प्रिय तिमी ,
आज फेरी अर्को पत्रसहित आएकी छु । यो निरन्तरता मात्र होइन । यो त समयले दिएको उपहार हो । इमेलको जबाफमा एआइ जेनेरेटेड इमेल पाउँने समयमा पनि म फूर्सदिलो छु । मसि र कापिका पानाहरुले मलाई साथ दिएका छन् । सम्झ, यो तिम्रै लागि भनेर कोरीएका जीवनका रेखाहरु हुन् ।
मलाई आशा थिएन मैले नपठाउँ भनेको पत्रको बदलामा पनि तिमीले अर्को पत्र लेख्नेछौ भन्ने । पत्रमा तिम्रा अक्षरहरु कोमल थिएँ । म त्यती कठोर पनि थिइन जसलाई तिम्रा अक्षरहरुले नपगालोस् । म तिम्रा शब्दहरुले बहकिएँ । लाग्यो पर बादलमा तिम्रै नाम लेखूँ । लाग्यो नदि किनारामा फेरी अर्कोपटक तिमीलाई कोरुँ । लाग्यो मेरा डायरीका कविताहरु तिम्रै लागि थिएँ । आशा थिएन, जीवनको यो मोडमा चिठि मार्फत कोही तिमीजस्तो भेटिएला भन्ने । तर निराशाहरु बिच पनि तिमी आशा बनेर आइदियौ ।
तिम्रा अक्षरहरु खिरिला, सुन्दर र गहिरा रहेछन् । मलाई लाग्यो तिम्ले अक्षर मात्र होइन अक्षर मार्फत तिम्री भित्रको गहिराइ र उचाइ दुबै मलाई दियौ । लाग्या,े तिम्ले जे दियौ त्यसैको बदलामा म नचाहेरै पनि फेरी अर्को केही कोर्नेछु । किन किन मेरो मनले भन्छ तिमी भित्र एक अलिखित कविता छ जसलाई म मात्र लेख्न सक्छु । तर त्यसको लागि म तिम्रो अनुमति चाहन्छु । आशा छ तिमीले मलाई अनुमति दिनेछौ ।
अर्को पत्र तिमीले पठायौ भने बुझ्नेछु मैले कविता लेख्ने अनुमति पाएँ ।
उही तिम्री प्रापक
No comments:
Post a Comment