Friday, June 6, 2025

पखाई ..................


.................. सायद यी बिन्दुहरुझै पर्खाइका रेखाहरु धुमिल हुन्छन् । “के तिमी फेरी पर्खन्छौ” सुन्दा अत्यासलाग्दो पनि लाग्न सक्छ । तर पनि पर्खनु सायद आफैलाई फर्केर हेर्नु हो । छोडी आएका दोवाटाहरु सजिला जस्ता पनि लाग्न सक्छन् । अथवा  गह्रौ पनि लाग्न सक्छ । तर कहिलेकाही छिचोलेको क्षितिजलाई केही नभएझै पर्खेर हेर्नु सायद आवस्यकता हो ।

कहिलेकाही लाग्छ पर्खाइ सायद आशाको बिम्ब हो । पर्खनेहरुलाई लाग्छ उनीहरुको पखाईले सायद केही राम्रो हुनेछ । छोराछोरीको घर फिर्तीलाई कुरेका आमाहरु, राम्रो खेतीबालीका आशामा पानी पर्खेका किसानहरु, बिदेशीएका लोग्नेलाई पर्खेका महिलाहरु यी सबैमा आशाहरु भेटिन्छ । 

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...