्षौबर्ष

अचानक मैले त्यो कथाको अन्त्य खोजें

र टुङ्याइदिएँ

यो हिंसा हो

जसको ग्लानी बर्षौसम्म रहन्छ

र पछि एउटा दुख बाकी रहन्छ

त्यो केहो भने अन्त्यमा सबै सामान्य बन्छ

होइन र?

 

मानब कौलको कविता डिसेम्बर (December) को नेपाली अनुवाद

 

आज केही एकदम निरस छ

जस्तो कि तिम्रो शरिरका ति बाह्र कोठीहरु

बाह्र कोठीहरु बाह्र महिना जस्ता हुन्

म सधैं बर्षहरु बचाउंन चाहन्थें

म मुठी कसेर बस्थें

तर हरेक महिना ऊ मेरा मुठीका काप्चाहरुबाट

हाँस्दै जाने गर्थ्यो हरेकपटक

बर्षको अन्तिममा म आफ्नो मुठी खोल्थें

एघार कोठीहरु गैसकेका हुन्थे

तर एउटा डिसेम्बर सधैं रहन्थ्यो

मेरा हत्केलाका रेखाहरुमा कतै अल्झेर.....

त्यो दिल्लीको डिसेम्बरको चिसो थियो

जब हामीले एक अर्कालाई अंगालेर

अन्तिम बिदाइ गरेका थियौं

त्यो तुसारोमा तिम्रो मफलरमा अल्झेको

तिम्रो घाटीको त्यो डिसेम्बरको कोठी

तिमी गएपछी मसँगै थियो

बर्षले चाडै बिदा लिन्छ

तर डिसेम्बरले कहिल्यै साथ छोड्दैन

आजपनि । ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...