प्रिय सडक,
हो म हल्ला पनि सुनसान गर्छु । कुनै मुर्दाघर । कुनै चिहान । कुनै बाग्मतीको किनाराझै तिमी आयौ भने पनि म भैदिन सक्छु एक अर्को मूर्दाघर । तर आज म तिम्रो पर्खाइमा छु किनकी म हल्ला गर्न चाहन्छु । मेरा घर , मेरो सडक , मेरो ओछ्यानले मलाई सुनसान बनाउँछ । थाहा छ हिजो त म चाहेर पनि खोकिन किन थाहा छ किनकी मलाई हल्ला गर्न लाज लाग्छ । तर म लज्जालु छैन तिमी आयौ भने म मन फूकाएर कुनै बन्धनबाट छुटेको बन्धनमूक्त जनावरझे उर्फन पनि सक्नेछु । कराउन पनि सक्नेछु । हाँस्न पनि सक्नेछु र तिमीलाई अँगाल्न पनि सक्नेछु । हो पर्खाइत तिम्रो हो ।
बर्षौ देखी मैले चाहेको कुनै अपरिचित सडक नै हो । हो मेरो घरअगाडीको मूलबाटोले मलाई चिन्दैन र पनि खुल्न दिँदैन । मूलबाटोमा एक हुल जब मानिसहरु हिड्छन् यस्तो लाग्छ यीनिहरु म्ोरो आवाजलाई नाप्ने र सँजाय तोक्ने वकिलहरु हुन् । म त उन्मूक्तता चाहन्छु । मेरो डेक्सटपमा बाकी बसेका मेरा कथाहरुलाई मेरो अनुहार नहेरी , मेरो अनुभव नहेरी मलाई माया गरिदिने मानिसहरु चाहन्छु । कुनै अन्जान सडकमा हराउँन चाहन्छु । अपरिचित माटोमा मेरो माटोको गन्धलाई फर्केर हेर्न चाहन्छु । म कतै पुगेर आफैँलाई दुरीमा राखेर फेरी फर्कन चाहन्छु
प्रिय अपरिचित हो म हल्ला गर्न चाहन्छु तर सडकमा.......
No comments:
Post a Comment