Saturday, August 16, 2025

एक अन्त्य एक सुरुवात


प्रिय तिमी,

थाहा छैन अब यी अक्षरहरुले केही अर्थ राख्छन् वा राख्दैनन् । अब अक्षरमा मात्र ब्यक्त हुनु एक सकस झै भैसकेको छ । म तिमीसँग सम्पूण रुपमा पोखिन चाहन्छु । मलाई लाथ्यो शब्द मार्फत सुरु भएको हाम्रो यात्रा शब्दमा नै अन्त्य हुनेछ । तर त्यस्तो नहुदो रहेछ । अक्षरका सिमानाहरु रहेछन् । सम्बन्ध सिमा बिहिन हुदो रहेछ । हरेक अप्रिय पनि प्रियझै लाग्ने । हरेक असुन्दर चिज पनि सुन्दरझै लाग्ने ।

तिमीलाई यी कुराहरु सुन्दा अनौठो पनि लाग्न सक्छ । तर यो मेरो अनुभूती हो । तिमी झै म पनि तिमीसँग झुटो बोल्न सक्दिन । मलाई कहिल्यै लागेको थिएन म कसैका लागि यस्तो अनुभूती कुनैदिन गर्नेछु । तर नसोचेको कुरा सोच्न थालेकी छु ।

आजकल लाग्छ, अब केही चिज अन्त्य गरेर केही चिज सुरुवात गर्नुछ । आउ केही चिजको अन्त्य र केही चिजको सुरुवात गरिदिउँ ।

उही 

तिमीलाई चिठी लेख्ने म


No comments:

Post a Comment

चौँतिस

राती राम्रो निद्रा परेन । रातभर डरलाग्दा सपनाहरुले छोडेनन् । हुन त सपनाहरुले कहिलेकाही दिउँसो पनि छोड्दैनन् । बिहानै सबेरै बिउँझे । त्यही ...