मैले पडाडी फर्केर हेरेँ । खराबी त फर्केर हेर्नुमा थियो । अहिलेसम्म मैले पडाडी फर्केर हेरेको पनि त थिइन । हेरेको भए केही देख्थेँ होला । तर हेरीन । कसैले हेर, पछाडी फर्कनु आफैँलाई दावी गर्नु हो भनेन । मेले घाउहरुलाई पनि घाउ नठानी हिडिरहेँ । जुत्ताले बनाएको घाउ जसरी चोप्छ हरेक पाइलामा । मेरा पाइलाहरुमा पनि पिडा रहेछ । तर कसैले भोगेको पिडालाई दावी गर्न सिकाएन । मैले पनि त गरिन ।
आज पनि एक पाइला अगाडी सार्छु हिड्दा । पिडा दिने खतहरुले मलाई पाइला नचाल भन्छन् । पछाडी र्फकन्छु फेरी अगाडी बढ्न खोज्छु । तर पछाडी फर्कदा र अगाडी बढ्दा दुबै पटक पाइलाहरुले चोब्छन् । तर पिडाको दाबी अह म गर्न सक्दिन । मैले त पिडाहरुको त्यो इतिहासहरुलाई पनि दाबी गरेको छैन । आमा भन्नुहुन्छ हिड्दा मेटिनुपर्छ । तिम्रै पाइलाहरुले पति तिम्रो छायालाई नचिनुन । हुन त आमालाई पनि कसैले उहाँको इतिहासलाई दाबी गर्न सिकाएन । फगत आमा म हजुरआमाले आफ्नै पिडाहरुलाई पिडा नठानी हिडिरह्यौ । आफ्नै पाइलाहरुलाई पाइला नठानी हिडिरह्यौ । हिड्न जरुरी थियो । उहाँहर नहिडेको भए म जहाँ थिएँ वा छु त्यो रहँदैनथेँ ।
तर पाइलाहरु सार्न सजिलो छैन । हरेक पाइलामा म इतिहासदेखी बोकिआएको पिडालाई घिर्साछु । सडकमा, घरमा, काममा चाहेर पनि म आफूलाई दाबी गर्न सक्दिन । अघिल्लो हप्ता कसैले मलाई एक अघुमानवझै ब्यबहार गर्यो । मैले उसलाई तँ जस्तो म पनि त्यस्तै भन्न सकिन । कथा लम्बियो । कथाहरुले पाइला चाल्यो । तर मैले शब्दमा मैले उ जतिकै मानिस हुनुको अस्तित्वलाई दावी गर्न सकिन ।
तर अहिले आएर लाग्छ अब पूनृदावी गर्ने समय आएको छ । अगाडी बढ्दा आफ्ना पाइलाहरुलाई र आफ्नो इतिहासलाई फेरी फर्केर हेर्ने समय आएको छ । ताकी पिडाहरुको सम्बोधन होस् । इतिहासको सम्बोधन होस् ।
No comments:
Post a Comment