Tuesday, July 7, 2026

ब्याड गर्ल

 

प्रिय ममि,

म फेरी सुरु गर्न चाहन्छु जो टुड्गिएको थिएन  

म सधै भन्न चाहन्थेँ तर कहिल्यै भनिन । बर्षौबर्ष मलाई मैले जे भनिन, मलाई सधैँ त्यो तपाईले सधैँ बुझ्नुहुनेछ भन्ने लागिरह्यो । तर तपाईले बनाउँन चाहेझै म गुड गल कहिल्यै बनिन । गुड हुनुको परिधिभित्र यति धेरै चिज थिएँ जसले मलाई गुड बनिरहन दिएनन् । म सायद गुड हुनुको परिधिभित्र निस्सासिन सक्दैनथेँ ।

गत बर्ष सायद कात्तिकमा एउटा चिठी लेखेर म घरबाट निस्किएको थिएँ । चिठी पाएपछि मौनतालाई म आज पनि महशुस गर्छु । सायद समाजले खोजेझै राम्री नभएकोमा सायद मैले भन्दाबढी तपाइले सुन्नुपर्यो । तर हुर्कदै गर्दा मलाई पनि सजिलो थिएन । कहिलेकाही त मलाई लाग्थ्यो म यही कतै बिलाउँ  । सभा सभारोह चाडबाड मेरा लागि अनौठा मजाक मात्र थिएँ । फलानाकी छोरी किन यस्ती, फलानाले यत्री बुढी भै सकेकी छोरीको किन बिहे गरेन, आमाझै देखिने उ किन भैन । प्रश्नहरु यस्तै यस्तै थिएँ तर उत्तर दिन सजिलो थिएन । त्यही असजिलोको झोकमा म तपाईले खोजेझै असल बनिरहन सकिन । मैले तपाईले ननाघ भनेका धेरै परिधिहरु आफ्नै सोखमा नाघेकी छु । हुनसक्छ यो मेरो प्रतिसोध थियो वा बिद्रोह ।..................................................................................................................................................................................

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...