Thursday, June 19, 2025

कथा जसलाई मैले लेखिन


आज पनि फेरी झरी पर्यो । फेरी म रुझेँ । रुझेपछि एकपटक आफैँलाई निहालेर हेरेँ । आफैँलाई कुनै अश्लिल चित्रझै ठानेँ । त्यो म थिइन, शरीरलाई पनि कथा सम्झने एक कथाकार थिएँ । एक घटिया कथाकार, जसले सबै चिज श्लिल र अश्लिलको नजरबाट हेर्छ । वा भनौ भिजेको शरीरलाई अश्लिल ठान्छ । सबै चिजलाई कुनै सरल रेखामा दाजेँर हेर्छ र खराब भनिदिन्छ ।

मलाई त्यस्ता कथाकार सँग समस्या छ । उनीहरुले जे लेख्छन् त्यो कथा हुँदै होइन । बाहिरी ख्रोक्रोपनलाई यही आकार भनेर भनिदिनु यो कस्तो कला हो । मानिसहरु जेलिएका छन् । मानिस रहस्यमय रेखाहरुको गुजुल्टो मात्र हो । के अश्लिल के श्लिल ।

बाटोमा नाङ्गै हिड्नेहरुलाई कसरी अश्लिल भन्ने । नाङ्गोपनलाई छोपेर समाजिक बन्धनहरुबिच आफैँलाई के के न हौ भन्नेहरुलाई कसरी श्लिल ठान्ने । किन कुनै कथाकारले भिजेको शरीरलाई कुनै खराबीझै अश्लिलता भित्र राखिदियो । के श्लिल के अश्लिल ? मलाई यस्तो कथा  लेख्नुनै थिएन । मलाई ति सबै चिजलाई कथा ठान्नु नै थिएन । 

कपडाभित्र पनि फेरी अर्कोपटक आफैँलाई नाङ्गो भेटे । संसारमा केही चिज शुद्ध छ भने नाङ्गोपन मात्र छ । नग्नता कसरी अश्लिल बन्यो । किन समाजझै कथाकारलाई पनि त्यही लाग्यो । मानिस भित्र चिहाएर किन उसले हेरेन । हेरेको भए समाजझै बोक्रे कुरा किन गर्यो । 

हो मैले कथाको बनोटलाई अश्विकृत गरेँ । आफूलाई वा अरु कसैलाई पनि कुनै परिधिभित्र वा भनौ कुनै बाकसभित्र राख्न सकिन । कसरी कसैको बनोटलाई मात्र कथा भनिदिनेँ । के मानिस जे देखन्छ जे गर्छ त्यो मात्र हो त? हो भने को कति श्लिल को कति अश्लिल ? मैले आफैँलाई हेरेँ आफैँभित्र पनि अश्लिलता मात्र भेटेँ । जो सामाजिक अश्लिलता होइन । नाङ्गोपनलाई वा भनौ शरीरलाई अश्लिलता ठान्ने हो भने त्यो मात्र हो । तर श्लिल झै हरेक दिन देखाउँछु । रोवटझै प्रस्तुत हुन्छु । र मानिस हुनुका अनेकौ खराबीलाई छोपेझै गरीदिन्छु । तर जे देखाउँछु त्यो म होइन । तर जे देखन्छ त्यो मात्र बोल्छ भने त्यो कथा कसरी भो । त्यो त कुनै यान्त्रिक फोटोभै भयो । तर कथा फोटो भात्र हो भने किन लेखिरहनु ।

हो कुनै यान्त्रिक कथाकारझै मलाई केही भन्नु थियो । कथाझै बनाउँनु पनि थियो । तर मलाई लागेन त्यो कथा हो । मैले लेखिन.............................................

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...