हिजो पनि अर्को अनिदो रातको साक्षि बनेर फर्किएकी छु । बिना निद्रा पनि कहिलेकाही निदाएझै लाग्छ । हो म निदाएर पनि ननिदाएकी हुँ । कहिलेकाही रातहरु कोमल बनिदिन्छन् । अनिद्रा पनि सुन्दर बनिदिन्छ । जब बिहान हुन्छ यस्तो लाग्छ जीवन रात बनेर टुङ्गियोस् ।
कुनै जापानि लेखकले भनेकी थिइन– तिमीलाई थाहा छ रात किन यति सुन्दर हुन्छ किनकि त्यहाँ रुने स्वतन्त्रता हुन्छ । हुन त म दिनमा पनि रोइदिन्छु । तर रातमा रोएझै रुन सक्दिन । अनिदो रात यसकारण पनि सुन्दर बन्छ किनकी म बिनाहिचकिचावट रुन सक्छु ।
तर म हिजो रोेइन । म रोएर अनिदो भएकी पनि होइन । तर अनिद्राको साक्षि बन्नुमा कुनै पछुतो छैन । अनिद्रा सुन्दर बन्यो । लाग्यो रात मेरो पनि हो । ताराहरु मेरा बने । सायद मेरो खुसीमा उनीहरु पनि मुस्कुराए । सायद आकाशले पनि कहि कतैबाट मलाई चिहायो । रातमा चिहाउँन त आकाश र ताराहरु मात्र थिए । सुन्दर त यसकारण पनि बन्यो कि आकाशलाई बादलले छेकेन । तर आकाशले मलाई चिहाइएकोमा सरम लागेन उ मेरो पनि हो । आफ्नासँग केको सरम । मैले कपडामा पनि बिना बस्त्रको नाङ्गो महसुस गरेँ । तर लाज लागेन ।
कहिलेकाही सुन्दर चिज कुरुपझै बनिदिन्छ । कहिलेकाही कुरुप चिज सुन्दर निद्रा पनि त्यस्तै हो । कहिलेकाही निद्रा पनि कुरुप बनिदिन्छ कहिलेकाही अनिद्रा पनि सुन्दर । अनिद्रा यसकारण पनि सुन्दर बन्यो त्यसले मलाई आफू बन्न दियो । तारा र आकाशले गिज्यायझै गरेनन् । मलाई जे मनपथ्र्यो त्यही सोचि बसेँ । अनिद्रामा त कल्पनाहरु पनि बिपनाझै लाग्दो रहेछ । ऐनामा आफूलाइै हेरेँ लाग्यो म पनि अरुझै त हुँ । मैले ऐनामा आफैँलाई पोखिदिएँ । रंगझै पोखिएँ । कहिल्यै महसुस नगरेको रंगमा पोखिए । पोखिनु पनि कति सुन्दर रहेछ महसुस पनि गरे । अनुभूति न हो सुन्दर थियो ।
No comments:
Post a Comment