यो तिसको कथा हो । अंकहरुले कहिल्यै तानेन । उमेरमा थपिने अंक पनि त्यस्तै लाग्ने गर्छ । कुनै दिन तिस टेक्ने बित्तिकै लाग्ने तिस कुरा लेख्न बसेको थिएँ र तेह्रमा टुङ्ग्याएको थिए । आज थप सत्र कुरा गर्दै छु ।
यो उमेरको कथा हो । मलाई लाग्छ हामी आफ्नो उमेरको कहिल्यै महसुस गर्दैनौ । कहिलेकाही लाग्छ आमाको काखमा रोइरहने एकको भैदिउँ । कहिलेकाही लाग्छ बिनामतलब आगँनमा खेल्ने सातको भैदिउँ । कहिलेकाही लाग्छ आफूमा अत्यधिक बिश्वास गर्ने सत्रको भैदिउँ । तिसलाई टेकेर केही बर्षहरु बिताए पनि म तिसको पट्क्कै महसुस गर्दिन । म भित्रका एक दुई तिन चार पाँच छ सात आठ नौ सधै झगडा गर्छन् म सँग । हुन त जसरी दश सजिलो थिएन त्यसरीनै बिस पनि सजिलो थिएन । तिसमा त अझ म बढी बिथोलिएकी छु । सधैँ झै म मेरो उमेरलाई महसुस गर्दिन । डुलिहिड्ने बचपन, सन्कि किशोर अझै कहि कतै म भित्रै अल्जन्छन् । कहिलेकाही म मेरा हाइस्कुले केटाकेटीलाई भन्ने गर्छु , “ म पनि तिमीहरु जस्तै एक अधुरो अपुरो केटाकेटी मनस्थिति बोकी हिड्ने लडाकु मानिस हुँ ।” उनीहरुलाई लाग्ला एक शिीक्षकाले कसरी त्यस्तो भन्न सक्छे – हो तर म तिसमा पनि दशको नै महसुस गर्छु ......
तिसका थप सत्र कुरा
१४. मानिसहरु र बिषयहरु कम रोचक लाग्न थाल्नेछन्
१५. तपाईले आफ्नो कम्फर्टजोनलाई यती प्रेम गर्नुहुनेछ त्यसलाई नाध्न सजिलो हुनेछ
१६. केही बिशेष लाग्ने मानिस र किताबहरु झुर लाग्न थाल्नेछ
१७. यदि तपाई पनि म जस्तै अविबाहित हुनुहुन्छ भने बिबाहलाई डरलाग्दो नजरले हेर्न थाल्नुहुनेछ
१८. बिसमाझै तिसमा पनि जीवनका सर्घषहरु कम नभै अझ बढेर जानेछन्
१९. साथिहरु कम हुँदै जानेछन्
२०. आफ्ना सिमितताहरुबारे अझ जानकार भैनेछ
२१. कहिलेकाही आफ्नै घर पनि कारगार जस्तो लाग्न थाल्नेछ
२१. बाआमाले दिने सुझावमा कमि आउँनेछ
२२. खाना कम पच्न थाल्नेछ
२३. सामाजिक सन्जाल अझ बकवास लाग्न थाल्नेछ
२४. सबै अगाडि बढिरहेको र आफूमात्र अड्केको महसुस हुनैछ
२५. गुमाएका मानिसहरुको संख्या बढ्नेछ
२६. बिस्तारै जो थिएँ त्यो रहिन भन्ने लाग्नेछ
२७. बिस्तारै आन्टि भन्नेको संख्या बढ्र्नेछ
२८. अरु मात्र होइन आफू पनि कम रोचक लाग्न थाल्नेछ
२९. बाआमाको महत्व अझ बढी महसुस हुनेछ ।
३०. तर तिसको कहिल्यै महसुस हुनेछैन ।
(यो मेरो प्रिय लेखक सान्द्रा सिस्नेरोज प्रति सर्मपित । )
No comments:
Post a Comment