Saturday, February 21, 2026

निरन्तरता


हो हरेक दिन सधैँ झै दोहोरीनु छ । आज हिजोको निरन्तरता । हिजो अस्तिको निरन्रता । हरेक दिन केही छोड्दै केही समेट्दै दोहोरीनु त छ दै छ । एक हप्तादेखी औषधीले साथ दिएको थियो । आजबाट औषधीले पनि साथ छोडेको छ । एक्लो छु । तर छैन पनि । भिडझै म समेट्न खोज्छु । भिडले नसमेट्नु एउटा कुरा समेट्न खोज्नु अर्को कुरा 

एक नेपथ्यझै कराएको पनि धेरै भयो । सुनाएको पनि सायद आफैँलाई नै हो । तर पनि कहिलेकाही लाग्छ  किन सुनाउँनु । कसको लागि सुनाउँनु । हो म अब सुनाउँन र सुन्न दुबै छोड्नेछु । बर्षौ पहिले कोही आयो जीवनमा । लाग्यो खोजी उसैको थियो । तर बर्षहरुसँगै यस्तो लाग्दैछ उ आएकै थिएन । यो बिष्मय हो । आएझै लाग्नु वा भेटेझै लाग्नु तर अन्त्यमा एक लामो मौनताझै सुस्केरा बनेर जीवनमा नरहनु ।

No comments:

Post a Comment

डिएर इला,.......

 डिएर इला, हिजो नै त हो तिमीलाई लेखेको । तर केही थियो जो बाकी नै थियो । मलाई लाग्छ इतिहास देखिनै हामी महिलाहरु एक्ला छौ । परिवार भएर पनि ए...