यो पटकपटक दोहोरीने कथा हो । अथवा कथा नभन्दा पनि हुन्छ । तर दोहोरीनु सजिलो काम होइन अझ केही नभएझै दोहोरीनु अझ सजिलो काम होइन । पाइला चाले पनि पाइला नचालेझै गर्नु । बाचेँ पनि नबाचेझै गर्नु । शास फेरे पनि सास नफेरेझै गर्नु । एक लिलिपुटझै भएर पनि नरहनुको यर्थाथ सायद दोहोरीनु हो ।
हो पटकपटक दोहोरीन्छु । कहिले भान्छाघरमा । कहिले कक्षाकोठामा । कहिले पुजाघरमा । कहिले साथीसँग । कहिले भिडमा । कहिले एकान्तमा । कहिलेकाही त आफैँसँग पनि । यस्तो लाग्छ आकाशामा बादलरहेझैँ । घाम लागेझैँ । अथवा पानी परेँझै । वा केही नभएझै पटकपटक म आफू हुनुको पट्यारलाग्दो झिनोपनलाई महशुस गर्छु ।
हरेक दिन करिब आदा दर्जन चिया कपहरु रित्तन्छन् । न त्यो रित्याइ नौलो न चियाका कपहरु तर पनि केही नभएझै । वा केही भएझै उत्साह बोकेर , म चिया उमाल्छु । म दुध उमाल्छु । अदुवा कोरेर राख्छु । यस्तो लाग्छ मानौ म कुनै नयाँ चियाको रेसिपि बनाउँदैछुु । कापिका पानाहरुमा पटक पटक दोहोरिन्छु । किताबका पानाहरुमा । गोरेटो मूलबाटो र गल्लिहरुमा । रित्तिन्छु र दोहोरिन्छु ।
एक अत्यासलाग्दो सुनसान बिहानीलाई केही भएझै ठानेर म किबोडमा औलाहरु चलाउँछु
No comments:
Post a Comment