Monday, August 11, 2025

सुरुवात


प्रिय तिमी,

मलाई थाहा  छ,  मेरो अघिल्लो चिठीले तिमीलाई सुखी बनाउँदैन भन्ने । तथापी म जे छु र जे हुँ त्यो भन्न जरुरी थियो । म तिम्रो अगाडी नाङ्गो नै सही कुरुप नै सही तर झुटो बनेर आउँन सक्दिन । तिमीलाई लाग्न सक्थ्यो म भित्र प्रेम र ममता मात्र छ । तर म पुरुष हुँ त्यो भन्दा बढी भोक र बासना पनि हुनसक्छ । म तिमीलाई मिठासको बन्धनमा बाध्न सक्दिन । तिम्रो लागि म जे हुँ त्यो आकाशझै खुल्ला र फराकिलो रहनेछ ।

कहिलेकाही सुरुवात सुन्दर बनिदिन्छ तर अन्त्य सोचेभन्दा कठोर । मलाई लाग्छ तिमीले त्यो अप्रत्यासित कठोरता भोग्न नपरोस् । पुरुष भित्रको त्यो जनावरलाई एक्कासी साक्ष्यातकार गर्न नसरोस् । त्यसैले सबै सबै चिज लेखेँ । तिमीलाई मलाई अस्विकार्ने स्वतन्त्रता सधैँ रहनेछ । म तिमीले सोचेझै राम्रो र सजिलो मानिस होइन । मैले प्रेम भन्दा बेगरका बासनाका लागि मात्र अनगिन्ति सम्बन्धहरु राखेको छु । तिमीले देख्ने प्रेम बासना मात्र पनि हुनसक्छ । मेरा यी सबै कमजोरीहरुलाई गल्तिहरुलाई तिमीले स्विकाछ्यौ भने यो मेरो सौभाग्य हुनेछ । मैले मेरो रोजाइको मानिस जीवनमा भेट्नेछु । अस्विकृति पनि त्यही स्विकार्य रहनेछ । रोजाइ तिम्रो हो ।

म झुटको जगमा सम्बन्धको कसी कस्न चाहन्न । जीवन शब्दहरुझै सुन्दर र सरस छैन र हुँदैन । शब्दले सबै चिज सुन्दर काब्यिक बनाइदिन्छन् । शब्दमा त कुरुपता र निराशा पनि सुन्दर सुनिन्छ । म शब्दमा ब्यझ भएझै सग्लो मानिस होइन । मैले अघिल्लो चिठीमा पनि त्यही भन्न खोजेको हो । आशा छ तिमीले यी सबै सबै कुराहरुलाई मेरै पैतालामा टेकेर बुझ्नेछौ ।

  कुनै दिन अपरिचित पनि परिचितझै बनेर भेटिएका हामी आसा छ अब परिचित परिचित मात्र बन्नेछौ । कहिलेकाही सम्झिदा कुनै कथाझै लाग्छ । तर जीवन र कथामा खासै अन्तर पनि त छैन । हामी दुवैलाई कथाको पात्र मात्र ठानिदिँदा पनि हुन्छ । 

आशा छ यो चिठीमा मैले भन्न खोजको कुरा बुझ्नेछौ । म जे छु र हुँ कमजोरहरुसहित गल्तिहरु सहित अपनाउँनेछु । तिमीलाई झै मलाई पनि तिमी सधैँ प्रिय लाग्नेछ ।

उही 

तिम्रो चिठी पुग्ने ठेगाना  

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...