Wednesday, March 18, 2026

एक निजत्व एक प्रेम


मैले आकाशलाई हेरेँ । जमिनलाई पनि हेरेँ । नजिकैकका फूलहरु र रुखहरुलाई पनि हेरेँ । र आफैँलाई फेरी अर्कोपटक ऐनामा हेरेँ । मायाझै केही लाग्छ कसैले भनिदियो भने म फेरी अर्कोपटक यीनैलाई हेर्नेछु । म सारमा केही भेट्दिन । हरेक दिन आजलाई बिदा गरेको मा खुसी हुन्छ । तर भोली र हिजो जो थिएँ जो हुनेछन् जसले मलाई बाधेका छन् । धरती र फूलहरुझै कहाँ सजिलो छ र आज बनिदिन । 

हरेक बिहानीझै आज भएर म बाच्न चाहन्छु । यूद्धमा आफ्नो प्रेमी गुमाएकी प्रेमीकाका यस्तो लाग्छ मसँग क्रोध मात्र बाकी छ । यस्तो लाग्छ यो समयमा आफू भएर बाच्न चाहनु सबैभन्दा ठूलो यूद्ध  हो ।

No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...