Saturday, October 4, 2025

चुरा



हुन त छोरीमान्छेले चुराको कुरा गर्नु नौलो कुरा होला । तर मेरा लागि चुरा नौलो चिज हो । मैले चुरा कहिल्यै लगाएको थिइन । लगाउँन मन नलागेर वा लगाउँन नचाहेर पनि होइन । हुन त त्यस्तो समय पनि थियो जब म चुरालाई हेट पनि गर्थे । तर अब त्यो समय गुर्जि‘सकेको छ । कुनै समय बंगालि लेखक तसलिमा नर्सिनको ठूलो फ्यान बन्न पुगेकी मैले, उनलाई नै साक्षि राखेर सोच्ने गर्थे चुरा पोते श्रृगारले हामी सबैलाई बाध्न गर्छ । अर्को मनले भन्थ्यो अब म त्यसरी बाधिन चाहन्न । त्यस्तै त्यस्तै कुराले श्रृगार पनि आकर्षित कहिल्यै भैन ।

तर कता कता मनले कहिलेकाही अरुजस्तै छोरीमान्छे बन्न नचाहेको पनि होइन । तर चुरा नलगाउँनुमा यो सब कारण भन्दा पनि मेरो साइजको चुरा नपाउँनु प्रमुख थियो । चाहेर पनि मैले मेरो उमेरअनुसारको आफ्नो साइजको चिज कहिल्यै पाइन । आज पनि म जुत्ता क्ड्स् िसेक्सनबाट किन्छु । नर्मल पसलबाट कपडा र जुत्ता किन्न छोडेको बर्षौ भयो । म पसलेले कति साना गोडा कति पातलि तपाइको साइजको कहाँ हुँन्छ भनेको सुन्न सक्दिन । मलमा गएपछि मेरो साइजको छ वा छैन भन्ने झन्झटबाट मूक्त भैन्छ । चुराको केस पनि त्यही हो । मलाई कहिलेकाही अरुले लगाउँदा लगाउँन मन नलागेको पनि होइन । तर आफ्ना हात नर्मल मानिसका भन्दा साना भएकाले मेरो साइजको नपाउँनु प्रमुख कुरा थियो ।

यो महिना अनायासै एक पसलमा पुग्दा मैले मलाई मिल्ने चुरा भेटेँ । मलाई लगाउ लगाउ भयो । मैले एक दर्जन रातो चुरा हातमा लगाएर हिड्दा अनौठो अनुभूती भयो । मैले पहिलोपटक छोरीमान्छे मात्र भएझै महशुस गरेँ । बजार बजार हातभरी रातो चुरा लगाएर हिड्दा सबैले मलाई नै हेर्दैछन् कि भन्ने पनि लाग्यो । लाज पनि लाग्यो तर मन फूरुङ्ङ पनि भयो । बजारभरिका मानिसले आफैँलाई हेरेझैँ भयो । तर दुई दिन भन्दा बढी लगाउँन सकिँन ।

पतझर


मुड ठिक छैन । कसलाई भनुँ । सायद आफैँलाई ।  भन्नलाई पनि त कोही छैन । पिरियड हुन एक हप्ता बाकी छ । के यो पियमयस हो । अरुले परै जाओस् मुडले पनि मलाई साथ दिन छोडेको छ । इन्स्टा खोल्छु लेख्छु, “ भिडभन्दा पर एकान्तमा” साथमा फोटो याट्याच गर्छु भूइमा झरेका पातहरुको । कहिलेकाही लाग्छ म आफैँ पतझर हुँ । सायद म कसैको प्रभावमा पनि बहकिन सक्छु । वा हाँवासँगै उछिटिएर कतै झर्न सक्छु । वा कसैको पैतालाले नराम्ररी किच्चिन सक्छु । हुनसक्छ म यस्तै नै हुँ ।

हातमा ह्यान क्यानको “भेजिटेरिएन” छ । उपन्यासकी पात्र एकाएक साकाहारी भएपछि उसको लोग्ने एकाएक चिन्तित भएको छ । हुन त उ चिन्तित हुनुपर्ने कुनै कारण देख्दिन । मलाई लाग्दैन उसले कहिल्यै आफ्नी स्वास्नीलाई प्रेम गर्यो । उपन्यासले झन् मलाई रिसाहा बनाएको छ । लाग्दैछ किन छोरामान्छेहरु यति धेरै अप्रेमिल हुन्छन् ?  किन यति धेरै अमायालु हुन्छन् ? किन छोराीमान्छेको मिलेको शरीरलेमात्र उनीहरुलाई पगाल्छ । किन उसले बिनाप्रेम केही सिमित फाइदा हेरेर उसलाई बिहे गर्यो ? के उपन्यासकी नायिका प्रेमको हकदार थिइँन । के प्रेमको हकदार बन्न पनि तपाई अरुले सोचेझै भैदिनुपर्छ । मलाई किन किन लाग्दैछ म पनि त्यही नायिकाझै हुँ ।  

आफैँ देखेर रिस उठ्दैछ । भएभरका पुराना कथाहरुले फेरी पिरोल्दैछ । कहिलेकाही लाग्छ यी सबै बिर्सिदिउँ । बिर्सन सजिलो छैन । बिर्सिन्छु भन्दैमा बिर्सने हो र !  उसले मलाई प्रेम नगरेकोमा पछुतो छैन  ।  तर उसले मेरो बिनम्रतालाई नबुझेकोमा छ ।  मलाई आफू हुनुपर्नेभन्दा बढी अपोलोजेटिक भएकोमा पनि छ । उसले तँलाई कहिल्यै प्रेम गर्न सक्दिन भनेको दिन पनि मैले किन उसलाई सरी भने भनेर माफी मागेँ त्यसमा पछुतो छ । के मैले उसलाई प्रेम गर्नु पाप थियो ? सँगै यात्रा गर्न चाहनु पाप थियो ? थिएन, भने मैले किन माफी मागेँ ? के माफी मेरा लागि मात्र बनेको हो ? मलाई कहिलेकाही यी सबै कुराहरुले पोल्छ , जस्तोकि आज । लाग्दैछ म किन चाहिनेभन्दा बिनम्र हुन्छु ? के म अरुझै भैदिँदा हुँदैन ?

कथाको पाण्डुलिपि डेक्समा बसेको दुई बर्ष भैसकेको छ । तर प्रकाशकलाई पठाउँन सकेको छैन ।  यदाकदा त्यो कथाको पाण्डुलिपिले कतै उसलाई दुखी त बनाउँदैन भनेर सोच्छु पठाउँन सक्दिन  । मैले उसको खुसीलाई सम्झेर पाण्डुलीपी डेक्सटपमे राखिराखेको छु । तर म किन सधै उसको खुसीको बारेमा सोचुँ जसले मेरो खुसीको बारेमा कहिल्यै सोचेन भने । म पनि त उसले अस्विकार गरेपछिका कयौ रातहरु रोएर बिताएकी थिएँ । के उसले कहिल्यै ठिक छस् भनेर सोध्यो । के उसले मैले भनेका कुराहरुले तँ दुखी त छैनस् भनेर सोध्यो ? तर म किन उ बारे सोचिबसौ । हो मेरा कथाहरुमा उ पनि छ । तर मैले  तैँ मेरो पात्र होस् भनेर भनेको पनि त छैन ।  तर म उ झै बन्न सक्दिन त्यसैले दुखी छु ।

कहिलेकाही आफ्नै उदारताले दुखी बनाउँदो रहेछ । यूट्यूबमा केही भिडियोहरु हेर्छु सबैको एउटै सुझाब छ “गिब रेस्पेक्ट टु योर डिक्निटि” । के म आफ्नो आत्मासम्मान जोगाउँनको लागि अरु कोही झै बन्नुपर्ने हो । यदाकदा लाग्छ सबैझै नहुनुको ऋण तिर्दैछु । आमा चाहानुहुन्थ्यो छोरी आफूझै सरकारी जागिरे बनोस् । केटाकेटी बेलामा आफैँलाई पनि नलागेको होइन । तर जबदेखी अक्षरको प्रेममा परेँ मलाई कामका लागि गरिकएका कामहरु सब बेर्थ लाग्न थाल ेँ। सबैको नजरमा लहडी बनेँ । सोलोटार्भल भन्दै बनारस सम्म पुगेँ  । तर बाआमाले खोजेझै परिपक्क बनिँन । आज पनि मेरा किताब ठेलीहरुले परिवारलाई सुखी भन्दा दुखी बनाउँछ । मैले पढेकोमा लेखेकोमा उहाँलाई खुसी भन्दा दुखी बनाउँछ ।

कहिलेकाही  लाग्छ छोरी हुनुको अनौठा मूल्यहरु चुकाउँदैछु । त्यो भन्दा बढी आफूजस्तै हुनुको मूल्य चुकाउँदैछु । यदाकदा लाग्छ बेप्रवाह कुनै बिरानो मुलुकमा छिरिदिउँ । तर डेक्सटपमा रुमलिएका पाण्डुलिपिहरुले रोक्छन् । जति नै बिरक्तिएपनि म कथाका पाण्डुलिपिहरुलाई बेप्रबाह मिल्काउँन सक्दिन ।  इन्स्टाको भर्खरको पोस्ट हेरेर कोही नयाँ मानिसको म्यासेज आएको छ । तर किनकिन म रिप्लाई गर्ने मूडमा छैन । दुईचार दिन अचम्मै गरेझै गर्नेहरु केही समयपछि परपर भागेको दुष्टान्तहरु छन् । आजकल लाग्छ नजिकिनु ब्यर्थ हो । म यूफोरियाले पुलकित हुन चाहन्न । किनकिन एक्लोपनले मलाई धेरै दिएको छ ।  धेरै  साहस दिएको छ । आफूजस्ते बन्ने स्वतन्त्रता दिएको छ । म खुसी भएको समयमा लेख्न सक्दिन । बिना पिडा लेख्न गाह्रो छ । त्यसैले मलाई म दुखी भएको त्यस्तो केही लाग्दैन । वा भनौ म आफ्नो भागको निराशासँग सन्तुष्ट छु ।

केही दिनका लागि पर कहि जान चाहन्छु एक्लै । एक्लोपनले अनौठो साहस दिन्छ । यस्तो लाग्छ,  आफ्नै पदचापहरुले आफैलाई बोलाउँदैछन् । मलाई यदाकदा लाग्छ मेरा कथाहरुले यिनै यात्राहरु हुन् । शब्दले गरेका यात्राहरु । शब्दमा यात्रा गर्न सजिलो छ पनि छैन पनि । कहिलेकाही पात्रहरुले आफ्नै यात्रा रोज्छन् जस्तो कि आज । म चाहन्नथेँ उ आफ्नो मरिसकेको अप्रेमिल लोग्नेलाई सम्झेर नरोओस् तर उ रुन्छे । म शब्दहरुलाई रोक्न सक्दिन । म पनि उसँगै  रोइदिन्छु । सायद ह्यान क्यानबाट पनि  त्यही भयो । उसले अप्रेमील लोग्नेलाई प्रेम गर्नबाट रोक्न सकिन । सायँद यो हामी महिलाहरुको समस्या हो हामी कठोरतामा पनि कोमलता खोज्छौ । म बाट कयौ पटक त्यस्ता गल्तिहरु भएका छन् ।

कथाको पाण्डुलिपिलाई बोकेर हिड्नु गह्रौ छाती बोकेर हिड्नु हो । अप्रकाशित कथाहरुले कहिलेकाही रुवाउँछन् । यदाकदा मलाई  लाग्छ मैले कथाहरुमा  मझै लाग्ने अनेकौलाई बोकेर हिडेकी छु । छोडिजानेको खोपलाई बोक्नुभन्दा गाह्रो त लेख्नेहरुको पिडालाई बोक्नु रहेछ । म चाहेर पनि प्रेमिल कथाहरु लेख्न सक्दिन । मेरा कथाका नायक नायिकाहरु  बिरलै एक हुन्छन् । छोडिजाने बेलामा नायक रुदेँन । नायिका नरोएझै गरेँपनि रुन्छे । यस्तो लाग्छ मैले आफैँलाई लेख्दैछु ।

हुन त प्रेमको कथा लेख्न पनि प्रेमलाई भोग्नुपर्ने रहेछ । बर्षौ अस्विकृति र एकाङ्कीका पानाहरु छिचोलेर यहासम्म त आइपुगेँ तर अघि बढ्ने बाटो पनि अध्यारै देख्छु । मैले शब्दमा बियोग मात्र लेख्ने रहेछु । वा यो मेरो रोजाई हो । सायद म यस्तै चाहन्छु । मैले हिडेको बाटो मेरो आफ्नो हो । के म आफ्नो भोगाइलाई सर्बमान्य हो भन्न सक्छु कदापी सक्दिन । तर पनि यो मेरो भोगाइ हो म यस्लाई खेस्रा पानाझै फाल्न सक्दिन ।

यी सब सोच्दा सोच्दै अघिको इन्स्टाको म्यासेज खोल्छु, 

हाइ,

लेख्नेहरुले फोटो पनि सँगै पोस्ट गर्दा अनौठो लाग्दो रहेछ । तर तपाईको फोटोले तपाईको लेखाईलाई दोहोरिरहने क्लिसेझै बनाइदिएको छ । कृपया  सक्नुहुन्छ भने केही प्रेमिल लेख्नुस् । 

– धुमिलता मननपराउँने मान्छे .............................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................

कृपया तलको बाकी स्पेस आफैँले भर्नुहाला ......पूर्ण कथाको खोजीमा । कथाकारको भोली जन्मदिन भएकाले उसको अपूर्ण जन्मदिनको लागि अपूर्ण कथा लेखेकी हो । कथालाई पूर्णता दिनेकोहीसँग कथाकार कफिडेटमा जान पनि सक्नेछ .....

उही पतझर

Monday, September 22, 2025

एक झरी : एक बिहान

    रातभर पानी पर्यो । मस्तले निदाएँ । महिनौ थन्किएको सिरकले साथ दियो । राती ब्राह बजे झरीलाई एक टक हेरेँ । एक कप कालो कफी पिएँ । मानव कौलको किताब पतझडको केही पानहरु पढेँ । किताबको पात्र आफैँलाई बिर्सन कोपनहेगनमा रुमलिएको छ । उसको रुमलिनु लोभलाग्दो छ । उ बिएर पिउँछ । म चाहेर पनि कोठामा अरुले देख्ने गरी बिएरका बोतलहरु ल्याउँन सक्दिन । म बिएर साटो कफी पिइदिन्छु । तर मात्तिन मन मलाई पनि नलागेको होइन । किताबको मुडसँगै मस्त निदाइदिन्छु ।

बिहान उठ्दा पनि झरी त्यस्तै छ । मस्त झरी । झरीलाई एकलट हेरेपछि फेरी अर्को एक कप कफी पिउँछु । त्यही कालो कफी । उही किताब । किताबको पात्र आफ्नी श्रीमतीले एकाएक छोडेको बिक्षिप्त छ । मनलाई टहलाउँन कोपनहेगन पुगेको छ । मन त मेरो पनि बिक्षिप्त नै छ । तर कोपनहेगन जान सक्ने मेरो हैसिएत छैन । दुखी हुनलाई सजिलो छ झरीले साथ दिएको छ । झरीसँगै रोइदिन सक्छु । फेरी कफी छोडेर चिया पिउँछु । चियाले शान्ती दिन्छ । कफीझै चाहेको बेला छोड्न र फेरी सुरु गर्न म चियासँग सक्दिन । चिया मेरो पहिलो प्रेमी हो । उसलाई म सधैँ प्रेम गरीरहन सक्छु ।

बर्षौपछि ऋषवको फोन आउँछ । मलाई लागेको थिएन यत्रो समयपछि कोही अन्जानलेझै उसको फोनले मेरो ठेगाना खोज्नेछ । थाहा छ, करिब महिनादिन अघि उसको बिहे भयो । तर मन हो कताकता बिझेको थियो । किनकिन उसको बिहेको खबर थाहा पाएको दिन म खुसी हुन सकिन । मनमा कताकता चसक्क भयो । आँखाबाट आँशुझै केही बग्यो ।

एक मनले त भनेको थियो हाम्रो सम्बन्ध साथीबाट सुरु भएर साथी मै गएर अन्त्य भएको त हो ।  साथीभन्दा माथि कहिले पो उठ्यो र उसले साथी सम्झेर बोलाउँनेछ । तर उसले साथी नै सम्झे पनि म उसको बिहेमा जान सक्दिैनथेँ । उसको निमन्त्रणलाई मेरो मनले सजिलै स्विकार्न सक्दैन यो सत्य हो । तर मनले कताकता उसको निम्तो मागेको थियो । आएन गुनासो त छ । र सधैँ रहिरहनेछ । वा सधैँ एक मनमा बिझाउँने कारण बनिरहनेछ ।

उसलाई मैले टियूको घडिभवन अगाडी पहिलोपटक देखेको थिएँ । खोइ किन थाहा छैन तर पहिलोपटक देख्दा नै मलाई उ याद थियो । केही पछि क्लासमेट रहेछ भन्ने थाहा भयो । उ देब्रे पट्टिको लाइनमा बस्थ्यो म दाहिने । कहिलेकाही आँखा पनि जुध्ने गथ्र्यो । एक सेमिस्टर त्यसरीनै सिद्घियो । अर्को सेमिस्टरको पिकनिकपछि हामी साथी जस्ता भयौ । त्यो पटक हामी नगरकोट पिकनिक गएका थियौ ।  म पिकनिक जाने मूडमा थिइन तर उसकै कारण पिकनिक गएको थिएँ । पिकनिक गएको दिन पुसको चिसो दिन थियो । खोइ किन त्यो चिसो दिन पनि मलाई तातो लाग्यो । पिकनिक पछि अझ हामी नजिक भयौ । यस्तो नजिक जसलाई साथी मात्र भनेर भन्न गाह्रो थियो । सँगै नाटक हेर्न गएका, किताब मेलामा गएका दिनहरु आज पनि म सम्झन्छु । 

मलाई त्यो पिकनिक पछि सधैँ किन उ प्रेमी  झै लाग्यो ? दिनदिनै आउँने उसका म्यासेजहरु किन प्रेमका म्यासेजझै लागे ? तर सत्य यहि हो उसले मलाई कहिल्यै प्रेम गर्छु भनेन । मैले बोरु दुईपटक भने । वा भनौ पटकपटक भनेँ ।

पहिलोपटक “ ऋषव, आइ थिङ्क आइ एम इन लभ विथ यू, आइ कान्ट थिङ्क यू वोन्ली फ्रेन्ड” । त्यो पनि कामेको श्वरमा डराइ डराइ । भनौ कि नभनौ भनी भनी । तर उसले हाँसेको इमोजी पठाएको थियो । र कहिल्यै साथी भन्दा माथी सोच्न नसक्ने बताएको थियो । त्यही भन्दा पनि मलाई किन लागिरह्यो उसले मलाई प्रेम गर्छ । तर उ मसँग साथी झै कहिलेकाही मात्र बोल्थेन । दिनौ किन उसको म्यासेज र फोन आउँथ्यो । किन राती ब्राह बजे आउँने उसको म्यासेजले मलाई बिउँझ्याउँथ्यो ? किन म उसको फोनको प्रतिक्षामा रहन्थेँ ? किन उ प्रेमीझैँ रिसाएर आफ्नो हक खोज्थ्यो ?

खोइ थाहा छैन, उसले के सोच्थ्यो । एउट क्लासमा पढ्ने हामी साथिहरुकै बिचमा पनि साथि मात्र जस्तो कहिल्यै लागेन । साँझको क्लास भ्याएपछि किन उ सधैँ मलाई पुर्याउँन आउथ्यो । सबैभन्दा पहिले किन उसको टमपेपर मेरो इनबक्समा आइपुग्थ्यो ? किन उ अरुका अगाडी मसँग कम र अरु नभएको बेला ज्यादा बोल्थ्यो ? यसरी छ बर्ष बिते । हामीले सँगै मास्टर्स भ्यायौ । उ सरकारी जागिरे भयो । म कलेज पठाउँन थाले । तर सम्बन्ध साथिको जस्तो मात्र कहिल्यै थिएन । मेरो मनले सधै उसलाई साथि भन्दा माथि सोच्यो । कहिलेकाही केही कुरा भन्छुनी नरिसाउ है भन्दा पनि मुटु ठुकठुक हन्थ्यो । उसले साथी मात्र हौ भन्यो तर किनकिन साथीमात्र जस्तो गरेन । पाँच बर्षपछि फेरी दोस्रोपटक मैले कामेको श्वरमा सोधेँ । उसले फेरी पनि साथीमात्र हौँ भन्यो । उसले सँगै म जस्तो छु र देखिन्छु उसको कपको कफि होइन भनेर पनि सजिलै भनिदियो । त्यो दिन र रात दुखद् थियो । त्यो दिन र रातभर झरी पर्यो । मैले मेरा आशुहरुलाई झरीस्ाँगै सजिलै लुकाइदिएँ । उसलाई धन्यवाद भने र पछिल्ला दिनहरुमा जसरी म मेरा साथीहरुसँग संवादमा रहन्छु त्यस्तै सम्वादमा उसँग पनि रहने बाचा आफैँसँग गरेँ । त्यो दिन सम्झदा आज पनि म आशू झार्छु ।

त्यसपछि म साथीझै मात्र भैदिएँ । पहिलेझै बोल्न चाहेर पनि बोलिन । म उसले चाहेको जस्तो मानिस होइन भनेपछि पनि  सधैँ आफ्नोभैे ठानिराखेँ भने म आफैँ बिथोलिनुको बिकल्प थिएन । उसको बाटो उसको थियो । मेरो बाटो मेरो थियो । उसले त्यो भनेको रातभर भैले ह्यान क्यानको भेजिटेरिएन पढेँ । र झरी परेको रात उसकी पात्रसँगै राइदिएँ । सायद उ जस्तै मसँग अस्विकृति र अप्रेमको अर्को कथा थियो । असारको महिना थियो रातभर झरी रोकिएन । नरोकिएको झरीले रुने स्वतन्त्रता दियो ।

बर्षौसम्म साथीमात्र भनेर पनि साथीमात्र नरहेका हामी अन्तत कहि कतै भेट्दा हाइ हेल्लो भन्ने साथी मात्र बन्यौ । कोही अन्जानलाई बाटोमा भेट्दा जसरी मुस्कुराउँछौ त्यसरी मुस्कुरायौ । केही महिना अघि एक बिहान अचानक हामी साथीहरुको ह्वाट्स याप गुप्रमा म्यासेज आयो फोटोसहित । फोटो उसको इनगेजमेन्टको थियो । सबैले बधाइ दिएँ मैले पनि दिएँ । तर आशा  थियो, छ बर्षको संगतको ,त्यही स्ांगतको नाता पनि उसको एक कल फोनको थियो । तर आएन । 

तर आज एकाबिहाने उसको फोन आएको छ ।  एक मन भन्छ नउठाउँ । अर्को मन भन्छ उठाउँ । मैले उसको फोन उठाएँ । कामेको श्वरमा मैले “हेल्लो” भने उसले “के छ ?”  भन्यो । मैले ठिकै छ भने । किन बिहेमा बोलाएनौ भन्न मन लागेन । भनिन । उसले मेरो चिना पठाउँ भन्यो । मेले किन भने । तिम्रो लागि एउटा केटा ठिक हुन्छ कि भनेर उसले भन्यो । मैले थप बोल्न सकिन । कामेको श्वरमा म बिहे गर्ने मुडमा छैन मैले भनिदिएँ । उसले गर्नुपर्छ भन्यो । मैले केही नभनी फोन काटीदिएँ फोनमा तप्प आशु झर्यो ।

खोइ किन उसले फोन गर्नुको कारणलाई बुझ्न सक्ने मुडमा म छैन । यती हो यो झरीसँगै मैले मेरा आशुहरुलाई पनि झारिरहेछु । यति हो कुनै दिन लागेको थियो हामी सधैँको लागि एक हौ । कुनै अर्को दिन लागेको थियो उसले मलाई मैलेझैँ प्रेम गर्छ । तर ठिक उल्टो भयो । कुनै अर्को दिन उसले उ मेरो रोजाइको र रोजाइ बन्न लायक नभएको बताइदियो । आशु त त्यो दिन पनि झरेको थियो । आशु त आज पनि झरेको छ । यतिका बर्षमा फेरी उसलाई किन लाग्यो मलाई कोही चाहिन्छ । म समयको यो अनौठो बहाबहरसँगै बहकिएको छु । बिहानैको फोन कलले मेरो बिहानीलाई फेरी अर्कोपटक झरीमय बनाएको छ ।

किताब पल्टाउँछु किताबको पात्र मजस्तै बहकिएको छ । उ बेखबर छ उसकी श्रीमतीले उसलाई एकाएक किन छाडि भनेर । तर मनमनै आफैँलाई माथी राख्न उ सोच्छ यो उसको गल्ति होइन । उ सोच्छ – उसकी श्रीमती अरु कसैको प्रेममा थी त्यसैले यस्तो भयो । उ आफ्नो चित्त बुझाउँन भन्छ वा भनौ  तर त्यो नहुन पनि सक्छ । बस् उसलाई आफ्नो कारणले श्रीमतीले छोडेकी होइन भनेर प्रमाणित गर्नु छ । उ आफ्नो गल्तिलाई केलाउँन तयार छैन । बस् उ भन्न चाहन्छ उ सही छ । त्यसैले कुनै अन्जान सहरमा अन्जान मानिसहरुसँग बहकिएको छ । तर अन्जान सहरमा पनि परिचित भएर हिड्न सक्दैन ।

म आफैँलाई पनि उसैको नजिक भेटिरहेछु । मलाई पनि किन किन लाग्छ म सही थिएँ । उ गलत थियो । मैले प्रेम गरे उसले गरेझै गरेर पनि गर्न सकेन । म जस्तो दखिन्छु त्यसको कारण मलाई स्विकारेन । म पनि आफैँलाई सहि प्रमाणित गर्न आफ्नो अन्धोपनको, एकोहोरो प्रेमको साहरा लिदैछु । म आफैँलाई भन्न सक्दिन सबै साथित्व प्रेममा गएर अन्त्य हुँदैन । उ जस्तै म पनि आफूलाई नाङ्गो बनाएर केलाउन तयार छैन । बस् मलाई आज पनि मैले प्रेमको बदला प्रेम पाउँन सकिन भन्ने लागछ । त्यो प्रेम थियो वा थिएन मलाई थाहा छैन 

कथा यही हो । झरी पनि यही हो । झरीस्ाँगै बगेका आशु पनि यही हुन् । यो कथा कसरी टुङ्गििनेछ मलाई थाहा छैन ................... बस् कामना छ दिनभर पानी परोस् ।

Tuesday, September 16, 2025

रगत अर्थात रातो


यो कथा सबैका लागि जसले हरेक महिना मरेझै अनुभूत गर्छन् । 

यो पिरियड टक हो । यतिका बर्ष चाहेर पनि गर्न नसकेको पिरियड टक । तेह्र बर्ष हुँदा पहिलोपटक पेन्टीमा रगत देखेको थिएँ । ममिलाई भने नछुनि भैस् भन्नुभयो । दुई हात पुरानो आफ्नो पुरानो फरियाको टुक्रो दिनुभयो । मलाई त्यो परियाको टुक्रो लागि पेन्टिमा राख्ने थाहा थिएन । पहिलोपटक ममिलेनै सिकाइदिनु भयो । त्यो सुरुवात थियो त्यो दिन देखीआजसम्म मैले आफ्नो स्मुथ पिरियड देखेकी छैन ।

आज पनि काममा जान सकिन । किनकी त्यो दिनझै आज पनि पेन्टिमा रगत देखिएको छ । हरेक महिना त्यो सहननसक्ने पेट दुखाइ, बमिट, लुज मोसन बिथ बडी पेन इज अल एबाउट माइ पिरियड । एक पटक पिरियड लिभको खबर आएको थियो सबैभन्दा खुसी म नै थिएँ ।  सबैभन्दा कठिन अनौठो दुखाइलाई केही होइन झै गरेको कयौ बर्ष भो । पेट दुखी दुखी पढ्न गएको । पेट दुखी दुखी पढाउँन गएको । कहिले ओभर डोज औषधि खाएको । कहिलेकाही रुँदै म मर्छु भनेर ममिलाई फोन गरेको ।  


Friday, August 22, 2025

कागज


के पानाहरु खाली छोडिदिउँ कविता अघिको कागज झै । यो बिरक्ति होइन । निसारता पनि होइन । थाहा छैन यो के हो । ब्यक्त गर्न जति सजिलो छैन तर बिना कुनै अभिब्यक्ति  बाच्न  पनि त गाह्रो छ । 

इस्परेन्जा आएकी छ सपनामा । उ चाहन्छे उ झै म पनि मेरो आफ्नो नामाकरण आफैँ गरु । हुन त म पनि उ झै बन्न चाहन्थेँ । उ सान्द्रा सिस्नेरोजको भूगोलबाट मेरो आगनमा आइपुगेकी म थिइ । पहिलोपटक उस्लाई भेट्दा लागेको थियो उ म नै हो । फरक यति हो उसको झै मेरो कपाल कुच्चो जस्तो छैन ।  उ झै म पनि कुनै दिन आफ्ना कथाका किताबहरु बोकेर पर भाग्न चाहन्थे र फेरी फर्कन चाहन्थे ।  तर त्यस्तो भएन म मेरा कथाहरुलाई बोकेर कही हिड्न सकिन । मेरा कथाहरु कहि कतै मेरो ल्यापटपको किबोडहरुमा चिप्किराखे जसरी रुखहरु जमिनमा चिप्कन्छन् । म कथा बोकेर कहि कतै पर भाग्न चाहन्थेँ । खै किन मैले भाग्ने भुगोल भेटिन ।

प्रिय स्परेन्जा, सपनामा तिमी आउनु नौलो होइन । तर तिमी किन आयौ भन्ने कुराले यदाकदा मलाई झस्काउँने गर्छ । म कथाका किताबहरु बोकेर कहि कतै पर भुगोलमा अरु कुनै कथा खोज्न म जान सकिन । मलाई थाहा थियो मसँग त जन्मदै मस्र्याङ्दीको धुन थियो र साथमा किनारा पनि थियो । मसँग बग्ने डुब्ने दुबै स्वतन्त्रता थियो । मस्र्याङ्दीले मलाई भाषा र लय दुबै दिएको थियो । तर नदिको भाषा बुझ्न पनि नदिभन्दा पर पुग्नु पर्ने रहेछ । बिना दुरी त आफैँलाई पनि नदेखिदो रहेछ ।

तिमी झै थाहा छैन कुनै आफैँलाई खोज्दै निस्कनेछु र आफूलाई भेट्ने छु वा छैन । नभेटिएकी आफूलाई खोज्न खै कहाँ धाउँनेछु । सायद तिमीलेझै लेख्नेछु अनि लेखेकोमा लाज मान्नेछैन । कुनै दिन तिम्रा पानाहरु कहि कतै तिमीले भनेकी थियौ “सेम इज ब्याड यू नो” । सायद कुनै दिन मैले पनि आफूले आफैँलाई यही भन्नेछु । 

  तर थाहा छैन किन तिमी सपनामा आएर गएको दिन मलाई सधै लाग्छ  मैले आफैलाई भेटेँ । यो यत्रो दुनियामा आफूझै लाग्ने तिमीझै अरु कोही भेटेकी छैन । कथाहरु बोकेर कही कतै भाग्ने फेरी आफ्नो झै लाग्ने हामी दुबैका सपनाहरु हुन् । मैले पुरा गरे तिम्रो हुनेछ । तिमीले पुरा गरे मेरो हुनेछ । अनि   कसैले नि पुरा नगरे थाहा छैन हाम्रा सपनाहर अरु कसको हुनेछ वा छैन । 

२०२५–८– २२

आज फेरी सपनामा तिमीलाई देखेँ । तिमीलाई देख्नु नौलो होइन तर तिमीलाई देखेको दिन म सधै दुखी हुन्छु । आफ्नो भुगोलले पोल्छ । आफ्नो वरीपरीको समाजले पनि पोल्छ । तँ केही होइनस् र थिइनस् भनेर छोडीजानेको बचनले पनि पोल्छ । कथा बनेर गएको उसले अमिलो बर्हिगमनले पनि पोल्छ । 

दिनभर पानि पर्यो । खोइ किन यो मुसलधारे पानीले म भित्रको आगोेलाई सान्त पार्न सकेन । बादलझै उड्न मन लाग्यो । कहिलेकाही त बादल होइन बतासनै भैदिउँ झै पनि लाग्छ । क्रोध छ । बर्षौदेखी खोइ कता गुम्सिएर बसेको छ । तिमीझै म पनि आफ्नो नाम आफैँ बनाउँन चाहन्थेँ । तिमीलाई झै मलाई पनि त धेरैले यस्ती छ कस्ताले लैजाले भने । कसेले नलग्ने हुनु अथवा मानिस नै भएर पनि बजारझै बिक्री हुँदिस् भनिदिनुको क्रोध त छ नि । त्यही बजार झै नहुनुको बिम्बमा तिमीझै म पनि अटाउँछु । खोइ किन जहाँ छु त्यहाँ म छैन भन्ने पनि लाग्छ । अटाउदिन भन्ने पनि लाग्छ ।  

कहिलेकाही त लाग्छ नि कति लुकेर बाच्नु । कति पात्र भएर आफैँलाई आख्यानझै हेर्नु । मलाई त आज पनि लाग्छ म मानिस कम र पात्र बढी हुँ । कहिलेकाही लाग्दैन किन मानकहरु हाम्रा लागि मात्र अड्चन बने । के हामी बनिबनाएका मानक बिनाका केही होइनौ र ? प्रश्न त सधैँ गर्छ नि मनले । चिच्याएर हिड्न पो सकिँदैन ।

म कथाको खोल ओडेर अक्षरमा झै स्वपनिल बनिरहन सक्दिन । प्रिय स्परेन्जा, किन हामीलाई मान्छेझे गर्दैन समाज । नअट्नुको पिडा त हुन्छ नि । कहिलेकाही तिमीलाई झै मलाई पनि मानिसहरु भनिदिन्छन् – तिम्रा कथाहरुले तिमीलाई पर लग्नेछ । तर मान्छेझै बाच्ननै नदिइकन पर लग्नुको के महत्व । कहिलेकाही त मलाई म जे थिएँ त्यो सबै च्यातिदिउँ जस्तो लाग्छ । यो झरीमा झरीझै लेखेका शब्दहरुमा मानिसहरु सुन्दरता देख्छन् । मलाई सुन्दर भन्ने शब्द नै मन पर्दैन । सक्थे भने त म शब्दकोशबाट नै त्यो शब्द च्यातिदिने थिएँ । 

यो चिच्याहटमा यी शब्दहरु कोरीरहेछु । यो कुनै बिद्रुप चित्र हो । म भित्र आगो छ थाहा  छैन कुनै दिन त्यही आगोले म जल्न पनि सक्छु । जले भने मसँगै मेरा कथाका पाण्डुल्पििहरु पनिजल्नेछन् । तर म नरहेपछि मेरा कथाहरुको के महत्व  ?बाज्न नदिने यो संसारभित्र बाचेझै गरेर लेखेका यी शब्दहरुको के महत्व ?

आकाशमुखी ः बान्की बान्कीका निबन्धको लयवद्घ यात्रा

 



कक्षाकोठा र परिक्षा हलमा बाहेक निबन्धका प्रकार यसको शिल्पको बिषयमा बिरलै छलफल हुने गर्छ । बिधागत रुपमा अल्लि रुखो जस्तो लाग्ने निबन्धको आफ्नै खासियत र बिशेषता बारे मोहन मैनालीको पछिल्लो अनुवादकृति आकाशमुखीले नेपाली पाठकहरुलाई अल्लि नजिकबाट हेर्ने सुअबसर दिएको छ । अनुवाद आफैमा सहज काम पक्कै होइन । स्रोत भाषाबाट लक्षित भाषाको यात्रा अनुवाद यात्रा हा े।  अनुवाद यात्रा एक कठोर शाहसिक यात्रा हो, यात्राका आफ्नै कठिनाहरु सधै हुने गर्छन् । तर मोहन मैनालीको गरेको यो अनुवाद यात्रा एक पाठकको दृष्टिमा मनमोहक  र साहसिक दुवै लाग्छ ।

अमेरिकी लेखक एडवार्ड होगल्यान्डले आफ्नो निबन्ध, “ह्वाट आइ थिङ्क, ह्वाट आइ एम” मा भनेका छन्, बैयक्तिक निबन्ध त मान्छेको सुमधुर बोली जस्तो हो, यसले मानिसको विचारको प्राकृतिक लयलाई लिपिबद्घ गर्छ र यसलाई छोटा कथाहरु भन्दा बिक्रि गर्न कता हो कता सहज हुन्छ  ।” उनले अभिब्यक्तिले निबन्धको शक्ति र यसको बृहततालाई जनाउँछ । तर सामान्यतया निबन्धको ब्यापकता र यसको शक्तिबारे हामी कम जानकार हौ कि भन्ने सधै महसुस हुन्छ । एकेडेमिया बाहेक निबन्ध लेखन र पठनमा नेपाली साहित्य जगत अल्लि पछाडी हो की भन्ने प्रश्नको उत्तर अब यस पुस्तकले अबस्य दिनेछ ।

बिभिन्न समयका निबन्ध लेखनमा सिद्घहस्त दस लेखकका दस निबन्धले जीवन, जगत, शिक्षा, पढन र लेखनबारे आ–आफ्नै दृष्टिकोणहरु ब्यक्त गर्छन् । फान्सिस बेकन देखि लिएर अल्दस हक्स्ले सम्म आइपुग्दा पुस्तकले हामीलाई करिब चार सय बर्षको यात्रा गराउँछ । रेनेसाबाट सुरु भएको यात्रा हक्स्ले सम्म आइपुग्दा हामी उत्तर–औपनिवेशमा प्रवेश गर्दछौ । पुस्तकले हामीलाई बिभिन्न समयका  निबन्ध लेखनका विषय र शिल्प मात्र नभएर फरक समयका विचारसँग पनि परिचिति गराउँछ ।

जसले नयाँ विचारमा विस्वास गर्छ उसलाई रेनेसा म्यान वा उमन भन्ने गरिन्छ । रेनेसालाई कला, संस्कृति र साहित्यको उर्वर समयमात्र नभएर आधुनितकता पहिलो खुट्किलो पनि मानिन्छ । त्यहि समयका रेनेसा म्यान बेकनको निबन्धले पढाईको बिरोधाभाषलाई नेपाली पाठकमाझ पत्रपत्र केल्याइदिन्छ । बेकन भन्छन्, “ पढाइमा अति धेरै समय बिनाउनु भनेको अल्छि हुनु हो । पढाईलाई आभूषणको रुपमा अति धेरै उपयोग गर्नु भनेको ढोङ हो । किताबी ज्ञानको भरमा मात्रै कुनै कुराको विवेचना गर्नु विद्वताको उपहास हो ।” भर्खरै प्रिन्टिक प्रेसको अबिस्कार भएर पढ्ने लेख्ने संस्कृतिको बिकास भएको समयमा उनले दिएको अभिब्यक्ति पक्कै पनि सर्वमान्य थिएन । उनको निबन्धमा त उनकै अभिब्यक्ति बिच पनि बिरोधाभाष भेटिन्छ । उनी भन्छन्, “कुनै कुराको महत्व नबुझी अर्काको खण्डन  र बिरोध गर्ने उद्वेश्य लिएर नपढ । अन्धधुन्ध बिश्वास गर्न पनि नपढ । कुरा गर्न र बहस गर्ने मसला पाउँने उद्वेश्य लिएर पनि नपढ । आफ्नो रुचिको बिषयको समिक्षा गर्न र त्यसलाई विचार गर्नका लागि पढ ।” कसरी पढ्ने र किन पढ्ने जस्ता अमूत प्रश्नको उत्तर दिने उक्त निबन्धको अनुवादले करिब चार सय अघिको विचार आज पनि किन सान्र्दभिक भयो भन्ने उत्सुतालाई अझ बढाउने काम गर्छ ।

हजार दुईहजार शब्दका निबन्धलाई लामो निबन्ध ठान्ने हामी नेपालीलाई पुस्तकमा अनुदित भर्जिनिया उल्फको निवन्ध “ अ रुम अफ वान्स ओन” ले अर्को झड्का दिन्छ । उल्फको अंग्रेजी निबन्धलाई नेपालीमा अनुवाद गर्न खोज्नु आफैँमा एक दुष्साहस हो । एउटा भाषाको उच्चतम प्रयोगलाई अर्को भाषामा रुपान्तरण गर्न सहज पक्कै थिएन । तर मैनालीले त्यो असहजतालाई सहजतामा बदलेका छन् । पाठकको रुपमा उनको यो काम अझ धेरै प्रशम्सनीय लाग्छ । तथापी निबन्ध भित्रका कतिपय कविताको अनुवाद पठ्दा सुन्दर भन्दा पनि अल्लि अमिल्दो महसुस हुन्छ । कविताको नेपालीकरणमा लेखक चुकेजस्तो लाग्छ ।

के पढ्ने कसरी पढ्नेवारे यदाकदा छलफल भए पनि लेखाइबारे कम नै छलफल भएका छन् । पुस्तकमा समेटिएको बेन जोनसोनको निबन्धले लेखाइबारेका धेरै भर्महरुलाई तोडिदिन्छ । लेख्न किन पढ्नुपर्छ र कसरी लेख्नुपर्छ भन्नेकुरालाई निबन्धले जोड दिन्छ । अग्रेजी कवि तथा नाटककार बेनजोनसनले यति सुन्दर, सरल र छोटो निबन्ध करिब पाँच बर्ष अघि लेखेका रहेछन् भन्नेकुराले म जस्ता धेरै पाठकलाई अचम्मित अवस्य बनाउँछ । तर उनको यो निबन्धलाई अनुवाद गरेर मोहन मैनालीले लेखक बन्ने सपना बोकेर हिडेका धेरैलाई मार्गदर्शन गर्न सहयोग गरेका छन् ।

पुस्तकको सबैभन्दा प्रभावशाली निबन्ध बुकर टि बाशिङ्टन को निबन्धलाई मान्न सकिन्छ । ब्यक्तिगत निबन्ध भएका कारणले पनि यसले धेरैलाई छुन्छ । पढ्नको लागि उनले गरको संघर्षले पढाइको महत्व र पढाई प्रतिको उनको लगावले निबन्ध अझ प्रेरणादायी बनेको छ । पढेर के नै हुन्छ र  भनेर बुझ्ने अहिलेका पुस्ताका लागि यो निबन्ध अझ बढी सान्दर्भिक बन्नेछ । 

सर रिचर्ड लिभिङस्टोनको निबन्धले हामीलाई किन बढ्ने भन्ने कुरा सिकाउँछ । पढ्नु भनेको कक्षाकोठामा गएर केही सिक्नु र परिक्षामा पास हुनुभन्दा धेरै गहिरो र बृहत चिज हो भन्ने कुरा उनको निबन्धले भन्छ । उनी भन्छन्, “हामीले शिक्षाको वास्तविक लक्ष्य थाहा पाएर हाम्रो शिक्षालाई त्यहीअनुरुप हाँक्नुपर्छ ।” त्यसैगरी उनी थप्छन् शिक्षित ब्यक्तिले साहित्य, कला, बास्तुकला र सङ्गीत जस्ता मानव सिर्जनशिलतालाई राम्रोसँग बुझ्नुपर्छ । 

एक पूर्व सैनिकले पहाडहरु माथि गरेको रुमानी ब्याख्याले  सर फ्रान्सिस योङहस्बेन्डको निबन्ध “बहुमूल्य पर्वतराज कञ्चनजङ्घा” लाई अझ बिशेष बनाएको छ । उनको यो निबन्धले बर्णनान्मक निबन्धको शक्ति र शिल्यको मिठो यात्रा गराउँछ । निबन्ध पढ्दा यात्रा गरेझै लाग्छ । यो निबन्ध निबन्धकारले गराएको हिमाली यात्रा हो ।

जर्ज बर्नार्ड शअ बारे धेरै बोल्नु नर्पला तर उनको निबन्ध स्वतन्त्रताले मानव जीवनको अस्वतन्त्रता बारे खुलेर बोल्छ । उनी भन्छन् मानिस पूर्ण रुपमा स्वतन्त्र प्राणी होइन ।  पूर्ण स्वतन्त्र बन्न्न नसके पनि आशिंक रुपमा भनेपनि कसरी स्वतन्त्र बन्ने भन्नेबारे उनको निबन्धले खुलेर बोल्छ । अब कुरा गरौ  जे.बी.एस हल्देनको र उनको निबन्धको । कक्षा ११ को अंग्रजी पुस्तकमा पनि समाबेश गरीएको उनको  निबन्ध, “ यत्ति भए पुग्छ त”  मेरो लागि सबैभन्दा परीचित निबन्ध हो । हामीले आफ्ना चाहनाहरुलाई कसरी सिमित गर्ने र जीवनमा आफ्ना रोजाइहरुलाई कसरी निर्देशित गर्ने भन्न्ो बारे यस निबन्धले राम्रो पाठ सिकाउँछ । मानवतावादी उनका विचारहरुले उनको निबन्धलाई थप बिशेष बनाएको छ ।

साइमन द मेस्थको निबन्धले बन्द कोठाभित्रको स्वतन्त्र बिचरणमा हामीलाई लग्छ । बन्द कोठाभित्रको त्यो स्वतन्त्र यात्राले हामीलाई एकान्तको बृहत्तर संसारमा पुर्याउँछ । “मनचिन्ते यात्रा” शिर्षक दिइएको उक्त निबन्धले हामीलाई विचार र दर्शनको गहिराइसम्म पुर्याउँछ । पुस्तकको अन्तिम अंशमा हामी छोटा र तर अझ शक्तिशाली निबन्धसँग साक्षात्कार हुन्छौ । निबन्धका प्रकारबारे अल्दस हस्लेको निबन्धले हामीलाई निबन्धलाई साहित्यको बिधाको रुपमा बुझ्न अझ् सहयोग गर्छ ।  साथै रिस्तो मनेस्कीको भर्याङको कथाले हामीलाई सर्वाहारा मजदूरको कथा भन्छ, त्यस्तो मजदूर जो अब मजदूर रहेन । कथाले पुस्तकको अन्त्यलाई सुन्दर बनाएको छ ।

निबन्धलाई हामी पढिहाल्ने बिधाको रुपमा बिरलै लिन्छौ । जति साहित्यका अरु बिधा बारे छलफल र बिमर्श हुन्छ निबन्धबारे बिरलै हुनेगर्छ । तर मोहन मैनालीद्वारा अनुदित यी निबन्धहरुले हामीलाई बिश्बपरिबेशका विविध प्रकारका निबन्धसँग साक्षात्कार गराउँछ । पुस्तकको आकार सानो भए पनि आख्यान झै एक बसाइमा पढ्न सक्ने वा पढ्ने पुस्तक यो पक्कै होइन । र पनि अनुवादकको रुपमा मोहन मैनालीको उपस्थितिलाई पुस्तकले दरो बनाएको छ । कमजोरी बिहिन अनुवादको कल्पना गर्नु आफैमा एक स्वप्न चित्र हो ।  चाहेर पनि एक भाषाको कृति उही रुपमा अर्को भाषामा प्रस्तुत गर्न सम्भव छैन र पनि मैनालीको काम प्रशंसायोग्य छ । साञ्चै भन्दा यो पुस्तक बान्कि बान्किका निबन्धको नेपाली यात्रा हो । यो करिब चार सय बर्षलाई बुझ्न सकिने विचार र दर्शनको लयबद्घ यात्रा हो ।


Tuesday, August 19, 2025

र्मिमिरे

 

बिहानै छ । बिहानै भएर पनि बिहान भैसकेको छैन । न उज्यालो छ । न घाम लागेको छ । न फूल फूलेका छन् । न मानिसहरुका पाइला सडकमा परिसकेका छन् । बिहानी पनि रातझै अध्यारो छ । अध्यारो छ तर प्रिय बनेको छ । मलाई यस्तै बिहानी मनपर्छ । यो रातझै कठोर पनि हुँदैन तर मानिसलाई मानिस बन्ने स्वतन्त्रता दिन्छ ।

कोठा असरल्ल छ । किताबकापी छरिएका छन् । अछ्यान मिलेको छैन । सिरक जताततै फैलिएको छ । मस्त झ्यालबाट बाहिर हेर्दै छु । सडकका बत्तिहरुले एक तमासको उज्यालो दिएका छन् । हल्का चिसो छ । नदी किनाराझै कहिबाट बगेको आवाज आउँदैछ । यही हो र्मिमिर यहाँ म छु र केही उज्यालो मिसिएको छ ।

कुकुरहरु भुक्न थालिसकेको छैनन् । नानीहरु रोएको आवाज मेरो कानमा आइसकेको छैन । सायद चराहरु पनि यात्राामा निस्किसकेका छैनन् । यो हल्का अध्यारोभित्र एक तमासको उज्यालो मिसिएको छ । यही समय त हो जब म आफ्ना औलाहरुलाई किबोडमा निस्फिक्रि दौडाउन सक्छु । रातझै यसले पनि मलाई आफू बन्ने स्वतन्त्रता दिन्छ ।

यौ बिहानै बिउँझिएर  किबोडहरमा आफ्ना औलाहरु दौडाउनु पनि स्वतन्त्रताको खोजी मात्र हो । केही समय पछि मानिसका पाइलाहरु सडकमा पर्न थाल्नेछन् । चराहरुको चिरबिर मानिसहरुको खलबल, नानीहरुको आवाज तपाइको कानसम्म पर्न थाल्नेछ । त्यसपछि तपाई समय र वातावरणको बन्धनमा पर्न थाल्नुहुनेछ । त्यसैले पनि चराहरु फूलहरु उठ्नुअघिको बिहानी मात्र बिहानी हो । त्यो समयलाई कैद गर्नु आफू बन्नु हो । 

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...