प्रिय तिमी,
यो झरी परेको दिन झरीझै भिजेको मनले यो पत्र लेख्दैछु । जीवन सजिलो थिएन र रहेनछ । यी मोड र घुम्तीहरुमा तिमीझै कोही भेट्नु मेरो सौभाग्य हो । म चाहन्थे जसरी हाम्रा चिठीहरुमा हामी सरस पोखिएका थियौ । त्यसरीनै जीवनमा पनि पोखिन सकुँ । त्यसैले मैले आफ्ना मनका मनोकामनाहरु पनि तिमीमाझ शब्द मार्फत पठाएको थिएँ ।
तर शब्दझै सरस जीवन बाच्न कहाँ सजिलो रहेछ । मैले आफैँलाई हेरेँ एक जर्जर बुढो रुखझै भेटेँ । शब्दमा सरस हुन सजिलो छ । जीवनमा छैन । म त एक चासिलसको नजिकको एक स्त्रिले पठाएका शब्दहरुले नै पुलकित भैदिने बिना भावको एक शरीर मात्र हुँ । हुनसक्छ कुनै दिन म शरीर मात्र तिमीमाझ उपस्थित हुनेछु । मसँग एक महिलाले वा पुरुष बिना कुनै नाता गरिने प्रेमको अनुभव छैन । म त अहिलेसम्म जे बाचेँ शरीर मात्र बाचेँ । हुनसक्छ कुनैदिन तिमीले मलाई एक घृणित पुरुष मात्र भेट्नेछौ ।
शब्दका बाचाहरु शब्दमा मात्र रहेँ । म तिमीलाई प्रेमको बाचा गर्न सक्दिन । मसँग त प्रेमको नाममा पनि बास्ना मात्र छ । तिमी कोमल छौ । त्यसैले तिमीले हामी सबैलाई शब्दमार्फत सम्बोधन गर्यौ । यो जर्जर शरीरले अन्त्यको कुरा मात्र गर्न सक्छ अनन्तको होइन । प्रेम अनन्त हो । बास्ना शारीरीक भावको अन्त्य मात्र हो । तिमीले मलाई घृणा गर्न सक्छेयौ तर मसँग अन्त्य मात्र छ ।
सायद आजको मेरो पत्रले तिमीलाई दुखी बनाउँन सक्छ । हुनसक्छ मैले तिमीलाई शब्द मार्फत धोका पनि दिए । तर म यही नै हो । म सग्लो मानिस होइन । मसँग त बिरोधाभाष मात्र छ । प्रेमको नाममा भोक मात्र छ । म सँग स्नेह पनि छैन । म तिमीलाई यो नभन्न पनि सक्थेँ । तर म यही नै हो । आशा छ तिमीले मलाई बुझ्नेछौ । नबुझे पनि सारमा म यही नै हो । म नदि र हिमाल बुझेको मानिस होइन । मसँग गहिराइ र उचाइको नाममा केही छैन ।
शब्द मार्फत पहिलोपट आज म जे हुँ त्यो बोलेको छु । यो एक अन्त्य र अनन्त दुवै हो ।
उही
तिम्रो चिठी पुग्ने ठेगाना
No comments:
Post a Comment