Thursday, July 9, 2026

आफ्नो हुनु


प्रिय डायरी, 

हिजोझै आज पनि फर्किएकी छु । र बारम्बार फर्कन्छु । मलाई लाग्छ जीवन भनेको देहोरीनु हो । डायरीमा पनि म जे लेख्छु त्यो दोहोरीनु नै हो । कहिलेकाही भान्छाघरमा दोहोरीन्छु  । कहिलेकाही कापीका पानाहरुमा दोहोरीन्छु । कहिलेकाही किबोडहरुमा दोहोरीन्छु । अब त लाग्छ नयाँ केही छैन दोहोरीनु  मात्र हो ।

आज पनि हिजोझै सबै चिज दोहोरीयो । बिहानै उज्यालो भयो । सडकमा मानिसहरु निस्के । घाम लाग्यो । आमाहरुको पुजाकोठाबाट घण्टिको आवाज निस्कन थाल्यो । चराहरु उड्न थाले । फुलहरु फूल्न थाले  । पानी पर्यो । फेरी पानी बन्द भयो । जे जे भयो हिजो जस्तै भयो ।

सायद दिनभर सबैचिज हिजोकोजस्तै हुनेछ । बदलावको नाममा खानामा तरकारी फरक होला । चियामा चिनी अल्लि बढी पर्ला । हिजोभन्दा बढी गर्मि होला । सायद परिवर्तनहर झिना हुन्छन् । अब त मलाई परिवर्तन हुन्छ भन्ने कुरामा पनि बिश्वास छैन । जे हुन्छ त्यो चाहेझै हुँदैन भन्नेमा मात्र छ ।

सायद जीउनु यही हो । जीउनु दोहोरीनु हो । सुख दुख हाँसो रोदन पनि दोहोरीन्छन् । 

No comments:

Post a Comment

एक मानिस एक कथा

  “यो अंकको कथा होइन । तर मानिस पनि त अंक नै हो । के मानिसलाई अंक मान्दिँदा हुन्छ ? वा भनिदँदा हुन्छ तिमी अंक होइनौ अरु केही हौ ।” उ भन्छ–...