बिहानै छ । बिहानै भएर पनि बिहान भैसकेको छैन । न उज्यालो छ । न घाम लागेको छ । न फूल फूलेका छन् । न मानिसहरुका पाइला सडकमा परिसकेका छन् । बिहानी पनि रातझै अध्यारो छ । अध्यारो छ तर प्रिय बनेको छ । मलाई यस्तै बिहानी मनपर्छ । यो रातझै कठोर पनि हुँदैन तर मानिसलाई मानिस बन्ने स्वतन्त्रता दिन्छ ।
कोठा असरल्ल छ । किताबकापी छरिएका छन् । अछ्यान मिलेको छैन । सिरक जताततै फैलिएको छ । मस्त झ्यालबाट बाहिर हेर्दै छु । सडकका बत्तिहरुले एक तमासको उज्यालो दिएका छन् । हल्का चिसो छ । नदी किनाराझै कहिबाट बगेको आवाज आउँदैछ । यही हो र्मिमिर यहाँ म छु र केही उज्यालो मिसिएको छ ।
कुकुरहरु भुक्न थालिसकेको छैनन् । नानीहरु रोएको आवाज मेरो कानमा आइसकेको छैन । सायद चराहरु पनि यात्राामा निस्किसकेका छैनन् । यो हल्का अध्यारोभित्र एक तमासको उज्यालो मिसिएको छ । यही समय त हो जब म आफ्ना औलाहरुलाई किबोडमा निस्फिक्रि दौडाउन सक्छु । रातझै यसले पनि मलाई आफू बन्ने स्वतन्त्रता दिन्छ ।
यौ बिहानै बिउँझिएर किबोडहरमा आफ्ना औलाहरु दौडाउनु पनि स्वतन्त्रताको खोजी मात्र हो । केही समय पछि मानिसका पाइलाहरु सडकमा पर्न थाल्नेछन् । चराहरुको चिरबिर मानिसहरुको खलबल, नानीहरुको आवाज तपाइको कानसम्म पर्न थाल्नेछ । त्यसपछि तपाई समय र वातावरणको बन्धनमा पर्न थाल्नुहुनेछ । त्यसैले पनि चराहरु फूलहरु उठ्नुअघिको बिहानी मात्र बिहानी हो । त्यो समयलाई कैद गर्नु आफू बन्नु हो ।
No comments:
Post a Comment