यी भूगोलहरु कहिलेकाही अभावका बिम्बहरु बनिदिन्छन् । तिमी भूगोल नाघेर हामीमाझ आइपुगे पनि तिमी सँगै उभिएको भूगोलले तिमीलाई छोडेको छैन । कुनै दुरदराजकी चम्किली तारा तिमी कहि कतै हामीले आफैँबाट लुकाउँदै हिडेकी तारा पनि हौ । सायद तिमी कथा बन्यौ । शब्दहरुले हाम्रो मन छोयो । तर कथा नबनेका ति तमाम जूनताराहरु हरेक दिन किताबको साटो तिमीजस्तै नानिहरु खेलाउँछन् । र त्यसैलाई नियती ठानी आफ्नो भूगोललाई स्विर्कारीरहेछन् । स्विारोक्ती आफैँ नियती बनिदिन्छ । र सपना सपना नै बिनिदिन्छ ।
जूनताराको कथा जूनताराझै चम्किलो हुनुपर्थो । खै किन कथाभित्र तारा र जून दुबै हराए । भूगोलको कठिनाइले सिमानाहरु नाघेन । गुराँसहरु ओइलाए । क्षितिजपारीको घाम अस्तायो । सायद जूनताराहरु यसरी नै हराइरहनेछन् । केन्द्रको उज्यालो न त्यो भूगोलमाझ पुग्यो । पुर्याउँछु भन्नेहरु आफैँ ताराहरु बने र जमिनबाट हराए । जमिनलाई बिर्से । जमिनमा छुटेकाभाझ जून र ताराहरु अपरिचित बनिदिए ।
एक चट्याङ पिताले जूनताराझै चम्किली छोरी चाहेका थिए । उनको बिद्रोह बिद्रोह मात्र बन्यो । न उज्यालोले भूगोल नाध्यो । न उनका दुखका फेरिस्तहरु सिद्घिए । समृद्घि र बिकासले पहाडहरु छिचोलेनन् । एक बालिका फेरी अर्को बालिकाकी आमा बनिन् । प्रिय जूनतारा, मातृत्वले तिम्रो बालापन र सपनाहरु उडायो । छोडेका सपनाहरुलाई तिमीले सम्झियौ । त्यो तिम्रो जीवन थियो बालखैमा बुढी भएझै गर्यौ । सायद उमेर पनि नियतीले बढाउँछ । उमेरमा थपिने अंकभन्दा तिमीले धेरै चाडो जीवन जियौ ।
प्रिय जूनतारा, तिम्रो कथा तिम्रो मात्र होइन । सायद तिम्रो कथा अरुको भन्दा कठोर छ त्यो सत्य हो । तर तिमीभmै एक पाइला अगाडी बढाएर दुई पाइला पछाडी हामी सबै सरेका छौ । सपनाको पछि दौडेका पनि छौँ र सपनाहरुलाई नियती ठानी छोडेका पनि छौ । सायद नियतीका भूगोलहरु फरक होलान् । संरचनाका पर्खालहरु हाम्रा भन्दा तिम्रा कठोर होलान् । तर तिमी झै कहिकतै हामी पनि जूनतारा नै हौँ ।
No comments:
Post a Comment