Thursday, June 12, 2025

सुरुवात


  आज पनि हिजोझै पानी पर्यो । पानीका बुँदहरुमा केही सपनाहरु साचेर राखेँ । सायद तिमीले बिर्सयौ होला । केही बर्ष अघि यस्तै कुनै बर्षादको दिन तिमी भेटिएका थियौ । पानीका बुँदहरुमा पहिलोपटक हामीले हाम्रा लागि सपनाहरु साचेका थियौ । त्यो सुरुवात मिठो थियो । कविता लेखिनुअघिको कागजझै निश्चल पनि थियो ।

त्यो दिन जसरीनै आज पनि पानी पर्यो । पानीका बुदहरुमा फेरी अर्कोपटक मैले आफ्ना सपनाहरु साँचेर राखेँ । सायद त्यो सुरुवात थियो । सायद यो पनि सुरुवात नै हो । थाहा छैन कुनै दिन सुरुवात भन्दाभन्दै अन्त्य पो भैदिन्छ कि डर लाग्छ !

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...