केही भन्नु थियो तर नभनी भन्नु थियो । कहिलेकाही लाग्छ नि नभनीकन कसैले बुझिदियोस् । एक सानाटा..... । म त्यही चाहन्थे । मैले नभनी कसैले सुनिदियोस् । जसरी कहिलेकाही कुनै उकालोम थाकेको बेला अनायासै चिसो बतासले छुन्छ । कहिलेकाही तिर्खाएको बेला पानीको मुहान भेटिन्छ । म त्यसैगरी केही नभनी भन्न चाहन्थेँ ।
मलाई वाक्यले बोल्नु थिएन । कहिलेकाही वाक्यले भन्दा मौनताले धेरै बोल्छ । तर ....सजिलो छैन केही नभएझै शान्त भैदिँन । नबोलेझै गरी बोलिदिँन । मलई सधै लाग्छ संवादको अन्तिम वाक्य त्यसै छोडिदिउँ । मैले नलेखेको त्यो वाक्यलाई कसैले पुरा गरिदियोस् । तर सदा झै आज पनि म आफ्ना संवादहरु बिना अन्त्यका भेट्छु । र हतारमा केही छुटेका शब्दहरु बोदिदिन्छु ।
कहिलेकाही लाग्छ के म त्यो अन्त्य हुँ जसले संवादका लागि वा भनौ निरन्तरताका लागि केही अपुरा शब्दहरु बोलिदिन्छ । र केही नभएझै हिडिदिन्छ । कस्तो कुरुप अन्त्य । कस्तो कुरुप अवस्था ।
..................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................
No comments:
Post a Comment