मोड
एक मोड जहाँ म फर्किएको थिएँ । एक मोड जहाँ तिमीले मलाई अन्तिम पटक फर्किएर हेरेका थियौ । एक मोड जहाँ हामी भेटिएका थियौ । एक मोड जहाँ तिमीले अँगालेका थियौ । एक मोड जहाँ तिम्रा मेरा हातहरु अनायास छोइएका थिए । अब त फर्कनु मात्र छ । एक एकोहोरो यात्राझै मैले हिडिसकेको त्यो यात्रालाई कोर्छु वा भनौ पछाडी फर्कन्छ समय म यात्रा गर्छु तर भेट्छु केवल तिनै मोडहरु र घुम्तीहरु मात्र ।
आज दिनभर पानी पर्यो । झरीमा रुझेँ पनि । एक दुई पाना मनपरेका किताबहरु पढेँ पनि । तर किताबहरुमा पनि रहेछन् केबल तिनै मोडहरु । पानाहरुमा तिमीले कोरेका रेखाहरु । तिम्रा अक्षरहरु सबै सबै भेटेँ । लागे ति पनि मोडहर नै त थिएँ । अगाडी बढ्नु पनि छ तर मोडहरु कहाँ छोड्छ र !
No comments:
Post a Comment