सपनाहरु साझा होइनन् । भोगाइहरु पनि होइनन् । अरुझै म चाहेर पनि सामूहिकतामा आफूलाई भेट्दिन । सायद त्यसैले लेख्छु । लेख्नु मेरो लागि सोख होइन । यो त केबल म पनि छु भनेर आफ्नो अस्तित्वको रुपान्तरण मात्र हो । तँ पनि छस् है भनेर कसैले भन्दिएको भए सायद आफैँँले आफैँलाई म पनि छु भनेर भन्ने थिइन होला । यी कथाहरु ब्यक्तिगत भएर पनि कहिलेकाही ब्यक्तिगत मात्र भनेर छोड्दििन सक्दिन । त्यसैले लेख्छु । सायद आफैँले आफैँलाई दावी गर्न लेखिरहेछ!ु ।
सायद लेख्नेहरुले धेरै पटक आफैलाई दोहोर्याउँछन् । दोहोरीनु एक प्रक्रिया मात्र होइन नियती पनि हो । दोहोरीनु नियती पनि हो । शुष्मता र भब्यताका अनौठा मानक बिच मानिसले आफैँलाई खोजिरहन्छ । कतिलाई लाग्दो हो उसको उपस्थितीलाई सबैले अपनाउँछन् । तर मलाईझै धेरैलाई लाग्छ उसको उपस्थिती संसारको बृहतताभित्र एक नदेखिने बिन्दुझै हो । तर यो अनुभूतीसम्म आइपुग्न सजिलो थिएन । म केही होइन भन्नु दर्शनको हिसाबले मूक्तीको मार्ग होला तर सामान्य मानिसका लागि त्यो अनौठो दन्द हो आफैँभित्रको दन्द । आफैँलाई कोर्दै मेट्दै यो केही होइन भन्दै अरुलेझै धेरै वर्षहरु बिताएँ । सायद आज पनि त्यही प्रश्नमा रुमलिरहछु । र रुमलिरहेछु ।
केटाकेटी बेला जगले बाल्टिले छोपिने म धेरैका लागि एक सानी मानिस मात्र थिएँ । यो कता हराइ यो कहिल्यै ठूली हुनी भैन – सुनीरहेँ । बुवा अहिले पनि भन्नुहुन्छ, धेरैको यही प्रश्नको जवाफ उहाँ यसरी दिनुहुन्थ्यो “यो यस्तै भै राखी भने म यसलाई झोलामा बोकेर हिड्नेछु” । सायद आफूहुनुको झिनोपन त्यहीबाट आयो । स्कुलमा पनि छोपिन्थे । कलेजमा पनि छोपिन्थेँ । यूनिभष्टिमा पनि छोपिन्थेँ । सायद अरुको अगाडी म पनि छु भनेर देखाउँन मैले लेखेँ । मैले सम्झने बेलादेखी म लेख्थेँ । मैले नलेखीकन बसेका दिनहरु मलाई याद छैन । तर त्यसले केही अर्थ राख्छ वा राख्दैन भन्ने थाहा थिएन । आज पनि थाहा छैन ।
सायद कलाहरु यसरी नै जीवनमा भित्रन्छन् । लेख्नेहरुल,े गाउँनेहरुले वा कलाको कुनै पनि माध्यम रोज्नेहरुले कुनै समय यसरी हिनताबोधमा बाचेका हुन्छन् जसलाई रोज्नु अरु कुनै पेषा रोज्नुझै होइन । आफैलाई पोख्ने माध्यम रोज्नु मात्र हो । आज पनि कहिलेकाही लाग्छ अरुको अगाडी म पनि म पनि छु है भन्न म लेख्छु । सायद आफूजस्तै मानिसहरु भेट्न म पढ्छु । धेरैको भिडमा आफूलाई नपाउँनुको एक खाले पिडाबोध आज पनि हुन्छ । स्कुले पिक्नीकहरु साथी नभएकाले नगएको कुरा सम्झदा एदाकदा आज पनि दुख्छ । भिडमा आज पनि डराउँछु । नजिकिएका मानिसहरु समातेर राखौँ झै आज पनि लाग्छ । तँ पसले हुन्छेस् भनेको सम्झदा आज पनि चिडचिडाउँछु । सायद अनुभूतीहरुका यीनै श्रीङ्खलाहरु बिच आफैलाई खोज्ने गुमाउँने प्रकृया जारी छ । सायद यीनै चिजहरु थिएँ जसले आज पनि अगाडी बढ भन्छन् र कहिलेकाही पडाडी पनि धकेलिदिन्छन् । कहिले अगाडी बढ्छु कहिले पछाडी फर्कन्छु ।
यो बिन्दुझै बाच्नेहरुको कथा हो । संसारको बृहतता भित्र उनीहरु हराउँन पनि सक्छन् । तर अस्तित्वको लडाइले सानो ठूलो भन्दैन । आफ्नो संसारको मालिक मानिस आफैँ हो । उसलाई कसैले सुनोस् झै लाग्छ, । कसैले उसको लागि बोलिदियोस् जस्तो पनि लाग्छ । आज सम्बोधनहरुको भिडमा आफैँलाई सम्बोधन गर्दैछु......
प्रिय सानी मान्छे,
पानी परिरहेको यो धमिलो दिनमा सायद आफैँसँग धमिलिँदै छु । एक खाली पानामा आफैँलाई लेखेकी छु । सायद पहिचान र अस्तित्वको भागदौडमा म यहि बिन्दु नै हो । हुन त अब मलाई बिन्दुझैँ बाच्नुमा कुनै दुखेसो छैन । स्कुले एक साथी भन्ने गथ्र्यो म तँलाई झ्यालबाट फालिदिन्छु, । थाहा छैन उ कहाँ छ । सायद उसको नाम अब्दुल थियो । एकपटक होइन यो कुरा पटकपटक दोहोर्याउथ्यो । तर कहिलेकाही लाग्छ उसले त्यो सानो मानिसलाई त्यो नभनी दिएको भए मैले आफैलाई अरु कसैको झ्यालबाट कहिल्यै हेर्ने थिइन । मैले आफैँले आफैँलाई उनीहरुको झ्यालबाट मात्र हेरेँ । सायद शुष्मताको बिन्दुबाट हेरिराखेँ ।
बृहत के शुष्ष्म के यो आज आएर कहिलेकाही आफैँलाई सोध्ने गर्छु । कमिलाको लागि उ सानो की बृहत । सायद यो बारे सोचीरहनु त्यही सानो मानिस हुनु हो । त्यो सानो मानिस अझै म भित्र छ ।
त्यो त्यस्तो प्रतिबिम्ब बन्यो जो होइन भन्दा पनि हो भन्ने जिकिर बेलाबखत गरीरहन्छ । कहिलेकाही लाग्छ– म किनाराको हुँ जो सँग डोबहरु छ । संसारको प्रमत्त शक्तिले नचिनको पनि हुनसक्छ । तर किनारा नै हो जसले मलाई बाधेको छ ।
थाहा छैन कहिलेसम्म तिम्रो प्रतिबिम्ब बोकेर हिड्नेछु । मानकहरु फेरीए, मष्र्याङ्दीको पानीले कति रंगहरु फेर्यो । कति पटक धमिलियो । कति पटक सग्लियो । रंग फेरीयो । अंक्षहरु प्mmेरीए । तर कसैले तँ यो होस् भनेर भनिदिएको प्रतिबिम्बले मलाइृ कहिल्यै छोड्न सकेन । कयौ दिन र कयौ रातहरु मैले त्यही प्रतिबिम्ब बोकेर बाचेकी छु ।.....र बाचिरहेछु । अब त यति बानि परिसकेको छ नकार्न पनि कठिन लाग्छ ।
कहिलेकाही लाग्छ उसले किन मलाई झ्यालबाट फालिदिन्छु भन्न्यो । मैले त उसलाई कहिल्यै भनिन । किन त्यो दिन उसलाई तैँले किन फाल्छु भनिस् भन्न सकिन । किन म चुपचाप रहेँ । किन उसँग त्यसपछि पनि शिर उठाएर बोलिन । वा बोल्न सकिन । किन उसले दिएको निर्मम प्रतिबिम्बमा आज पनि म आफूलाई हेरीरहन्छु । आफ्नै शब्दहरुमा आफैँलाई निरिह प्रमाणित गरिरहन्छु .....
प्रिय सानी मान्छे, यो सानोको बिम्बबाट म तिमीलाई मूक्त गर्न चाहन्छु । हुन त सानो र ठूलोको बिब्ब समयसँगै खिएर पनि जाला । तथापी मनमा यसरी बसेको म त्यसबाट मूक्त हुन सकेको छैन । तर म चाहन्छु अब म यो निर्मम बिम्ब बोकेर नबाचु । कसरी मूक्त हुने त्यो पनि थाहा छैन । सायद म त्यसैको खोजिमा छु । भेटिएको दिन म फेरी तिमीमाझ आउँनेछु .........
यो कथा होइन । यो जीवनका लागि कैद गरेको आफ्नै प्रतिबिम्ब हो । सानोको निर्मम प्रतिबिम्बले अझै मलाई छोड्न सकेको छैन । यी कथाहरु । सायद यी शब्दहरु निर्ममताबाटै उठेका हुन् । आज पनि लेख्छु भन्न हिचकिचाउछु , लाग्छ संसारले साना मान्नेहरुले लेख्न सक्दैनन् । तर यनि भनिरहदा म यो प्रतिबिम्बलाई प्रेम पनि गर्छु । म जे हु त्यसैको बिकसित स्वरुप हु । यी अक्षरहरु त्यसैका देन हुन ।
No comments:
Post a Comment