Wednesday, November 12, 2025

प्रिय ओसन,

 प्रिय ओसन, 

यो चिठी तिम्रो लागि हो । मलाई थाहा छ तिमीले नेपाली बुझ्दैनौ र पनि नेपालीमै लेखिरहेछु  जसरी तिमीले आफ्नो आमाको लागि अंग्रेज्मिा लेखेका थियौ । तिम्रो दोस्रो पुस्तक पढ्दैछु । तिम्रो पात्र निराश छ । उन्नाइस बर्षको तिम्रो पात्र हाइलाई निराश नहौ भन्नको लागि असि बर्षकी ग्राजीना छन् । कस्तो बिरोधाभाष र पनि सुन्दर । जसरी तिम्रा कुरा बुझाउँन तिमीले अंग्रेजीमा लेख्यौ मैले मेरो कुरा बुझाउँन नेपाल्ीमा लेखिरहेछु । कहिलेकाही शब्दले नबुझे पनि मान्छेले मान्छेलाई बुझ्न सक्छ । मलाई लाग्छ तिमीले मलाई बुझ्न सक्छौ ।

म तिमीलाई प्रेम गर्छु । सायद तिम्रा शब्दहरुलाई । सायद म तिमीलाई शब्दहरु बेगर पनि प्रेम गर्छु । मलाई तिमीजस्तै दयालु र भावना बुझ्ने छोरामान्छे मनपर्छ । मलाई लाग्छ कुने दिन न्यूवोर्क पुगेँ भने म तिमीलाई भेट्नेछु । मलाई सधै लाग्छ कसरी थाहा छैन तर म तिमीसँग कुनै दिन भेट्नेछु । भेटेको दिन सायद म मेरो टुटेफुटेको अंग्रेजीमा म तिमीलाई माया गर्छु भन्नेछु । र म तिमीलाई सधैँ माया गरिरहनेछु ।

तर मैले तिमीलाई माया गर्छु भन्न मात्र यो पत्र लेखेकी होइन । म चाहन्छु तिमीले मैले नलेखेका कुराहरु पनि बुझ्नेछु । मलाई थाहा छ, तिमीले एउटा पाठकले एउटा लेखकलाई प्रेम गर्नु के हो भन्नेकुरा राम्रोसँग बुझ्छौ । मलाई लाग्छ लेखक हुनु त तिमीजस्तै गहिरो हुनु नत्र नहुनु । त्यो इतिहासलाई पनि बुझ्नु जो लेखिएको छैन । 

मलाई थाहा छ गरिव घरमा जन्मेर लेखक हुनु सजिलो काम होइन । तिमीबाट समाजले कयौ आशा गर्छ तर राम्रा वाक्यहरुको आशा गर्दैन । तिमीले जस्तै मैले पनि म लेख्छु भनेर मेरी आमालाई कहिल्यै भनेको छैन । भनेँ भने पनि त्यसले कुनै ठूलो अर्थ राख्दैन । तर बुझाउँन त तिमीले जस्तै मैले पनि आमालाई नै चाहेको हो ।

प्रिय ओसन, तिमी जन्मेको समयमा जन्मनुलाई पनि म भाग्यको कुरा ठान्छु । सायद यो सुन्दर संयोग हो । हुनसक्छ कुनै दिन हामी बाटामा भेटिन सक्छौ । गफका लागि हामीसँग सुन्दर वाक्यहरु रहनेछन् । सायद लेखक हुनुको दुख तिमीसँग पनि छ । त्यो गहिराइमा जीवनलाई बुझ्नु सजिलो काम पक्कै होइन । तिमीले भनेझै हामी सधै कुनै किनारमा नै रहन्छौ । एक किनारा न छोड्न सक्छौ न अर्को किनारालाई अपनाउँन सक्छौ । मलाई लाग्छ तिमीले मलाई पनि बुझ्छौ म जस्ता धेरैलाई बुझ्छौ । कसैले कसैलाई बुझ्नु कम सुन्दर कुरा हो । 

मलाई लाग्छ हामी दुबैस्ाँग यसियाली रगत हुनुको नाता छ । वा भनौ शब्दहरुलाई प्रेम गर्नु नाता छ । प्रात्रहरुझै निर्मम भएर आउँनको नाता छ । हो हामी नातै नाताले बाधिएका छौ । त्यसैले कुनै दिन न्यूयोर्कको गल्लिमा भटियौँ भने पनि हामीलाई लाग्नेछ हामीले त पहिल्यै एक अर्कालाई भेटिसकेका थियौ ।

हो मलाई लाग्छ म तिमीलाई कुनै दिन भेट्नेछु । हो नचाहेरै पनि भेट्नेछु । अनायासै भेट्नेछु । र हामी एक अर्कालाई देखेर मुस्कुराउनेछौ ।

यो पत्र मेरो प्रिय लेखक ओसन वोङको लागि हो । वोङको दोस्रो पुस्तक पढ्दैछु । मलाई लाग्छ उनी शब्दका जादुगर हुन् । उनी लेख्नकै लागि जन्मिएका थिए र छन् । र मलाई सधैँ लाग्छ म उनीलाई कुनै दिन भेट्नेछु । 

No comments:

Post a Comment

अस्तित्वबाट उडेको प्वाँँख

मान्छेहरु  यसकारण  बोलिरहन्छन् कि, कसैले  उनीहरुको मौनता नसुनोस्  सायद हामी सबै अधुरा छौ । रिक्तता र शून्यताको एक सिंगो क्षितिज हामी सबैसँ...