Monday, May 12, 2025

पर ..... कति पर


एक यात्रा । एक मानिस । एक जोर पाइलाहरु । पाइलालाई पछ्याएका एक जोर छाँयाहरु । यात्रा न हो । हरेक दिन यात्रीभmै महशुस हुन्छ । पाइलाहरु बेगर पनि हृदय हो यात्रा गर्छ । मनको यात्रा न हो । यात्राका पाबन्धीहरु छैनन् । सिमानाहरु छैनन् । गन्तब्य छैन । परिधिहरु छैन । एक त्यस्तो यात्रा जहाँ म छु र मेरो मन छ ।

जानु छ पर कतै । कति पर – थाहा छैन । कहाँ– त्यो पनि थाहा छैन । किन– त्यो पनि थाहा छैन । तर जानु छ कहि । आफैँसँग पर जहाँ आफ्ना पदचापहरुले आफैँलाई नचिनुन् । म को हुँ ? को थिएँ ? मेरा माता पिता को हुन् ? त्यसले कुनै अर्थ नराखोस् । त्यस्तो यात्रा जहाँ म अपरिचितहरुमाझ अपरिचित नै बनिदिउँ ।

पर......कति पर । के दुरीहरुलाई नाप्न सकिन्छ । म त चाहेर नै दुरीहरु बनाउँन चाहन्छु । त्यस्तो यात्रामा जान चाहन्छु जहाँ म आफैँले आफैँलाई चिन्न नसकुँ । यो सपना थियो र रहिरहनेछ । म दुरीहरुमा जिउँन चाहन्छु । ैचिजहरु केही परबाट नै सुन्दर देखिन्छन् । यो सपनाको अर्काइभ हो । थाहा छैन कुनै दिन म त्यस्तो ठाउँमा पुगेँ पनि लेख्ने छु वा छैन । 

बषौदेखी त्यही सपना बोकेर हिडिरहेछु । कहिलेकाही आफ्नै घरले पोल्छ । आफ्नै ओछ्यान पनि कठोर लाग्न थाल्छ । एक पन्छिझै उड्ने सपना हो यो । मेरो डायरी र मेरा किताबहरुले मलाई साथ दिनेछन् । म जो थिएँ र जो हुँ त्यो हुन चाहन्न । कथाहरुले पनि कहिलेकाही आफैँलाई गिज्याएझै लाग्छ । पाइलाहरुले बिना पावन्दीको यात्रा नगरेको धेरै भयो । म कुनै अन्जान सडकमा बसेर लेख्न चाहन्छु । कुनै अन्जानसँग कफि पिउँन चाहन्छु । कहिलेकाही आफ्ना परिधिहरुहरुमा आफैँ निस्सासिन्छ । र त्यस्तो धेरै पटक महसुस हुन्छ ।

यो लेख्न थालेको पनि धेरै भयो । तर मन न हो दोहोर्याउन चाहन्छ । कहि पर जान चाहन्छ । अन्जान सडकलाई अनुभूती गर्न चाहन्छ । घरले कहिलेपनि तानेन । यो गुड छोड्न चाहनेको कथा हो । थाहा छैन छोडेपछि मनले फेरी फर्क भन्न चाहन्छ वा चाहन्न । केही अन्जान सपनाहरु बोकेर हिड्न थालेको पनि बर्षौ भएछ । थाहा छैन किन नदीझे बग्नुको बिम्ब सधैँ सुन्दर लाग्छ । 

  यो अन्जान हावाझै बहकिने सपनाहरु बोकेर बाचेका बर्षहरु गन्छु । गन्ति न हो । अंकहरुलाई जोड्न थालेँ भने म निस्सासिन्छु । तर निसास्सिनुले कुनै अर्थ राख्दैन । आज पनि म त्यसरीनै अन्जान सडकमा बहकिने सपना देख्छु । थाहा छैन यस्ता सपना बोकेर हिडिरहने कति छौ । 

कहिलेकाही लाग्छ आफैँलाई बुझ्न पनि केही पर पुग्नुपर्ने हुन्छ । दुरीहरु दुरीहरु मात्र होइनन् आफैँलाई हेर्ने आँखिझ्यालहरु पनि हुन् । तर पर जानु छ । आफैँदेखी पर । घरदेखी पर । आफ्नै सिमानाहरु पर । तर कति पर थाहा छैन ।


Saturday, May 10, 2025

अप्रत्यासितता


 

अक्टोवरको यो  महिला घामका किरणहरुसँगै रंगिन बन्दै गएको छ । अपाटमेन्ट र वोर्कप्लेस वरिपरिका बगैचा र पार्कहरु रंगिबिरंगी पातहरुले थप रंगिन भएका छन् । कामबाट एक हप्ताको र्बेक लिएको छु । थाहा छैन क्यामरा बोकेर ब्रुकलिन ब्रिजको वरिपरि टहलिनेछु वा खस्दै गरेका पातहरुको क्लोजअप सट लिदैँमा मस्त रहनेछु । वा यी सब केही गर्नेछैन । 

तर अबको एक हप्ता म  ल्यावको नियमितताबाट पर हुनेछु । यो रमाइलो समय हो । साथमा केही पुस्तकहरु र सिनेमाको लिस्ट छ । तर म नियमिततामा बाच्ने मानिस होइन । मलाई कहिलेकाही केही नगरिकन बस्न पनि रमाइलै लाग्छ । वा बिना  संकोच कुनै अपरिचित सँग बिनामतलब बोलिदिन पनि सक्छु । अहिले पनि म कुनै अपरिचितसँग र्यान्डम तर गहिरो कुराकानिको प्रतिक्षामा छु ।

देशबाट पर हुनुको बेफाइदा भनौ वा फाइदा जब तपाई काम गर्नुहुन्न तब तपाईसँग गर्नको लागि केही बाकी रहदैन । म न्यूओर्कमा भए पनि म वरीपरी नेपालीहरु खासै भेटिँदैनन् । त्यसैले टुईटरमा बहकिने गरेको छु । अपरिचित बनेर गरिने संवादहरु मलाई टेसिला लाग्छन् । जसले मलाई आफ्ना भावनाहरु बिना बन्देज पोख्ने स्वतन्त्रता दिन्छ । मेरो लागि टुईटर अप्रत्यासित  बहस गर्ने र मानिसहरु भेट्ने एक रमाइलो भर्चुअल कर्नर हो ।

एक हप्ताको लागि म एक गफ गर्ने मानिसको प्रतिक्षामा छु । जसलाई म आफ्ना र्यान्डम प्रश्नहरु सोध्न सकुँ । र्यान्डम विचारहरुसँग थप र्यान्डमनेस थप्न सकुँ । मेरो रोजाईमा ऊ परेकी छ । उ को हो म भन्न सक्दिन । म उस्लाई करिव एक बर्षदेखी टुईटरमा निहालिरहेको छु  । ऊ लेख्छे उस्को बारेमा मलाई थाहा भएको त्यति हो । लेखकहरुलाई म अरु मानिसहरुभन्दा अल्लि बढी नै प्रेम गर्छु । मैले कुनै लेख्ने ब्यक्तिसँग गरेको यो पहिलो संवाद भने होइन । र पनि म उसँग संवादको लागि आतुर छु ।

“हेलो, हाउ यू डुईङ ?” मैले उस्लाई गरेको पहिलो डिएम यहि थियो । मलाई लागेको थिएन उस्ले मेरो सन्देशको जवाफ पठाउछे तर त्यस्तो भएन ।  एक अप्रत्यासित सन्देशको मैले जवाफ पाएँ ।  ऊ प्रतिउत्तरमा लेख्छे, “तपाइको सन्देशले उत्साही भएको छु । थप संवादको आशा गर्छु ।” मलाई लागको थिएन उसले मलाई यस्तो रमाइलो जवाफ दिनेछे ।” त्यसपछि म कुराकानीलाई थप रफ्तारमा दौडाउँछु । 

ऊ मैले भर्चुवल दुनियावाट बोल्न थालेको पहिलो केटी होइन । म सँग यसरी सुरुवात भएको संवादको लामो फेरीस्त छ । मलाई थाहा छ केटीहरु सँग लामो समय संवादमा रहनु ठिक होइन । वा भनौ लामो क्याजुअल संवादमा रहनु थप राम्रो होइन । त्यसैले म चाहन्छु उसँगको संवाद एक हप्तामा टुङ्गिियोस् । त्यसपछि सदाझै म फेरी ल्यावको मैफिलमा बहकिन सकुँ । थाहा छैन ऊ मसँग  किन संवादमा छे । मेरो लागि यो एक हप्ताको लागि छुट्टाएको फन टाइम हो । त्यो बाहेक उसँग मेरा अपेक्षाहरु केही छैनन् ।

उसको प्रतिउत्तर र प्रतिक्रियाको बास्ता नगरी म सुरुवाति संवादमै सोधिदिन्छु, “तपाईको प्रेम,विवाह र यौन बारे कस्तो धारणा छ ?” । म सधैँ यस्ता र्यान्डम प्रश्नहरुको उत्तर भन्दा पनि प्रश्न पछिको प्रतिक्रियालाई लिएर उत्साहित रहन्छु । मलाई लागेको थियो  ऊ मसँग रिसाउँनेछे वा उत्तर दिनेछैन । तर त्यस्तो भएन । ऊ यसरी उत्तर दिन्छे मानौ त्यो कुनै परीक्षा पास गर्नको लागि सोधिएको प्रश्न थियो ।

मलाई उसँगको संवाद रमाइलो लाग्दैछ ।  त्यस्ता प्रश्नहरुलाई सजिलै लिने उ मेरो भर्चुवल दुनियामा आएकी पहिलो केटीमान्छे हो । म उसँग सजिलै जीवन र जगतका अप्ठ्यारा प्रश्नहरु सोधिदिन्छु । उ यसरी उत्तर फर्काउँछे मानौ उसँग प्रश्नहरुको रेडिमेट उत्तर छ । 

उसँगको संवादले मलाई अनौठो अनुभूति दिएको छ ,उबारे र आफैँबारे पनि । मलाई थाहा छ, उ सजिलै कसैसँग  बहकिने उमेरकी होइन । तिसको उमेरमा कसैसँग बहकिन सजिलो छैन । उ लेख्ने काम गर्छे त्यसकारण बहकिन्छे त्यो पनि मलाई थाहा छैन । तर म आफैसँग भाग्न सकेको छैन । खासमा म  उसँगको संवादले रोमाञ्चित छु । मलाई थाहा छैन अबका तिन दिनमा म संवादलाई बिट मारेर आफ्नो ल्यावको संसारमा पुग्न सक्नेछु वा छैन ।

म अहिलेसम्म  कसैसँग लामो सम्बन्धमा रहेको छैन । जो जो मेरो जीवनमा आए ति सँग म अनुग्रहित छु । मसँग उनीहरुलाई लिएर कुनै गुनासो छैन । जसरी आए जसरी गए म त्यसलाई एक क्याजुअल जीवनचक्रको रुपमा लिने गर्छु । सायद म स्वार्थि छु वा अरुभन्दा बढी नै आत्माकेन्द्रित । म जे गर्छु रमाइलोको लागि गर्छु । म नियमितताको बिम्वमा विश्वास गर्दिन । 

आज उसँगको संवादको चौथो दिन हो । अबका तिन दिनपछि म उसँग थप संवादमा बस्न चाहन्न । उ मसँग गहिरो संवादमा छे जसमा म पनि रमाइरहेछु । उ मलाई मेरोे बास्तविक नाम र परिचय सोध्छे । म भन्छु, “नाममा केही छैन, म एक यायावर हुँ अनियमिततामा विश्वास गर्ने यायावर , एक वैचारिक यायावर म सँग स्थिरता को कल्पना नगर्नुस्” । मैले उसँग यी कुराहरु गर्नु जरुरी थियो किनभने म चाहन्न उसले संवादपछि हामीविचको सम्बन्धको अरु कुनै आयाम बारे सोचोस् । त्यो मेरो लागि सुखद् बन्नेछैन ।

मलाई थाहा छ नारी र पुरुष बिच भावनात्मक गहिराइको हिसाबले तुलना गर्ने हो भने तुलनाको कुनै बिन्दु रहदैन । मलाई यो पनि थाहा छ, म जति हामी विचको सम्बन्धलाई क्याजुअल रुपमा लिन सक्छु उसले त्यसरी लिन सक्ने छैन । तर म चाहेर पनि सम्बन्धको नाममा नियमितता चाहन्न । मलाई लाग्छ सम्बन्धको लामो फेरीस्तले दुख मात्र निम्त्याउँछ । म दुखी बन्न चाहन्न ।

लेखकहरु भावनामा बिश्वास गर्छन्, भोगाइमा बिश्वास गर्छन् अनि कल्पनामा पनि । तर मैले गरेको जीवनको यात्रा भनको तर्कमा निहित छ । चाहेर नचाहेर म काममा झै जीवनमा पनि उपयोगिता र प्रमाणमा निहित धारणहरु बनाउँदो रहेछु । मेरो लागि उसँगको संवाद एक हप्ताको लागि गर्न मिल्ने एक रमाइलो कार्य हो । यस्तो गरिरहदा मलाई लाग्छ म कुनै अप्रत्यासित तर सुन्दर यात्रामा छु ।

ऊ भन्छे, “जीवन एक नियमितता हो । आज अनियमित लागेका धेरै चीजहरु भोली नियमितताको घेराभित्र पर्न पनि सक्छन्” । म उसको विचारसँग सहमत हुन सक्दिन र होइन पनि भन्न सक्दिन । बस् यति हो म नियमिततामा बाच्न चाहन्न । आज आफ्नै लाग्ने ल्याबको जीवनबाट थाहा छैन अबका दुई बर्षमा म अपरिचित बनिदिन पनि सक्छु । आज बोलेकासँग भोली नबोलिदिन पनि सक्छु । आज आफ्ना लाग्नेसँग भोली अपरिचित बनिदिन पनि सक्छु । तर म जीवनको नाममा पुनराबृत्ति चाहन्न । मलाई आफैँलाई पनि हिजोकोझै बन्नु छैन । मलाई बदलावहरु मनपर्छ ।

म उसँग संवादमा बदलावको खोजीमा छु । ऊ मलाई भन्छे, “ किताबहरु भन्दा मलाई सिनेमाहरु मनपर्छ  । सोचेझै बन्नसक्ने भए म मुभिमेकर बन्ने थिएँ । कहिलेकाही मलाई आफ्नै लिमिटेसन देखेर रिस उठ्छ । यू नो आइ एम अनलिमिटेड्लि लिमिटेड” । मलाई थाहा छ उसको र मेरो विचारमा समन्व्य हुन सक्दैन । म चाहेरै पनि बन्दन र घेराहरुमा बिस्वास गर्न सक्दिन । मलाई जीवनको असिमिततामा बिश्वास लाग्छ । तर म उसलाई भन्न सक्दिन तिमीले जे भन्दै छौ त्यो मेरो सत्य होइन । वा म त्यसमा विश्वास गर्न सक्दिन । 

आज उसँगको संवादको सातौ दिनमा छु । अब मैले भन्नुपर्छ अब म तिमीसँग संवादमा नरहन सक्छु । अब हामीले हाम्रो डिजिटल सम्बन्धको अन्त्य गर्नुपर्छ । तर सम्बन्धको अन्त्य गर्न सम्बन्ध छोटो नै भएपनि सजिलो छैन । ऊ सँगको संवादमा म रमाएँ त्यो सत्य हो । तर म यसलाई अझ गहिरो बनाउँन चाहन्न यो पनि सत्य हो ।

नग्नता


निर्जला अधिकारी

ओछ्यानमा नाङ्गो पल्टिएको छु । जीउँका कपडाहरु लथालिङ्ग कोठाभरी छरीएका छन् । एकछिनअघि आगोझै तातेको शरीर सेलाएर चिसो...... भएको छ । शरीर शिथिल छ र मन पनि । एक खाले ग्लानी मनभरी फैलीएको छ । तृप्त भएर पनि नभएझै आँखाभरी अनौठो सान्नाटाँ छाएको छ । तृप्ती पछिको ग्लानी र सान्नाटाले भित्रभित्र पोल्दैछ ।

उ गैसकेकी छ । शरीरमा अब रोमाञ्चकता बाकी छैन । छ त केवल  एक गाल्नी । शरीर नाङ्गो छ । नग्नता कुरुप हो वा सुन्दर मलाई थाहा छैन । तर किनकिन आफैलाई नियाल्दा आफै तर्सिदैछु । लाग्दैछ आजबाट म जो थिएँ त्यो रहिन । हिजोसम्म जसलाई म खराब ठान्थेँ आज म त्यहि खराब मानिस भएको छु ।

भोली आइतबार हो...... बिहानै उठेर गर्नुपर्ने कामको अर्को चाङ छ । र पनि आफैले आफैलाई सम्झाउँन सकेको छैन । कसरी केही मिनेटको सुखको लागि म आफ्ना पुराना मानकहरुलाई एकाएक भत्काइदिन सक्छु । के सबै मानिसले शरीरको सुखको लागि सिद्वान्तको बोरा ओड्दैनन् । वा म त्यहि मानिसको जमात हँु,जसको सिद्वान्त बन्द कोठाभित्र पस्ने बित्तिकै एकाएक मलिन हुन्छ ।

मैले कहिल्यै सोचेको थिइन, मैले पहिलोपटक कसैले चुम्ने काम शरीरको लागि मात्र गर्नेछु । हिजोसम्म मेरा लागि प्रेमको कसि पहिलो  र शरीरको  सुख दोस्रो थियो । तर आज दोस्रो नै पहिलो भैदिएको छ । कसरी म बिना प्रेम, कसैको नगन्नतामा रमाउँन सक्छु वा कसैका अगाडि नाङ्गो भैदिन सक्छु ? मैले बाचेका २७ बर्षहरुमा त म यस्तो थिइन । यतिका बर्ष नबलेको प्यासको लागो एकाएक अहिले बलेको छ म भित्र । किन बल्दैछ ? किन चाहेर पनि म सम्यम बन्न सकेको छैन ?

उ गैसकेकी छ । थाहा छैन उ मसँगको सामिप्यतामा कसरी सन्तुष्ट हुन्छे । वा म कसरी सन्तुष्ट बनाउँछु । भन्दा पनि अनौठो लाग्छ, उ कसैकी श्रीमती हो । उ अरु कसैलाई माया गर्छे । तर शरीरको सुखको लागि मेरो साथ रोज्छे । थाहा छैन, उसले ममा के देखी, काममा भेटेको केही दिनमै, शारीरीक सम्बन्धको लागि प्रस्ताव राखी । मेरो लागि त्यो अनौठो र रोमाञ्चक दुबै थियो । यसअघि मलाई कुनै छोरी मान्छेले यसरी प्रस्ताव गरेको थिएन । मलाई छोरीमान्छेले यसरी प्रस्ताव गलार्न भन्ने पनि लाग्थेन । तर मैले उसको प्रस्तावलाई नर्कान सकिन । सायद म भित्र लुकेको त्यो आगोलाई म पनि बुजाउँन चाहन्थेँ । 

सम्बन्धको नाउँमा हामी बिच अरु कुनै सम्बन्ध छैन । दिनभरीका कामलाई समेटेर केही घण्टाका लागि हामी भेट्छौ । एकअर्कालाई अगाल्छौ, लुटपुटिछौ,  चुम्छौ र केही नभएझै आ–आफ्नो बाटो लाग्छौ । कहिलेकाही बाटोमा भेटेर पनि नभेटेझै गर्छौ । र एकान्तमा यसरी एकअर्काभित्र समाहित हुन्छौ । लाग्छ हामी बर्षौ पछि भेटिएका प्रेमीहरु हौ । ऊ सधै भन्छे, “तिमीले मलाई त्यस्तो सुख दिएका छौ जुन मलाई मेरो लोग्नेले कहिल्यै दिन सकेन । म उसलाई प्रेम गर्छु तर उबाट सन्तुष्ट हुन सक्दिन । म प्रेमको मात्र होइन शरीरको पनि भोकी रहिछु ।” मलाई लाग्छ प्रेमले दिन नसकेको कुरा शरीरले मात्र कसरी दिन सक्छ । तर म यो उसलाई भन्न सक्दिन ।

यतिका बर्ष मलाई लागेको थियो यौन भन्दा प्रेम शक्तिशाली हुन्छ । तर पहिलोपटक मलाई लाग्दैछ यौनको अगाडी प्रेम केही हुँदै होइन । हामीले जे देखाउँछौ त्यो हुँदै होइनौ । हामी सबै भित्रैभित्र खोक्रा छौ । आदर्शको खोल त समाजको लागि मात्र हो । भित्रभित्र हामी सबै त्यहि कम्पनको खोजीमा छौ जसले एकअर्कालाई पूर्ण बनाएझै लाग्छ । हामी प्रेमको लागि होइन प्यासको लागि तड्पदा रहेछौ । 

उ हरेक दिन थाहा छैन ठिक सुन्नुअघि  मलाई आफ्नो नग्न तस्विर पठाउँछे । त्यो तस्विर पाएपछि म यसरी उसको शरीरसँग खेल्न तड्पिन्छु लाग्छ म पहिलोपटक कुनै नग्न छोरीमान्छेको तस्विर हेर्दैछु । हामी कुनै भावनात्मक सम्बन्धमा छैनौ । वा छौ की । मलाई आफै देखेर अनौठो लाग्छ । आफ्नै सम्बन्ध देखेर अनौठो लाग्छ । आफैभित्रको बिरोधाभाष देखेर अनौठो लाग्छ । कहिलेकाही आफैँले आफैलाई देखेर निस्सासिन्छु ।

आजकाल कहिलेकाही आफ्नै नाम देख्दा पनि तर्सिन्छु । नाम आदर्श भएपनि मैले मेरो नामको आदर्शलाई जोगाउँन सकेको छैन  । आदर्श को यो बोझ म कसरी बोकेर हिडौ । ...................... 

उसलाई म नाई भन्न सक्दिन । म भित्रको प्यासले हरेक पल उस्लाई खोज्छ । हरेक दिन म उस्लाई चुम्छु । हरेक दिन उ मलाई चुम्छे । हामी दुबैले आ–आफ्ना प्यासको आगोलाई बुजाउँछौ । तर हरेक रात जब म एक्लो हुन्छु त्यति बुझाएको आगोले आफै दन्किन्छु । लाग्छ म भित्र प्याँसको राफमात्र बाकी छ ।

उ मसँग सरम नमानि नाङ्गी भैदिन्छे । मैले एकपटक उसलाई सोधेको थिएँ, “ के तिमी तिम्रो प्रेमी, अहिलेको लोग्नेको अगागि पनि यसरी नै नाङ्गिएकी थियौ ?” उसले मलाई भनेकी थिई, “ प्रेममा लज्जा हुन्छ प्यासमा प्यास मात्र हुन्छ । प्यासले त हामीलाई निलज्ज बनाउँछ । तिमी यस्तो कुरा बुझ्दैनौ” । त्यो समय मैले उसलाई यो कुरा बुझ्छु भन्न पनि सकिन । तर हरेक पटक मैले उसलाई कपडामा देख्दा पनि नाङ्गो देख्छु । सायद उसले पनि मलाई नाङ्गो नै देख्छे । सायद हामीले एकअर्कालाई प्यासको आँखाले मात्र हेर्छौ ।  र एकअकासँग नाङ्गो मात्र भैदिन सक्छौ ।

मैले बिताएका २७ बर्षहरुमा मेरो शरीरसँग मज्जाले खेल्ने नाङ्गो छोरीमान्छेको कल्पना गरेको थिइन । मैले त कल्पनामा पनि प्रेम सहितका अर्धनग्न छोरीमान्छेको मात्र कल्पना गर्थे । पहिलोपटक उ मछेउ नाङ्गो भएर आएको दिन  म लाज र रोमाञ्चकता दुबैले रातो भएको थिएँ । सायद बर्षौ संगालेको प्यासको आगो हामीसँग थियो जसमा उ र म दुबै जल्यौ । 

हरेक दिन उ मलाई तिर्खालाई मेट्ने पाठहरु पठाउँछे । मलाई कहिलेकाही  लाग्छ उ मेरो शारीरीक सम्बन्ध राख्ने पार्टनर कम शिक्षिका बढी हो । उसका पाठले अझ म उद्देलित हुन्छु । सायद उ मलाई त्यसरीनै सुखको लागि हर क्षण तयार भएको देख्न चाहन्छे । वा उ मलाई असल विधार्थी भएर उसका पाठहरुलाई अपनाएको देख्न चाहन्छे । जे पनि हुनसक्छ । तर जब उ हुदिन एकान्तमा यी सबै कुराहरुले पोल्छ । अनौठो तरिकाले पोल्छ । समाजको आँखाले जब आफैले आफैलाई हेर्छु अनौठो लज्जाबोध हुन्छ ।

मैले ज–जसलाई मन पराएँ उनीहरुलाई यौनको आँखाले कमै हेरे । उनीहरु मेरा लागि आकर्षक त थिए तर त्यसमा शारिरिक सुख मात्र जोडिएको थिएन । उनीहरु भावनाले भरिएका अर्का सग्ला मानिस थिए । तर अहिले जोसँग शारिरिक रुपमा नजिक भाछु उ मेरो लागि कपडा पसलमा देखिने डमि जस्तै हो ।  यति हो उसको शरिरले मलाई तान्छ । जब म शारिरिक सुखको उत्कर्षमा पुग्छु तब  उ मेरा लागि कुनै अपरिचित मानिस भैदिन्छे । म उसको शरीरलाई चिन्छु तर उसलाई चिन्दिन । हामी सँगै अनेक अनेक गर्छु । र पनि उ मेरो सपनामा आउँने राजकुमारी होइन । उ त बस् तिर्खाएको बेलामा भेटिने पानीको मूल जस्तै हो ।

एक दिन उस्ले मलाई सोधेकी थिई , “के तिमी म जस्र्तै अर्कि स्वास्नी मानिसलाई प्रेम गर्न सक्छौ ?” त्यो  प्रश्न सजिलो थिएन  । दुबै नाड्गो भएको बेलामा मैले उसलाई गर्न सक्दिन भन्न पनि सकिन । तर यर्थाथ त्यहि हो । म उसलाई चुम्न सक्छु, उसँग लुटपुटिन सक्छु, उसका हरेक अंगलाई खेलाउँन सक्छु तर प्रेम गर्न सक्दिन । सायद उसले मेरो मौनतालाई स्विकार्योति बुझीँ । तर म भित्र बिरोधाभाषको अग्लो पर्खाल छ । जसले अझै पनि भन्छ उ प्रेमको लागि होइन शरीरको लागि मात्र हो ।

सम्बन्धलाई अधि बढाउँन न उसलाई सजिलो छ न मलाई । हामी दुबै समाजलाई छलेर एक अर्कालाई भेट्ने गर्छौ । तर एकान्तमा आफैँलाई छल्न सक्दैनौ । थाहा छैन, उ कसरी आफ्नो श्रीमान अघि केही नभएझै फेरी अर्कोपटक नाङ्गो उभिन्छे । थाहा छैन कुनै दिन आफ्नै विगतलाई कोट्याउन परे म कसरी कोट्टयाउनेछु । तर अहिलेलाई मात्र मूल्याङ्कन गर्दा हामी दुबै एक अनौठो सम्बन्धको झिल्कामा मस्त छौ । थाहा छैन कुन बतासले यो सब तहसनहस पार्नेछ  । वा हामी दुवै त्यहि झिल्कासँगै जल्नेछौ ।

विगत  दुई दिनदेखी हामीले एकअर्कालाई भेटेका छैर्नाै । मलाई लाग्दैछ उ कुन बाध्यतामा अल्झिएकी छ । फोन अफ छ, सोसल मिडिया डियाक्टीभ छन् । म चाहेर पनि उ बारे बेखबर छु । एक्कासी कुनै अज्ञात खाताबाट इन्स्टामा म्यासेज आउँछ,

प्रिय आदर्श

आज पहिलोपटक तिमीलाई प्रिय भनेर सम्बोधन गर्दैछु सायद अन्तिमपटक पनि । तिमीसँग बेखबर भएर पर हुन मन थियो तर त्यो गर्न सकिन । जीवनको जुन मोडमा तिमी भेटियौ त्यो सायद हामी दुबैको लागि सहि समय थियो । सायद समयभन्दा सही अरु कोही हुन सक्दैन । आफ्नो लोग्नेबाट कहिल्यै सन्तुष्ट हुन नसकेकी म पहिलो पटक तिम्रो सामिप्यताले पूर्ण भएझै महसुस गरेँ । मैले आफैँभित्रको शान्ति र सन्तुष्टी तिमीबाटै पाएँ । त्यो मेरो लागि सदा अविस्मरणीय बन्नेछ । तर जीवनको यो मोडमा अब तिमीसँग भेटिरहनु तिमी र म दुबैका लागि खराव नियति बन्न सक्नेछ । तिमीसँग भेटेको अन्तिम दिननै मैले जागिरबाट पनि राजिनामा दिईसकेकी छु । अबको दुई दिनपछि म कतै पर अर्कै भूगोलमा हुनेछु । आफ्नै शरीरले आफैलाई भेट्नको लागि पनि कोही कसैको सामिप्यता चाहिने रहेछ त्यो तिमीले दियौ जुन मेरा लागि सम्झनलायक कुरा बन्नेछ । आशा छ  तिमीले सजिलै मलाई बिर्सनेछौ । र कोही तिमीलाई पूर्ण रुपमा माया गर्ने अर्को मानिस चाडै भेट्नेछौ ।

उहि अदिति

उसको म्यासेजले मलाई एक हिसाबले शान्ति दिएको छ तर अर्को हिसाबले बेचैन पनि बनाएको छ । उ मसँग नरहनुलाई सामान्य मान्न सक्दिन तर रहिरहनुमा पनि खुल्ला हुन सक्दिन । अब उ मसँग सदाझै नाङ्गो भएर आउनेछैन । सायद उजस्तै अरु कोहीसँग फेरी म त्यसरीनै नजिक हुन सक्नेछैन ।  उ जसरी मेरो जीवनमा आई त्यसलाई असल र खराब दुबै मान्न म सक्दिन । हामी दुबै भोकाएका थियौ बस् हामी बिचको शारीरीक सामिप्यताले त्यो भोकलाई शान्त पार्यो । यदि समाजले देख्यो भने त्यो नैतिकताको खराब बिन्दु बन्नेछ । हामी बिचको नग्नतालाई अबैध ठह्याउँनेछ । र हामीलाई चारित्रिकताको अर्को प्रमाणपत्र दिनेछ । तर के समाज हामीले सोचेझै सपाट नग्नताले मात्र अडिएको होला ? वा के हामीले सोचेका सम्बन्धहरुमा सन्तुष्टिका सार्वभौम परिधिहरु मात्र होलान् । वा हामी सबै कुनै पर्दाभित्र नग्न छौ तर समाजले खोजेझै पर्दाबाहिर नैतिकताको अर्को कठोर धरातलमा आफैलाई सपाट मात्र देखाउँदैछौ । म लेख्छु........................

प्रिय अदिती,

सबैसबैका लागि धन्यबाद । तिमीसँग कृतज्ञ हुनुपर्ने धेरै कुराहरु छन् तथापी तिमी जसरी मबाट पर जाँदैछौ त्यसमा कुनै गुनासो छैन । मलाई लाग्छ, तिमी म भन्दा धेरै राम्रो मान्छे हौ । तिमीले जे रोज्यौ  त्यो तिम्रो भागको खुसी थियो । मलाई लाग्छ तिम्रो भागको खुसी कसैले नखोसोस् । जाँदैगर्दा यही भन्न चाहन्छु म तिमीले सोचेझै राम्रो मानिस होइन । मलाई लाग्दैन म तिमीजस्तै अर्को छोरीमान्छेलाई प्रेम गर्नसक्नेछु.......................................................................................................................................


यति लेखिभ्याउँदा मेरा हातहरु कापेका छन् । आफेँलाई ऐनामा हेर्छु लाग्छ आफैँलाई चिन्दिन । जसरी पहिलोपटक उसको अगाडी नाङ्गो हुँदा एक खाली रित्तो मानिस आफूलाई भेटेको थिएँ फेरी अर्को पटक त्यस्तै रित्तो भेटेको छु । थाहा छ अब उसले मेरो म्यासेजको रिप्लाई उसले दिने छैन । तर पनि उसको रिप्लाई बारे सोच्दा मन अत्तालिन्छ । थाहा छैन मैले कसरी कसैको शरिरलाई मात्र प्रेम गरेँ । कसरी उ मेरा लागि एउटा शरीर मात्र भएर बिदा लिई ।

बाटोमा एक्लै हिड्दैछु । मोबाइलको डाटा अन गर्न सकेको छैन । हिड्दा पनि हात कापि रहेछ । थाहा छैन उसले मलाई कसरी लिनेछ । भोली मेरो जीवन कोही आयो भने फेरी अर्कोपटक यस कथालाई कसरी बुझ्नेछ । म एक भोको मानिस थिएँ तृप्तीको लागि शरीर मात्र बनिदिँए । तर मन शरीर मात्र केही होइन भनिदिन्छ । तर भोकोपन त्यस्तो नभन्दो रहेछ । भोको मान्छेको  लागि तृप्तीनै संसार लाग्दो रहेछ । मन त हो आफूले आफैँलाई यस्तै यस्तै भन्छ । बाटोमा हिड्ने हरेक छोरामान्छे मेरै प्रतिबिम्ब हो कि भन्ने पनि लाग्छ । गोजिमा राखेको माक्स झिक्छु फेरी अर्कोपटक आफैँलाई नचिनेझै गरिदिन्छु । एक अपरिचित मानिसको छाँया बोकेर म हिडिरहेछु । 

बाटोमा फेरी कोही अर्को चिनेको मानिस भेटिन्छ । सजिलै भनिदिन्छ तिमी आदर्श होइनौ ? म फेरी अर्कोपटक आफ्नै नामले तर्सिन्छु । नामको आदर्शले फेरी अर्कोपटक मलाई गालामा हानेझै लाग्छ । फेरी अर्कोपटक उसले, “के तिमीले अर्कोपटक  मजस्तै अर्की छोरीमान्छैलाई अर्की छोरीमान्छेलाई प्रेम गर्न  सक्छौ भनेको सम्झन्छु । मनले फेरी भन्छ  सक्दिन । त्यसरीनै बरालिन्छु घर फर्कन्छु । फेरी अर्को पटक इन्स्टा खोल्छु । उसको म्यासेज भेट्दिन । एकछिन मन शान्त भएझै हुन्छ । 

मनभरी म नाङ्गो नै छु । परिचितभाझ आदर्शको  खोल ओड्छु । तर आफैँभित्र ति आदर्शहरु केही बाकी छैनन् । म जो हु त्यो एक शरिरको प्रििबम्ब मात्र हो । त्यसभित्र भोक मात्र छ । तर समाजको अगाडि त्यो भोकलाई यसर िछा्पेर हिड्रछु लाग्छ म अतृप्त भएर पनि तृप्त छु । अदितिलाई सम्झन्छु लाग्छ उसले पनि त्यही भोकको बाटो रोजी । मैले पनि त्यही रोजेँ । तर म उसलाई भोगको आँखाले मात्र हेर्नेछु । यो कुराले अनौठो चस्का दिन्छ । तर म उसलाई हेर्ने नजर बदल्न सक्दिन ।

आधा रात भैसकेको छ । म उसको नग्न शरीरलाई फेरी सम्झन्छु । उ फेरी म माझ नाङ्गो भएर आउँनेछैन  त्यो पनि सम्झन्छु ।  मैले देखेको र भोगेको नग्न शरीर उसको मात्र हो । फेरी अर्कोपटक उसलाई सम्झेर आफैँमा लिप्त हुन्छु । तर मनमनै आफैँलाई माफ गर्न सक्दिन । फेरी मनले अर्कोपटक भन्छ उजस्तै अर्की छोरीमान्छेलाई  प्रेम गर्न सक्दिन ।

Monday, May 5, 2025

अर्धकल्प

 


  यो कल्पना होइन । यो पूर्ण कल्पना पनि होइन । यो जीवनमा नजोडिएका बिन्दु झै हो । बिन्दुले उपस्थितिको पूर्णतालाई जनाउँदैन । कहिलेकाही लाग्छ म उपस्थितिको त्यही अबस्थामा छु जसलाई अनुपस्थित भन्दा पनि हुन्छ । उ थियो जीवनमा  तर उसको उपस्थितिलाई उपस्थिति मात्र मान्दिदा हुन्छ ।  आज बाट उ थियो भनेर भन्दा हुन्छ । उ गएकोमा मलाई कुनै गुनासो पनि छैन । कहिलेकाही लाग्छ चिच्याएर भनिदिउँ तिमीहरु सबै उस्तै हौ । म मेरो आफ्नो लागि काफी छु ।

उसँग करिब एक बर्ष बिरानो देशमा बिताएँ । लागेको थियो कसैले छाडे पनि उसले मलाई सम्हाल्नेछ । टुटेकालाई प्रिय ठान्नेहरु मलाई अझ प्रिय लाग्छ । म टुटेकी थिएँ । मलाई लाग्यो उसको उपस्थितिले सब सामान्यझै बन्नेछ । म फेरी पहिलेको झै बन्नेछु ।

म किन टुटेँ कारण छ । बिनाकारण कोही टुट्छ र ? उसको नाम अंगत थियो । उ मेरो कान्छी काकीको साथिको भाई  । किनकिन काकीलाई लाग्यो उसको र मेरो जोडी जम्छ ।  काकीले आमालाई भन्नुभयो, आमाले बालाई । कालन्तरमा कुरो मसम्म पुग्यो । आमाले भन्नुभयो , “आफन्तनै हुन् सबै कुरो मिल्यो भने बिहेका लागि नाई नभनेस्, पढ्ने, जागिर खाने कुरा बिस्तारै गर्दा पनि हुन्छ” । त्यतिखेर म भर्खर एक्काइस बर्षको थिएँ । अरुको बिहे देख्दा रमाइलै पनि लाग्थ्यो  । आमालाई देखाउँन नसके पनि भित्रभित्र खुसी थिएँ । उ काकीको घरमा आयो, म पनि काकीको घरमा गएँ । एक छिन गफ गरेँझै गर्यो जब फक्र्यो बिहेको लागी हुन्छ भन्ने खबर आयो । घरमा खुसीयाली छायो । म भित्र अनौठो उल्लास र खुसी दुबै । मलाई लागेको थियो उ फर्केपछि मलाई फेसबुकमा रिक्वोस्ट पढाउनेछ, अरुको देखेझै म पनि उसँग बिहेअघि मजाले बोल्नेछु । तर त्यस्तो केही भएन । उसले न रिक्वोस्ट पठायो, न फोन गर्यो । रिक्वोस्ट मैले आफैले पठाए तर बोल्न सकिन ।

घरकाले जिस्क्याउँथे, बोल घुम भन्थेँ म पनि बोल्दैछु झै गर्थे । करिब एक हप्तापछि बिहे छिन्ने दिन फिक्स भयो । एक महिनापछि बिहे गर्ने टुङ्गो पनि लाग्यो । इनगेजमेन्टको दिन पनि उसको र मेरो गफ हुदै  भएन । त्यसदिन पछि मलाई लाग्यो सम्बन्धहरु देखेझै नहुँदा रहेछन् । जीवनमा एकखाले सान्नाटा छाएको थियो । तर म कसैलाई भन्न सक्दैनथे । दाईलाई भनु कसरी भनु, आमालाई भनु कसरी भनु । मैले साथीहरुलाई पनि भन्न सकिन । 

बिस्तारै दिनहरु बित्दै थिएँ । बाआमाको लागि बिहेको लागि जोड्नुपर्ने र मिलाउनुपर्ने अनेक काम थिएँ । म कलेज जान्थेँ आउथेँ जीवन पहिलेझै थियो । तर पहिलेझै म खुसी थिइँन । एक दिन कलेजबाट फर्कदै गर्दा बाआमाको न्याउरो अनुहार देखे तर सोध्न सकिन । मलाई लाग्यो छोरीको बिहेको चिन्ताले होला । खाना खाएँ । कपडा धोएँ । तर बेलुकासम्म पनि उहाँहरुको अनुहार उस्तै थियो । दाई आयो खोई किन दाई पनि निराश देखिन्थ्यो । बेलुका दाईले मलाई बोलायो । दाईसँग मेरो खासै गफ हुँदैनथ्यो ।

म भित्र पसेँ उसले ठोका लगायोँ । “कल्प, तँलाई एउटा कुरा भन्नु थियो” उसले भन्यो । भन्नुन मैले भनेँ तर किनकिन मेरो मुटु बेस्सरी धड्किएको थियो । दाईले कामेको श्वरमा भन्यो , “त्यसले अर्कै केटी भगाएछ, बिहे नहुने भयो” । दाईले यति भनेपछि केही भन्न सकेन । 

  म कोठामा फर्के ......सबै देखेर रिस उठ्यो । त्यस रात किनकिन आमा पनि मसँगै सुत्न आउँनुभयो । तर आमाले मसँग केही भन्नुभएन । मलाई लागेको थियो त्यो सामान्य कुरा हो केही दिन पछि सबैले बिर्सनेछन् । तर त्यस्तो भएन जति समय बित्दै गयो मान्छेहरुले अझ सम्झाउँदै गएँ । 

धेरैले मेरो लागि प्रयोग गर्ने “बिचरा” शब्द देखेर मलाई असाध्दै रिस उठ्थ्यो । घरमा बिहेको कुरा चलेपनि त्यहि कारणले धेरैले मलाई रिजेक्ट गर्थे । कहिलेकाही मलाई लाग्थ्यो ममा केही कमी पो छ कि । एक दिन आकाशको कुरा आयो । सबैले भने उमेरमा केही ठूलो भएपनि बिदेशमा बसेको केटो हो यसको जीन्दगी राम्रो हुन्छ । तर अघिल्लोपटक झै त्यो पटक बाआमा भने खुसी हुनुहुन्नथ्यो न म नै थिएँ । उ सबैका लागि राम्रो बन्यो । पहिलेझै त्यसपटक पनि मैले नाई भन्न सकिन । केही मिनेट बोलेपछि सबै फिक्स भयो । अरुले झै उसले मेरो टुटेको इनगेजमेन्टबारे सोधेन । मलाई लाग्यो उसले म भित्रका तमाम तित्ततालाई पखाल्नेछ । चाडैनै बिहेको कुरा टुङ्गियो । यदाकदा हुने फोन कलमा उ मलाई राम्रो मानिसझै लाग्थ्यो । सायद मान्छेलाई आफ्नोझै लागेपछि सब राम्रो नै लाग्छ । एक हप्ताभित्र बिहेपनि भयो । मलाई लाग्यो म पूर्ण भए । 

केही दिनमा उ क्यानडा फक्र्यो । उ सँगको बिछोड सजिलो थिएन । उसले मलाई चाडैनै बोलाउँने कुरा गर्यो । उ फर्केपछि मलाई लाग्यो यी भूगोलका दुरीहरु मात्र हुन् । प्रेमलाई दुरीहरुले केही प्रभाव पार्दैन । उ दिनको एकपटक भिडियो कलमा बोल्थ्यो । त्यो मेरो लागि सबैभन्दा सुन्दर समय थियो । तर बिस्तारै फोन कलहरु पातलिन थाल्यो । उसले मलाई उता लाने कुरा पनि कम गर्न थाल्यो । मलाई एदाकदा लाग्थ्यो सायद यही जिन्दगी हो । तर म त्यसैलाई यर्थाथ मानेर स्विकार्न तयार थिइन ।

यतिकैमा दुई बर्षहरु बिते न उ फक्यो न म गएँ । सम्बन्ध सम्बन्ध जस्तो मात्र रह्यो । समाजलाई साक्षी राखेर लोग्ने स्वास्नी बनेका हामी समाजका लागि मात्र लोग्ने स्वास्नी बन्यौ । करिब दुई बर्षपछि हजुरआमाको तेह्र दिनको कामलाई उ नेपाल फर्कयो तर न पहिलेझै मसँग बोल्यो न माया ममता नै देखायो । मलाई कहिलेकाही लाग्थ्यो म मक्किएको घर भैसकेकी छु कुन दिन ठल्छु थाहा छैन । तर त्यो पटक फर्किएको खोला झै उसले मलाई क्यानडा बोलाउँने कुरा गर्यो । उ हप्ता दिन पनि नबसी फक्र्यो ।  एक महिनापछि म उता जाने सबै बन्दोबस्त मिल्यो । बाआमा, सासुससुरा सबै खुसी हुनुभयो । 

    म क्यानडा पुगेँ, बषौसम्म उसँग सँगै बस्ने सपना पुरा भएको थियो । तर खै किन म उसको आँखामा मेरा लागि केही भेट्दैनथेँ । उ काममा जान्थ्यो कहिले फर्कन्थ्यो कहिले फर्कदैनथ्यो । हामी समाजका लागि लोग्ने स्वास्नी थियौ तर लोग्ने स्वास्नी जस्तो नभएको बर्षौ भै सकेको थियो । म भित्र अनेको आवेगहरु थिएँ जुन बर्षौ देखी अतृप्त थिएँ । कहिलेकाही लाग्थ्यो सबैतिर ठिकै देखिनेहरुको जीवनमा पनि आँधि र हुरी चलिरहेको हुन्छ । क्यानडा गएको करिब ६ महिना पछि एक दिन अचानक किचन टेबलमा उसले मेरा लागि लेखेको सानो नोट भेटेँ ......

प्रिय अर्धकल्प

थाहा छैन कहाँ बाट सुरु गरौ । भन्नको लागि धेरै कुरा छ तिमीलाई तर तिमीछेउ आएर म भन्न सक्दिन ।  मलाई तिम्रा आँखाहरु देखेर डर लाग्छ । तिमीसँग बिहे गर्नु एक जोक झै लाग्छ । थाहा छ .... तिमीले एक श्रीमतीले गर्नुपर्ने सबै धर्महरु निभाएकी छौ । सबैभन्दा धेरै मलाई त्यसैले पोल्छ । तिमीलाई मैले मननपराइकन बिहे गरेको पनि होइन । तर जब म यता फर्के ..... दुरीले मात्र तृप्त हुन सकिन । सायद म स्वार्थी भएँ । नगर्नुपर्ने धेरै चिज गरेँ । सायद त्यसैलाई प्रेम ठानेर अरु कसैको प्रेममा परेँ । यो शरीर पापी हुँदो रहेछ कल्प, तिम्रो मायाले मात्र मलाई बाध्न सकेन । यहाँ तिमीजस्तै मेरो अर्को पनि कोही छ, म उसलाई पनि त्याग्न सक्दिन तिमीलाई तर परको कुरा । तर यदायदा लाग्छ तिमीले कोही अरु भेटेको भए हुने । मलाई तिम्रो इमान्दारिताले अझ धेरै पोल्छ । थाहा छैन यो सुनेपछि के कदम चाल्नेछेउ । मलाई आशा छ तिमीले आफ्नो खुसी रोज्नेछेउ । यो भन्दा अरु केही म लेखीरहन सक्दिन ।

तिम्रो खुसी चाहने

उही म

त्यो पढेपछि चुकिसकेकी म एकाएक फेरी नराम्ररी टुक्रिए । भनु कसलाई भनु भनु त्यो बिरानो मुलुक अझ बिरानो लाग्न थाल्यो । उ त्यो रात घर फर्केन । भोलिपल्ट फक्र्यो तर मलाई केही भन्न सकेन । मलाई किन किन लाग्यो अब उ मेरो लाग्ने होइन । मैले उसका अगाडी चाहेर पनि आँसु झारीन किनकिन लाग्यो त्यो आँशुलाई पनि गरेको अपमान हो । मैले उसलाई केही नभनी भने मलाई नेपाल फर्कने टिकट काटिदेउ । उसले भन्यो, “ केही समय बस तर आफ्नो खुसी रोज । म तिमी खुसी भएको देख्न चाहन्छु ।” उसले त्यो भनेपछि मैले आफ्ना आशुहरु रोक्न सकिन । छ महिनापछि सबै मिलाएर नेपाल फर्के । 

करिब एक बर्षपछि उसको र मेरो सम्बान्ध टुङ्ग्याएर आएकी छु । जताततै सुनसान निशब्दता मात्र भेट्दैछु । यो निशब्दताको सायद यी शब्दहरुले पुरै बोल्दैन । सायद यो सान्नाटा म भित्र सधै रहनेछ । वा समयसँगै म बिर्सनेछु । मलाई किनकिन बिर्सने मन छ ।

Sunday, May 4, 2025

जानु अघि

 

चराका एक हुन आफ्नै उडानमा छ । मेरा आखाहरुले उनीहरलाई छोडेका छैनन् । थाहा छैन उनीहरु कहाँ जाँदैछन् । जाँदैगर्दा जाँदैछु  भन्दै छन् वा छैनन् । तर जानु त छ । पर कतै.... । जानु अघि जाँदैछु पनि भन्नु छ ।

रोकिन सजिलो छैन । मलाई रुखहरु देखेर इष्र्या लाग्छ कसरी उनीहरु त्यसरी स्थिरतामा पनि रमाउँन सक्छन् । उनीहरुको स्थिरताले सदा लोभ्याउँछ । तर कहि जानु छ जाँदै गर्दा जाँदै छु भन्नु पनि छ ।

Thursday, May 1, 2025

बिष्मृति

 

बर्षौ भयो केही बिसर््ान खोजिरहेको । बिर्सन खोजेको पनि हो । बिर्सन नसकेको पनि हो । सम्झन मन नलागेको पनि हो । कहिलेकाही लाग्छ बिर्सेर म कहाँ जाउ । मैले टेक्ने जमिन । मैले समाउँने जरा र मैले बाच्ने समाज यही हो । तर बिर्सन चाहन्छु तर बिर्सन सक्दिन । 

यो अध्यारो कथा बनी मसँगै बाचिरहेछ । हरेक चैत एक हुरी बनेर आउँछ । म टाइमलाइनमा एक सन्त महात्माझै आफ्नै आघातहरुलाई शिद्घान्तमा बाध्छु र कसैले नबुझ्रने भाषामा केही बोल्छु । तर सम्झन्छु र बिर्सेझै गर्छु । सायद आघातका कथाहरु यसरी नै लेखिन्छन् । म चाहन्छु मलाई संसारले संग्लो मानिसको रुपमा बुझोस् । तर म सग्लो मानिस कहिल्यै थिइन । 

केटाकेटीमा साथी नभएर कुनामा लुक्ने मानिस, अल्लि ठूलो भएपछि आफन्तको भिडबाट अझ पर भाग्ने मानिस । आज पनि म भित्रै छ । कहिलेकाही लाग्छ चिच्याएर कसैलाई भनिदिउँ सग्लो हुन सजिलो छैन । 

थाहा छैन यी किबोडहरु मेरा बिष्मृतिका साक्षिहरु कहिलेसम्म बन्नेछन् । मलाई अपनाउनेछन् वा कुनै दिन आत्तिएर छोडिदिनेछन् । तर म यी सब कुरा बिर्सन चाहन्छु । एक शुन्य सुरुवातको आशामा छु जहाँ म सँग मेरा आफ्नो इतिहासको अबसेस रहनेछैन । आफैँलाई प्रेम गर्न थाल्नेछु र आफैँजस्तो अरु कोहीलाई पनि प्रेम गर्न थाल्नेछु ।

अरुको अगाडी अघुताभाषको अनुभूती सँगै जीउनेहरुको सायद यो साझा कथा हो । कहिलेकाही लाग्छ लेख्नु मेरो लागि मेमोरी वर्क मात्र हो । किनकी यसपछि म हलुका हुन्छु । कहिलेकाही अक्षरहरुले त्यस्तो स्वतन्त्रता दिन्छन् जो अरु चिज केहीले दिन सक्दैनन् । हो मेरा पखेटा र मेरा जराहरुको आधार अक्षरहरु नै हुन् । 

कहिलेकाही लेख्न सक्ने भएकोमा भाग्यमानी ठान्छु । सायद म सँग लेख्ने सिप नभएको भए मैले टेकेको आधार हलुका र अझ झिनो बन्ने थियो । कहिलेकाही आफैँलाई प्रमाणित गर्नको लागि पनि मानिसले अप्ठ्यारो बाटो रोज्छ । सायद लेखाइ मेरो लागि त्यस्तै केही हो ।

म बिरलै संरचनामा लेख्छु किनकी यो मेरो रोजाइ थिएन । जब मानिस आफ्नै लागि केही बाटाहरु रोज्छ त्यसमा रोजाइ भन्दा उपलब्ध स्रोत साधन नै पहिलो आधार बन्छ । म चित्रकार पनि बन्न सक्थेँ । मलाई रंगहरु आज पनि असाध्दै मनपर्छ । तर हुर्कदै गर्दा समँग रंगसम्म पुग्ने स्रोतसाधन थिएन ।

कहिलेकाही आफ्नै द्धोयस र आघात बोकी लेखेकोमा पछुतो पनि लाग्छ । मलाई लेख्ने मान्छे बिना पिडा पनि लेख्न सक्नुपर्छ भन्ने लाग्छ । लेखाई स्मृति  वा बिस्मृतिरमण होइन । र पनि कति कुरा बिर्सनैको लागि लेख्छु । मलाई लेखाई शिल्प हो भन्ने बिरलै लाग्छ । हुनसक्छ लेख्दै गर्दा मानिसले आफ्नै खाले लेख्ने कला समाउँछ त्यो स्वभाविक हो । एक छोरी मान्छेले म लेख्न मनपराउँछु भन्नुलाई आज पनि समाज महत्वपूर्ण ठान्दैन । त्यसैले यो निजात्मक तर मैले आफ्नै लागि रोजेको राजनैतिक बाटो पनि हो । म आफ्नो कथा आफ्नै तबरले लेखेर मर्न चाहन्छु । म चाहन्न म मरेपछि मानिसहरु मलाई रोमान्टिसाइज गरुन् । एक मानिस हुनुका आघातहरु चाहेर नचाहेर हामी सबैसँग नै हुन्छन् । म त्यो आघातहरुलाई आफ्नै तबरले अकाईभ गर्न चाहन्छु ।

थाहा छैन किन मलाई यी असंरचनात्मक अक्षरको यात्राले आफै आफ्नै आघातहरु बाट मूक्त  हुन खोजेको अनूभूती दिन्छ । यो लेख्दै बिर्सदै गर्ने छायाँको बाटो हो । बिर्सन खोज्नु भनेको अगाडि बढ्ने प्रयास गर्नु पनि हो ।

आफ्नै एकान्तको साक्षि बनेर आफैँलाई चिहाउँन सजिलो छ पनि छैन पनि । तर यो रोजाइ थिएन । हुर्कदै गर्दा आफ्नो समाजभित्र अट्न नसकेको अनुभूती गर्ने एक किशोरीले रोजेको आफैँसँग वार्तालाप गर्ने एक बाटोमात्र थियो । आज आएर कहिलेकाही अनुभूती हुन्छ अभिब्यक्ति भन्दा ठूलो स्वतन्त्रता अरु केही रहेनछ । आज पनि कहिलेकाही त्यो दुखी, एक्ली, सबैले नराम्री काली भनिदिने फूच्ची किशोरीलाई देखेर माया लाग्छ । यो उसले रोजेको बाटो थियो । त्यो बाटो सजिलो थिएन । कसैले उसलाई पढिदिएला की भन्ने डर पनि थियो । नबुझिने तरिकाले लेख्ने शिल्प थिएन । अरुले बुझेँ भने के भन्लान भन्ने लज्जा पनि थियो । 

यही लज्जा, पिडा र स्वतन्त्रता बिच कोही लेखिरहेछ भने त्यो आफैँलाई बुझ्न रोजको मेमोरी वर्क मात्र हो । यसलाई जे ठान्दा पनि हुन्छ स्वतन्त्रता, रोजाइ वा अचल्तिको बाटो ।

कथा र अकथा बिच कतै अल्झिएको म

 

के म कथा हुँ ? होइन, होइन भने किन कथाझै संरचनामा बाचिरहेछु । मलाई कथाहरु सधै संरचनाका उपच लाग्छ । किन कथाले पात्र माग्छ । परिबेश माग्छ । कथानक माग्छ । द्घन्द माग्छ । द्घन्दको उचित अन्त्य माग्छ । हो जीवन पनि कथाझै हो । वा भनौ कथालाई जीवन भनिदिन्छौ ।

तर म कथा होइन । म जीवनको कथाझै अधुरो अन्त्य चाहन्न । द्घन्दको उचित अन्त्य चाहन्न । म त मेरा कथाझै आफ्नै खाले यात्रा चाहन्छु । हो म कथा लेख्दिन । म आफैँलाई लेख्छु । तर मेरो जीवन कथाझै छ ? छैन , छैन भने किन लेखिरहेछु ? किनभने म लेख्न चाहन्छु । मैले बुझेँदेखी म लेख्न नै चाहन्थे । मलाई संसारलाई भन्नु थियो म पनि लेख्न सक्छु । मलाई आफ्नै जस्ता कथा भन्नु थियो बिना संरचनाका । हो मलाई बिना संरचनामा बाच्नु थियो । बाचेको कुरा दुनियालाई सुनाउँनु पनि थियो । नसुनाएझै गर्नु पनि थियो । म यस्तै नै हो म मेरा कथाहरु सुनाउँन पनि चाहन्छु तर कथाकै रुपमा होइन । म कथाभित्र अठ्दिन । मेरो जीवन पनि अट्देन । तर मलाई केही भन्नु छ । र भनेको कुरा सुनाउँनु पनि । तर आफ्नै लागि लेखेझै गर्नु पनि छ । 

कहिलेकाही मलाई आफू चित्रकार नभएकोमा दुखेसो लाग्छ । म जे छु चित्रझै प्रष्ट छैन । धुमिलताहरु, संरचनाबिनाका अक्षरहरु मसँग बाच्छन् जो म लेखिदिन्छु । मेरो दिमाग मेरो लेखाइ हो । सक्ने भए म भित्रका सबै अनुभूतीहरु लेखिदिन्थेँ । आफैँलाई दावी पनि गर्थे र आफैँलाई मेटिदिन्थेँ पनि । 

तर थाहा छैन यी बिनाअर्थका कामले मलाई खुसी मात्र बनाउँछ । तर म दुखी हुँदा लेख्छु । कथाहरु मेरा दुखका साक्षि हुन् ।  तर कहिलेकाही लाग्छ  यी बिना मतलबका अकथाहरु लेखिबस्नुको कुनै अर्थ छ? छैन भने म किन लेखिरहेछु । 

एक मन भन्छ जे मनपर्छ त्यो गर्नु राम्रो हो । कहिलेकाही लाग्छ मलाई किन यस्ता बिनामतलबका असंरचनाका लहडी काम मनपर्छ । म यी कुरा दुनियालाई भन्न सक्दिन । परिवारलाई भन्न सक्दिन । साथीभाईलाई पनि बिरलै भन्छु । तर भन्न आवश्यक पनि त छैन । 

.. धुमिलता

बाहिर कतै घर बन्दैछ । अब शहरमा बन्नको लागि घर मात्र त छ । घर भित्र सायद घर बाकी छ वा छैन कसैलाई थाहा छैन । मानिस मानिस जस्ता छैनन् । फूलहर...