एक अध्यारो एक उज्यालो साक्षि बनेका छन् । म चाहेर पनि उनीहरु भन्दा टाढा भाग्न सकेको छैन । बिहानै चरा उठिसकेका छैनन् । मानिसहरुका पाइलाहरु सडकमा परिसकेका छैनन् । फूलहरु फुलिसकेका छैनन् । केही अध्यारो केही उज्यालो मेरा साक्षि बनेका छन् ।
पर क्षितिजमा केही उज्यालो ल्यामपोष्ट बनेर झुल्किएको छ । अध्यारै अध्यारोको बिच त उज्यालो पनि सुन्दर नै लाग्ने रहेछ । निष्पट्ट अध्यारो पनि छैन । निष्पट्ट उज्यालो पनि छैन । उज्यालो र अध्यारो बिचको यो धुमिलता बिच म कहि कतै उभ्भिएको छु ।
सायद बाच्नुको सार्थकता यही धुमिलतामा नै छ । चाहेर पनि म उज्यालो र प्रष्टता तिर लम्किन सक्दिन । कहिले अध्यारोको एक हुल किरणहरुले मलाई छोपिदिन्छन् । कहिलेकाही उज्यालो पनि जिस्क्याउँन आउँछ । मलाई लाग्छ केही त छ जसले मलाई जिस्क्याउँछन् । म उनीहरुझै केही हुनु र नहुनुको बिम्बमा बाचेझै गरिदिन्छु ।
प्रष्ट कोही र केही छैन । जे छ धुमिलतामै छ । सुखहरु पनि धुमिल बनेर नै आउँछन् । दुखहरु पनि धुमिल बनेर नै जान्छन् । प्रष्ट छु भन्नेहर पनि कहाँ पस्ट छन् र ? आफ्नै मायामोहमा मोहीत मात्र छन् । कहिलेकाही आफैँलाई प्रष्टताको भूत नचढेको कहाँ हो र ? तर बिहानी नभैसकेको बिहानी मलाई सधैँ धुमिनता नै त हो तेरो हो भनिदिन्छन् ।
प्रस्ट अप्रस्ट । उज्यालो अध्यारो । खुसी दुखी । भेटिनु छुटिनु । यी पनि त बिम्बनै थिएँ । भनेझै प्रस्ट र सपाट के छ र ? न उज्यालो नै । न अध्यारो नै । परको क्षितिज पनि कहाँ देखीझै सुन्दर छ र ? जे छ दुरी मै छ ।
ल्यामपोष्ट उज्यालोले सडकलाई छोडेको छैन । अब केही मिनेटमै कोही आउँनेछ र सडकलाई फेरी अर्को छाया दिएर जानेछ । ल्यामपोष्टमूनी एक प्रतिबिम्ब बन्नेछ जो तपाई र हाम्रोझै बन्नेछ । उज्यालो ल्यामपोष्ट तल केही अध्यारो देखीने छ । यही छ केही अध्यारो केही उज्यालो ।
No comments:
Post a Comment