यो कथा सबैका लागि जसले हरेक महिना मरेझै अनुभूत गर्छन् ।
यो पिरियड टक हो । यतिका बर्ष चाहेर पनि गर्न नसकेको पिरियड टक । तेह्र बर्ष हुँदा पहिलोपटक पेन्टीमा रगत देखेको थिएँ । ममिलाई भने नछुनि भैस् भन्नुभयो । दुई हात पुरानो आफ्नो पुरानो फरियाको टुक्रो दिनुभयो । मलाई त्यो परियाको टुक्रो लागि पेन्टिमा राख्ने थाहा थिएन । पहिलोपटक ममिलेनै सिकाइदिनु भयो । त्यो सुरुवात थियो त्यो दिन देखीआजसम्म मैले आफ्नो स्मुथ पिरियड देखेकी छैन ।
आज पनि काममा जान सकिन । किनकी त्यो दिनझै आज पनि पेन्टिमा रगत देखिएको छ । हरेक महिना त्यो सहननसक्ने पेट दुखाइ, बमिट, लुज मोसन बिथ बडी पेन इज अल एबाउट माइ पिरियड । एक पटक पिरियड लिभको खबर आएको थियो सबैभन्दा खुसी म नै थिएँ । सबैभन्दा कठिन अनौठो दुखाइलाई केही होइन झै गरेको कयौ बर्ष भो । पेट दुखी दुखी पढ्न गएको । पेट दुखी दुखी पढाउँन गएको । कहिले ओभर डोज औषधि खाएको । कहिलेकाही रुँदै म मर्छु भनेर ममिलाई फोन गरेको ।
No comments:
Post a Comment