लामो यात्रापछि मैले हिडिआएको बाटोलाई फर्केर हेरेँ । हेरेको बाटोलाई थिइन । आफैलाई थिएँ । यात्रापछिका हातहरु हेरेँ । पैतालाहरु हेरेँ । अनुहारमा छरिएका पसिनाका बुदहरुलाई हेरेँ । बोकीआएको झोलालाई पनि हेरेँ । आफ्नै प्रतिबिम्बलाई हेरेँ । छोटोबाट लामो बनेर टुङ्गिएको प्रतिबिम्बमा केबल छोडीआएका थकाइका अबशेषहरु मात्र भेटेँ ।
यात्रापछि मनले सधैँ भन्छ आराम गर । तनले भन्छ यात्रा अझ बाकी नै छ फर्केर नहेर । तर किन किन कताकता लागिरहन्छ एक पटक फर्केर हेरु । कहिलेकाही लाग्छ फर्केर हेर्ने त बानी छ मसँग । यी किबोडमा दौडिएका अक्षरहरुले पनि त्यहि फर्केर हेर्ने बानीको निरन्तरता मात्र हो ।
आमा भन्नुहुन्छ– छोड्नु तर फर्केर नहेर्नु । छोडीआएकासँग केको लगाव । मनले भन्छ जे हुँ त्यही छोडी आएको मानिस न हुँ । फेरी एकपटक छोडीआएका साथीहरु सम्झन्छु । छोडीआएको बाटो । छोडेको घर । यीनै त हुन् जसलाई छोडेर पनि जहिले समेटेझै गर्छु ।
जानुअघि कसैले भनेको थियो । जानेले दिएर जान्छन् । फर्केर हेर्यौभने उनीहरु मात्र भेटिन्छन् । कहिलेकाही हो भैm पनि लाग्छ । फर्केर हेर्दा जहिले पनि छोडिआएको बाटोमा छोडिआएको बाटो भेट्छु । यदाकदा लाग्छ नी जे थियो हिजो थियो । आज पनि हिजोलाई हेरेर नै बाच्छु ।
फर्केर नहेर देखिने त केही रहेनछ । भोली कसले देखेको छ र ! आज को बाचेको छ र ! जे रहेछ हिजो नै रहेछ ।
No comments:
Post a Comment