Tuesday, June 17, 2025

ह्याप्पी बर्थडे टु यू

 

तिमीलाई जन्मदिनको धेरैधेरै शुभकामना छ । आकाशझै अग्लनु । नदिझै बग्नु । गहिराइ र उचाइबिच तैरन पनि सिक्नु । मलाई तिमी उडेको र तैरिएको दुबै मनपर्छ । सिमानाहरुले नबाधिनु । खुल्ला आकाशझै सिमाबिहिन सम्बन्धमा कहिलेकाही मलाई चिहाएर पनि हेर्नु । मलाई लाग्छ तिमीले चिहाउँदा म सुन्दर नै देखिन्छु ।

यी उडेका पक्षिहरु । फूलेका फूलहरु तिम्रा पनि हुन् । कहिलेकाही आकाशबाट झ्याल र कहिलेकाही झ्यालबाट आकाशलाई हेर्नु ।  उड्नु र बाधिनुबिच सधैँ उड्न सिक्नु । कहिलेकाही लाग्ला हिडिआएको बाटोमा मैले फूलहरुलाई कुल्चिएँँ । बतासहरुसँगै बहकिएँ । बतास बतासहरु नै थिए तिनीहरुलाई  सोचेर नहडबडिनु । अगाडी बढ्दै गर्दा तिमीले नाघेका क्षितिजहरुले तिमीलाई नपिरोलुन् । पर पुगेर पनि आफ्नो माटोलाई उर्वर ठान्नु । त्यही नै त थियो जसले तिमीलाई उड्न सिकाएको थियो ।

प्रिय मान्छे, यि सुभेच्छ्याहरु  बिच पनि मैले तिमीलाई कहि कतै समेटेर राखेकी छु । यदाकदा लाग्छ तिमी भित्रको उन्मूक्ततालाई के समेटेर राख्नु । सायद समयसँगै तिमीले समेटेर हिड्न सक्नेछौ । सकनौ भने पनि तिम्रो उम्मूक्ताले तिमीलाई धेरै पर लग्नेछ । यो साचो हो कि तिमीले सधैँ खराब हुँ भनिरहँदा पनि मेरो मनले तिमीलाई सधै राम्रो नै ठान्यो । असल खराबको सानो परिधिहरुले न तिमी समेटिन्छौ न तिमीलाई समेट्न सकिन्छ । जस्तो छौ राम्रो छौ । राम्रा राम्रा यात्राहरुको कामना सहित फेरी जन्मदिनको सुभकामना दिन चाहन्छु ।

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...