“के तिम्रो नाम छाँया हो ? होइन मलाई प्रतिबिम्ब भन्नुस् ।”
“म तिमीलाई छाँया भन्न चाहन्छु ।”
“तपाईल ेभन्दैमा म छाँया बन्ने होइन । म आफूलाई प्रतिबिम्ब भनेर सम्बोधित भएको सुन्न चाहन्छु ।”
“दिएर इज नोथिङ इन नेम । आई डिन्ड एक्सपेक्ट दिस काइन्ड अफ कन्भरसेसन फ्रम यू । एटलिस्ट नट दिस टाइम”
“तपाई सोच्न सक्नुहुन्छ । तपाईको सोचाइलाई म रोक्न सक्दिन र चाहन्न पनि । बट रियालिटि इज आइ एम क्वाइट रिजिड रिगाडिङ माइ नेम । आइ डन्ड एक्सपेट सम स्टेन्जर डु समथिङ फनि टु माइ नेम ।”
यो हाम्रो पहिलो भेट हो । यो पहिलो भेट हो तर सजिलो भेट पक्कै होइन । म उसलाई इन्स्टामा फलो गर्थे । उसको चित्रकारीता देखेर प्रभावित थिएँ । तर त्यो सत्य होइन म भएझै देखाउँथे तर म थिइन । आइ नो नोथिङ एबाउट चित्रकारीता । म त उसको अरुनै कुराले प्रभावित जुन कुरा म यहाँ खुलाउँन चाहन्न । त्यसैले म उसलाई भेट्न चाहन्थे जस्तो एउटा यूवकले यूवतीलाई भेट्न चाहन्छ त्यस्तै । म सुरु देखी न म उ बाट के चाहन्छु भन्ने कुरामा क्लिएर थिएँ । मलाई लागेको थियो उसका चित्रहरु झै जीवन बारे पनि उ केही खुल्ला छे । तर भेट्दा मलाई लाग्यो, उ धेरै रिजिड छे । मैले सोचेको जस्तो वा कल्पना गरेजस्तो उ छैन । र तर छोरामान्छेको मन हो म उसलाई भेटेकोमा खुसी नै छु ।
उ केही उदास देखिन्छे । म पहिलो भेटमै उसलाई तिमी किन निरास छौ भन्न सक्दिन । सायद उ त्यस्तै हो । सायद चित्रकार हुनु उदास हुनु हो । मैले भेटेको उ पहिलो चित्रकार हो । सायद यो चित्रकारहरु बारे रहेको मेरो आम धारणा हो । मलाई लाग्छ चित्रकारहरु निराश नै हुन्छन् । तर म उसँग निराशाबारे केही भन्न सक्दिन । तर निराश देखिँदैमा कोही निराश नै हुन्छ भन्ने पनि त छैन । देख्न त म पनि खुसी देखिन्छु तर म पनि त निरास नै छु ।
उ आफ्नो लागि क्यापचिनो मगाउँछे र मेरो रोजाइ सोध्छे । म पनि क्यापचिनो नै भनिदिन्छु । म आफ्नो रोजाइ उसको अगाडी भन्न सक्दिन । म र्यान्डम गफ निकाल्छु । किनकिन मलाई सधैँ लाग्ने गर्थो उ पनि म जस्तै सिनेमा प्रेमी हो तर फेरी अर्को पटक म गलत ठहरीन्छु । उ भन्छे, “मलाई सिनेमाहरुले खासै तान्दैन । “ मलाई उ दखेर अल्छि लाग्छ । म उसँग पहिलो भेटमा नै सिनामाबारे गफ गर्न चाहन्थेँ । मसँग सिनेमाबाहेक अरु भन्ने कुरा पनि त हुँदैन । तर यो मेरो दोष हो । मलाई मनपर्छ भन्दैमा सबैलाई सिनेमाले तान्छ भन्ने पनि त छैन । तर मलाई सधैँ लाग्थ्यो उस्लाई पनि सिनेमा मनपर्छ ।
फेरी अर्को पटक त्यसै बसेको देखेर वेटर आइपुग्छ, । उ फेरी अर्को पटक पनि क्यापचिनो नै मगाउँछे । म पनि क्यापचिनो नै भनिदिन्छु । उ म बारे केही सोध्दिन म केही र्यान्डम कुराहरु निकालिरहन्छु । मलाई फेरी पनि लाग्छ उ केही निराश छ । तर निरास त म पनि छु । तर म उ जस्तो निरास देखिन्न । तर मलाई लाग्छ म भन्दा उ निराश छ । अझ बढी । अझ गहिरो निराशामा ।
खोइ उसलाई के लाग्यो उ अनायासै सोधिदिन्छे, “के तपाई निरास हुनुहुन्छ जीवनप्रति इन जेनरल” । म भन्न सक्दिन म निरास छु । तर उसले कसरी भनी म निरास छु भनेर । उसले कसरी मेरो निरासा देखी । तर म उसलाई उ झै तिमी पनि त निराश नै देखिन्छौ भन्न सक्दिन । म निराश नभएझै देखाउँछु । खुसी छु जस्तो गर्न फोन चेक गर्छु र्यान्डम म्यासेज पढ्छु ।
सायद उ पनि निरास छ । सायद एक निरास आँखाले अर्को निरास आँखालाई चिन्न सक्छ । तर उ सँग खुसी भएझै देखाउँछु । हुनसक्छ हामीसबैले एक अर्कासँग यसै गर्छौ । तर म उसलाई “तिमी पनि निरास छौ झै लाग्छ “ भन्न सक्दिन । उ आफूले भर्खरै पढीभयाएका केही किताब बारे कुरा गर्छे । उ भन्छे, “मलाई किताबमा भेटिएका अनलब्भडहरु साँच्चै भेटिनेभन्दा मायालु लाग्छ । किन संसारमा कसैलाई प्रेम मात्र मिल्छ र कसैलाई अप्रेम मात्र ? मलाई सधै अप्रेमीलहरु प्रेमिल लाग्छ । “
म उसले भनेको कुरा बुझ्छु पनि बुझ्दिन पनि । तर म बुझ्दिन । बुझेँझै गर्छु तर बुझ्दिन । तर म प्रतिक्रिया दिन्न । उसलाई सुन्दैछु झै देखाउँछु मात्र । जवाफमा मैले भर्खरै हेरीभयाएका केही र्यान्डम फिल्मबारे कुरा गर्छु । उ सुनेझै गर्छे तर केही प्रतिक्रिया दिन्न । उ फिल्मबारे त्यती जिज्ञासु नभएपनि मलाई केही भन्दिन । उ आफ्नो नाममा झै थाहा छैन किन अरु कुरामा त्यती रिजिड देखिन्न ।
म उसँलाई उसको चित्रहरु बारे सोध्दिन । हुन त मलाई चित्रकारीता बारे थाहा पनि त छैन । खासमा म उसको चित्रबारे सोध्न उसलाई भेट्न आएको पनि त होइन । तर म उसलाई केही चिज सोध्न सक्थे तर म सोध्दिन । यो मेरो त्यस्तो पहिले भेट हो कसैसँग जसमा हामी दुबै आ–आफ्ना कुराहरु मात्र गरीरहेछौ । उ उसको कुरा । म मेरो कुरा । उ किताबबारे मात्र बोल्छे । म सिनेमाबारे मात्र बोल्छु । तर म यहाँ सिनेमाबारे गफ दिन आएको होइन । म त यूवक भएर एक यूवतीलाई भेट्न आएको हुँ । तर म उसँग सिनेमाबारे मात्र बोल्छु । म भन्छु, “ मैले पछिल्लोपटक एउटा सिरिएल किलरको मडर सिरिज हेरेको थिएँ । मलाई पहिलोपटक मर्डरर देखेर पनि माया लाग्यो । थाहा छ मर्डरर हुन पनि सजिलो छैन । “ तर उ केही भन्दिन राम्रो लिसनरझै मुन्टो मात्र हल्लाउँछे ।
तर उसलाई कसरी थाहा भो म निरास छु भनेर । के तीसपछि सबै निराश नै हुन्छन ्? मलाई थाहा छैन उसको उमेर कति भयो । सायद उसले पनि तीस काटी मैले जस्तै । तर म उसलाई उसको उमेर सोध्न सक्दिन । हुन त केटीमान्छेको उमेर नसोध्नु भन्छन् । तर म कसैलाई पनि सोध्न सक्दिन ।
फरी अर्को पटक उसका आँखाहरु हेर्छु तर उसले अन्त कतै हेरेको बेला । खोई किन मलाई उसका आँखाहरु निरास लाग्छन् । मेरा भन्दा पनि बढी निराश । एकदमै निराश । घनघोर निराश ।
“तपाईको उमेर ?” उ अनायासै सोधिदिन्छे । “आई एम इन माई थट्टी” म भन्छु । “आइ अलरेडी गेस्ड इट बिकज यू लुक स्याड एन्ड कन्फियूज्ड । तीसमा बाच्नु भनेको यही हो । “ उ मैले जे सोच्दै थिएँ त्यही भन्छे । तर उसलाई कसरी थाहा भो तीस काटेपछि मानिस अल्लि बढी निरास बन्छ भनेर । उ भन्छे, “अरल्ली थट्टी इज अल एबाउट क्राइसीस । म तपाईलाई बुझ्न सक्छु । “ उसले मलाई कसरी बुझी । एकले अर्कालाई त्यसै कसरी बुझ्न सक्छ । तर म उसलाई त्यो भन्न सक्दिन । म दुबिधामा छु यो पनि सत्य हो । म जीवनप्रति निरास छु यो पनि सत्य हो । उसले बुझेकी पनि हो । तर म चाहन्न उसले मलाई बुझोस् । तर मलाई लाग्छ उ म भन्दा निराश छ । अझ बढी ।
कसैले कसैलाई बुझ्नु भनेको सजिलो अवस्था पक्कै होइन । बुझेपछि बुझ्न बाकी केही रहन्न । सब चिज असुन्दर झै लाग्छ । म उसका अगाडी असुन्दर बन्न चाहन्न । तर के उसले मलाई बुझेकी नै हो । तर म उसलाई तिमीले कसरी बुझ्यौ भन्न सक्दिन ।
“आर यू इस्टिल थिङ्किङ एवाउट सेम ? आइ वाज जस्ट किडिङ” उ सजिलै भन्छे । तर मलाई उ जिस्किएकी झै लाग्दैन । म उसका आँखामा जिस्किएको जस्तो केही देख्दिन । म मुस्कुराएझै गर्छु । उ मुस्कुराएझै गर्छे । उ भन्छे “अब निस्कनुपर्छ“ म “हस्” भन्छु । हामी दुबै निस्कन्छौ ।
बाटोभरी म उसका उदास आँखालाई भुल्न सक्दिन । तर मेरा आँखा पनि उदासै देखिँदा रहेछन् । के एक उदास आँखाले अर्को उदास आँखालाई चिन्न सक्छ ? .....................................................
No comments:
Post a Comment