Tuesday, December 17, 2024

जानेहरुको नाउँमा

 

यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो महिना हजुरआमा रहनुभएन । उहाँ जानेहरुको अर्को नम्बर बन्नुभयो । जाँदै गर्दा गएँ भन्ने शब्दहरु उहाँसँग थिएनन् । सायद उहाँ कुनै मौन बिन्दुझै जानुभयो ।

जाँदै गर्दा बिदा गर्न सजिलो थिएन । तथापी नियतीलाई अस्विकार्न पनि सकिएन । उहाँ अब जुन तारा होइन माटोमा बिलाउँनुभयो । हामी सबै माटोमा नै बिलाउनेछौ । ...........................................................................................................................................................................................................

Friday, November 29, 2024

गाउँयात्रा


निर्जला अधिकारी 

चिनिया लेखक लु सुन आफ्नो कथा “माइ बोल्ड होम” मा बिस बर्ष पछि आफ्नो गाउँ फर्कदा आफूमा रहेका स्मृति र यर्थाथ बिचको द्वन्दलाई कथा मार्फत प्रस्तुत गर्छन् । जब उनी गाउँ पुग्छन् उनको स्मृतिमाझै गाउँ सुन्दर पाउँदैनन् एक भगनावशेषको रुपमा मात्र भेट्छन् । बिसौ शताब्दीको चिनिया समाजको चित्रण गरीएको उक्त कथा र अहिलेको नेपाली समाजलाई गहिरेर हेर्दा बिरलै भिन्नताहरु भेटिन्छन् । रविन गिरीको सम्पादनमा रहेको “संकथन” भनेर नामाकृत यस म्यागजिनले हामी सबैलाई हाम्रा गाउँघरको सामाजिक, आर्थिक, राजनैतिक र भौगोलिक  यात्रामा लग्नेछ । अकेजनल म्यागजिनको रुपमा लिईएको यस म्यागजिनको पहिलो खण्डका अधिंकाश सामग्रीहरु अनुसन्धात्मक किसिमका भए पनि यो अनुसन्धात्मक जर्नल भने होइन । तर नेपाली पत्रकारीतामा र विचार निर्माणमा म्यागजिनमा पाइने गहन सामग्रीको संकटको समयमा यसले हामीलाई केही बेर घोत्लने र केहीबेर आफ्नै गाउँघरबारे सोच्न अवस्य बाध्य बनाउँछ । 

म्यागजिनको पहिलो खण्डलाई गाउँ–सहर भनेर नामाकरण गरिए पनि अधिकांश सामाग्रीहरु गाउँकेन्द्रित छन् । रविन गिरी म्यागजिनको प्रारम्भमै लेख्हुन्छ “ गाउँमा रहँदा सहरको सपना अनि सहर पुगेपछि  सपनामा गाउँ नै  गाउँ देख्ने चेतन÷अचेतन उपक्रम किन कहिल्यै सकिँदैन” (४) म्यागजिनको पहिलो खण्डका सामग्रीहरुले यसैको उत्तर दिन्छन् । जब समाजमा आधुनिकताका किरणहरु भित्रन थाल्छन् गाउँ पहिलेझै गाउँ रहँदैन । जीविकाका लागि, सुविधाका लागि सहर छिर्नेहरु त्यही सुदुर गाउँबाट आफूलाई अलग राख्न सक्दैनन् । स्मृतिरमण भनेर भनिएको निजात्मक निबन्धहरुमा बसन्त थापा, बिष्णु सापकोटा, दिपक अर्याल, सुबिन भट्टराई, बसन्त बस्नेत, जीवा लामिछानेको गाउँस्मृति लु सुनको कथा भन्दा फरक भेटिदैन ।

प्राध्यापक अभि सुवेदी आफ्नो पुस्तक फ्लानरको डायरीमा लेख्नुहुन्छ, “ अर्को स्विकृति म गाउँले मानिस हुँ  म जति सहरहरुमा भौतारिए  पनि म कहिल्यै त्यस सहर परिवेशको भित्रि मानिस हुन सकिनँ ।  मभित्र एउटा गाउँले लज्जा सधै रह्यो । अलिक हर्किएर पछि बस्ने अनि लुक्ने बानिले मलाई कहिल्यै छोडेन ”(१२) । फ्रान्सेली शब्द फ्लानरको बिम्बमा आफूलाई उभ्याउँदै एउटा गाउँले मानिस सहरमा सधै एक आउटसाइडर वा अन्य को अस्तित्व बोकेर कसरी  बस्छ भन्ने कुरा उहाँले भन्नुभएको छ । सुवेदीझै म्यागजिनका अधिकांश सामाग्रीहरुले त्यही फ्लानरको प्रतिबिम्बलाई बोकेर हिड्छन् । सहरमा रहेर पनि धेरैले आफ्नो सहरको प्रतिबिम्बलाई  एक आउटसाइडरको प्रतिबिम्बको रुपमा लिएका छन् । उनीहरुको लागि सहर अन्य र अदर हो । बर्षौ सहरमै रहेर पनि उनीहरु आफ्नो अस्तित्व गाउँमै भेट्छन् ।

केही बर्ष अघिसम्म हाम्रा पाठ्यपुस्तकहरुमा नेपाल गाउँनै गाउँले भरीएको देश हो भन्ने वाक्य सजिलै भटिन्थ्यो । गाउँ हाम्रा लागि शुद्वताको, निश्चलताको, स्वच्छताको मानक थियो । हामीलाई लाग्थ्यो हाम्रो परिचय त्यहि हो । बितेका तिस बर्षहरुमा गाउँहरु  बिस्तारै मानिस बिहिन बन्दै गए, हामीलाई लाग्यो जीवनलाई सार्थक बनाउँनु भनेको सहर छिर्नु हो, सहरमा घर घडेरी किन्नु हो, देश बिदेश पुग्नु हो । प्रबिधिको बिकाससँगै यी सबै कुरा सजिला पनि बने । तर मानिसका लागि आफ्नो जीवनका सुरुका दश, पन्ध्र बर्ष बिताएका ठाउँ अति नै महत्वपूर्ण हुन्छन् । अधिकांश लेखकले आफ्ना बाल्यकाललाई एक स्वर्णिम समयको रुपमा ब्याख्या गर्दा सायद यहि मनोबिज्ञानले काम गरेको छ । पिताम्बर शर्मा आफ्नो गाउँ पर्वतको फलेवासलाई ब्याख्या गर्दा यसरी नै गर्नुहुन्छ । गाउँका बिभिन्न आयामहरु, समयसँगै गाउँमा आएका बदलावहरुको ब्याख्या गरिरहँदा पनि सायद उहाँलाई लाग्यो आफ्नो गाउँ सबैभन्दा सुन्दर गाउँ हो ।

त्यसैगरी हरि शर्मा गाउँलाई एक बहुआयामीका दृष्टिकोणबाट हेर्नुहुन्छ । उहाँ गाउँ र सहर अनि राज्य बिच रहने शक्ति संरचनाको बिषयमा बोल्नुहुन्छ । राज्यको दृष्टिकोणबाट गाँउलाई हेर्ने हो भने गाउँको स्थान जहिल्यै एक सिमान्तको रुपमा रहन्छ । उहाँको यो अभिब्यक्तिले सायद गाउँ दर्शनमा अर्को इट्टा थपेको छ । म्यागजिनभरी सबैभन्दा बलियो आलेख कसैको छ भने त्यो सबिन निङ्लेखुको छ । उहाँले गाउँमा सडक भित्रिएपछि कसरी गाउँ गाउँ रहेनन् भन्नुभएको छ । उहाँ लेख्नुहुन्छ, “ सडकको आफ्नो कुनै गन्तव्य हुँदैन । कतै जाने माध्यम भयो सडक । “बिकास” सम्म आइपुग्ने माध्यम । गाउँ सडक जस्तै हो । अथवा भनौँ, गाउँको दर्जा अब सडकमा झर्न गयो ” (२८) । गाउँलाई सडकको बिम्बमा जसरी  सबिनले लेख्नुभएको छ त्यसले बिकासको प्राविधिक ब्याख्याले गाउँहरु कसरी निर्जन बन्दैछन् भन्नेकुरा बोल्छ ।

मोहन मैनाली र  नविन पौडेल समयसँगै नवलपरासरीको एउटा गाउँमा आएको रुपान्तरण कलम चलाउँनुहुन्छ् । उहाँहरुले प्रस्तुत गरेको समयसँगै गाउँले देखेको बद्लावले धेरै नगरउन्मुख गाउँको भित्रि मर्म बोल्छ । मोहन शाही “घर छन्, मान्छे नाइँ” भन्दै डोटिको त्यस्तो गाउँबारे लेख्नुहुन्छ जसले संसारमा बिक्ने मान्छे त जन्मायो तर जन्माउँने ठाउँ बत्तिमुनिको उन्यालोझै सधै अध्यारो नै रहिरह्यो । वसन्सप्रताप सिंहको , “गाँउ हराए के होला !” ले बिकाससँगै राजनिति घुसेसँगै गाउँले आफ्नो गाउँलेपन गुमाएको कथा बोल्छ । मोहन शाही र बसन्तप्रताप सिँहका दुई लेखहरुले पश्चिम नेपालको गाउँघरलाई बुझाएका छन् । 

राकेशप्रसाद चौधरी आफ्नो लेख,  “पहिले वज्र देहात, अहिले देहात भन्दै” समयसँगै तराइका गाउँ देहातमा आएको परिवर्तनबारे बोल्नुहुन्छ । समयसँगै के बद्लियो के बद्लिएन गाउँ देहातमा यी कुरा उहाँलाई पढ्दा भेटिन्छ । गोपाल दाहाल गाउँका लागि बन्ने बजेट बारे लेख्नुहुन्छ । बिकासलागि बजेटको महत्वबारे उहाँको लेखले बोल्छ । सुजाता तमाङ आफ्नो लेख “मेरो गाउँको पात्रो” मा समयसँगै हामीले खाने खाध्यान्नमा आएको रुपान्तरण र त्यसले ल्याएको असरबारे बोल्नुहुन्छ । त्यसैगरी इन्दु थारु समयसँगै हाम्रा ग्रामीण मौलिकताहरु कसरी मासिँदैछन् र त्यसलाई किन जोगाउँने बारे “मौलिकता लिकबाहिरमा” लेख्नुहुन्छ । 

क्रान्तिबाट मात्र परिवर्तन सम्भव छ भनेर दश बर्षे जनयूद्व लडेका बाबुराम भट्टराई गुरुङ सुसान्तसँगको कुराकानीमा  अब गाउँबाट क्रान्ति आवश्यक छैन भन्नुहुन्छ । जसले उहाँमा आएको वैचारीक रुपान्तरण झल्काउँछ । त्यसैगरी  समाजशास्त्री सुरेश ढकाल ग्रामिण अर्थतन्त्रबारे कलम चलाउनुहुन्छ । उहाँका अनुसार मौलिक र स्वाधिन अर्थतन्त्र बिना समुन्नत गाम्रिण बिकास सम्भव छैन ।

अध्येता भाष्कर गौतमको  “मान्छे खोजिरहेको गाउँ” ले गुमनाम र अपहेलित गाउँको बिम्बले समग्र मानव बिकास र इतिहासमा के कस्ता चुनौतिहरु थप्नेछ भन्नेबारे बोल्छ । त्यस्तै मिनराज अधिकारीको आलेख “बसाँइ हिड्नेहरुको कथाले” समग्र बसाँइसराइले ल्याएको परिबर्तनलाई ब्याख्या गर्छ । तथ्याङ्कको प्रचुर प्रयोग गरेर लेखिएको उहाँको आलेखले बसाँइसराइ र गा्रमिण यर्थाथलाई तथ्याङ्कीय हिसाबले ब्याख्या गर्छ । 

म्यागजिनको अर्को बलियो लेख शिवहरी ज्ञवालीको रहेको छ । “गाँउ सुन्दर छैन” भन्ने शिर्षक दिए पनि यसले गाउँलाई सिमान्तकृत आँखाबाट हेर्छ । गरिव, महिला, दलित, आदिवासि र अल्पसड्ख्यको लागि गाउँ सुन्दरताको बिम्ब होइन भनेर ज्ञवाली आलेखमा भन्छन् । धेरै लेखकहरुले गाउँलाई एक  स्वर्गिय बिम्बको रुपमा मात्र ब्याख्या गरिरहदा उनको आलेखले गाउँका बेतिथि र पिडडिलोपनबारे मज्जाले बोल्छ । म्यागजिनभरी ज्ञवालीमात्र त्यस्ता लेखक हुनुहुन्छ जसले गाउँलाई एक फरक आँखा हेर्छ । त्यसैगरी प्रकाश वस्तीले ग्रामीण न्यायप्रणालीको इतिहासबारे जानकारी दिनुहुन्छ । उहाँ ग्रामीण न्याय प्रणालीलाई प्रवद्र्वन गर्न पनि जोड दिनुहुन्छ ।

दिपक चौधरी डिजिटलाइजेसन सँगै गाउँले जीवनमा आएको रुपान्तरण बारे लेख्नुहुन्छ । त्यसैगरी सोमत घिमिरे गाउँको पूर्नजागरणबारे कलम चलाउँछन् । उहाँको लेखले गाउँलाई कसरी जोगाउँनेबारे बोल्छ । अवनी अधिकारी गाउँ सहरको अन्तरघुलित अवधारणाबारे लेख्नुहुन्छ । अधिकारीका अनुसार, अब हामीले चाह्यौ भने अन्तरघुलित गाउँ र सहरहरु बनाउँन सक्छौ । प्रकृति र भौतिक विकासको उचित अन्तरघुलनबाट यो सम्भव छ भन्ने तर्क उहाँ प्रस्तुत गनुहुन्छ ।

  जगत देगजा गाउँ र कृषिको अन्तरनिर्भरताबारे आफ्नो लेख  “गाउँ भन्नु नै किसानी” मा लेख्नुहुन्छ । किसानीलाई सम्मानजनक पेषाको रुपमा हेरीनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । पत्रकारहरु केदार शर्मा र नारायण वाग्लेले सविना देवकोटासँग गरेको कुराकानीले सहर देखेर फेरी गाउँतिर लोभिएका मानिसहरुको कथा बोल्छ । कुन्द दिक्षितको “गाउँ फर्क अभियान” ले अब फेरी मानिसहरु किन गाउँ फर्कनछन् र पर्यावरणीय हिसाबले गाउँको महत्वबारे प्रस्ट पार्छ ।

हरिबहादुर  थापाको गाउँगाउँमा  “राविसे” ले करिब पँचास वर्ष अघि हामीलाई लग्छ । यस म्यागजिनमा प्रकाशित लेखहरुमध्ये मलाई अत्यन्त रोचक लागेको आलेख मध्धे यो पर्छ । देश र समाज बुझ्नको लागि  राष्ट्रिय विकास सेवा अझै सान्दर्भिक किन छ भन्ने बारे यसले प्रस्ट पार्छ ।

यो समिक्षा म्यागजिनको पूर्ण समिक्षा भने होइन । दोस्रो खण्ड, साहित्यबारे यसले बोल्दैन । पहिलो खण्डलाई हेर्दा प्रकाशक, सम्पादक, लेखक सबैको काम प्रशम्सनीय छ । बिषयका हिसाबले सकेसम्म बिबिधता र समावेशी नजरले गाउँलाई हेर्न खोजिए पनि  केही भूलचुकहरु अवस्य भएका छन् । पहाडी गाउँघरबारे जति सामग्रीहरु छन् त्यसको तुलनामा तराइ र हिमाल थोरै छ । अझ हिमाली गाउँ त कहि कतै भेटिँदैन । त्यसले समग्रतामा एकखाले खल्लोपन अवस्य दिएको छ ।

गाउँ–सहर भनेर नामाकरण गरे पनि यसले सहर बारे खासै बोल्दैन । अधिकांश लेखहरुले गाउँको वैभवबारे बढि तर गाउँका अफ्ठ्याराबारे कम बोल्छन् । शिवहरी ज्ञवाली र  सबिन निम्लेखुन केही अपवाद हुन् । दलित, अल्पसङ्ख्यक र पिडडिएका वर्कको गाउँ अनुभव कमै आएका छन् । सहर र गाउँलाई शैद्वान्तीक हिसाबले कम ब्याख्या गरीएको छ । अनुभवजन्य सामग्रीहरु बढी भएकाले कतिपय विचार र अवधारणाहरु दोहोरीएका छन् । सायद गाउँ र सहरलाई समान रुपमा स्थान दिइएको भए अझ सान्दर्भिक बन्थ्यो कि भन्ने पाठकको रुपमा अवस्य लाग्छ ।

समग्रमा भन्दा, म्यागजिनले जे गनुपर्ने हो , बिचार र ज्ञानको निर्माणको हिसाबले यसले गरेको छ । किल्कबिटको दौडमा रुमलिएको अहिलेको नेपाली पत्रकारीतामा यसले त्यो भन्दा पर बौद्विक र वैचारीक खुराक पस्केको छ । गम्भिर पाठकका लागि यसको पठनयात्रा अवस्य सुन्दर बन्नेछ । यसले हामीलाई फेरी आफ्नै गाँउघरतिर फर्काउँनेछ ।

सन्दर्भ सुचि

गिरी, रविन । २०८० । संकथन । काठमाडौ । निरज भारी ।

सुवेदी, अभि । २०७२ । फ्लानरको डायरी । काठमाडौः बिएन पुस्तक संसार ।

सुन, लु । १९२१ । सेलेक्टेड  स्टो।िज अफ लु सुन । पेकिङः फरेन ल्याङ्व्वेज प्रेस ।


Tuesday, November 26, 2024

प्रतिक्षा

 उसको कोठामा छु । सेता पर्दा सेतो तन्ना आकाशे रंगका कुशनहरुले कोठा उज्यालो देखिएको छ । ओछ्यानमा हरेक हप्ता उसलाई मनपर्ने सेतो रंगको तन्ना ओछ्याइदिन्छु । आज पनि अघिल्लो हप्ताझै अर्को सेट सेतो तन्ना ओछ्रयाएको छु । हरेक दिन उसको किताबमा जम्मा भएको धुलो पुछ्ने गर्छु । उसले बनाएका सबै चित्रहरुलाई फ्रेम गरेर राखेकी छु । उ छैन तर यी सबै चीजहरुले उ भएझै महसुस गराउँछन् । उसको यो बाइसौ जन्मदिन हो । बाइसौ जन्मदिनमा उसको लागि बाइिस वटा किताबहरु ल्याएकी छुु । थाहा छैन उसले यो देख्छे वा देख्दिन । तर मलाई लाग्छ उसले यो देखोस् । मेरो अगाडी उसले लेखेको अन्तिम डायरी छ..........................

डेट– १५ डिसेम्बर, २०२२

“हिजो रुपि कौरको होम बढी पढेँ ।  त्यसपछि रातभर स्याली रुनिको “कन्र्भसेसन बिथ  फेन्डस्”को सय पेज पढेँ । सधै झै हिजो पनि निद्रा लागेन । सुत्न नसेकेको तिन महिना भैसकेको छ । जब रात पर्न थाल्छ मुटु धड्किन्छ । सुत्न सक्दिन । बाच्छुझै वा बाचौँझै लाग्न छोडेको छ । थाहा छैन यस्ता निराश दिनहरु म कसरी काट्नेछु ।

मामूलाई धेरैपटक भनेको हो । तर मामूले पत्याउँनुहुन्न । म निदाउँन सक्दिन । केही नराम्रो कुरा सुन्नेबित्तिकै हात काम्छ । मेरा आँखाहरुले जे पनि डार्क र निराश देख्छ । पढ्न पनि आजकाल त्यहि मन लाग्दैन । हुन त सबैले मलाई किताबको किरो भन्छन् । तर आजकल पहिलेझैँ पढ्न सक्दिन । मलाई लेख्न मनपथ्र्यो तर आजकाल लेख्न पनि सक्दिन । नयाँ पेन्टिङ नबनाएको पनि कयौ महिना भैसक्यो ।

बाबाको अफिसको केही भर छैन । कहिले सेमिनार कहिले लेटनाइट मिटिङ । उहाँलाई मामूलाई दिने समय पनि छैन मेरो लागि त परको कुरा । मलाई एदाकदा लाग्छ मैले बाबालाई चिनेकै छैन । सानोमा स्कुलको प्यारेन्स डेमा पनि कहिल्यै आउँनु भएन । सबैका मामू बााबा एकैसाथ आएको देख्दा मलाई कस्तो कस्तो फिल हुन्थ्यो । 

मैले मामू र बाबा खुसीसाथ बसेको कहिल्यै देखेको छैन । थाहा छैन बाबा सधै किन घरबाट पर बस्नुहुन्छ । तर मामूले आफ्नो कुरा केही सेअर गनुहुन्न । उहाँलाई लाग्नसक्छ म अझै केटाकेटी नै छु । तर आइ ह्याव क्रस ट्वान्टी, आइ क्यान सेन्स इट । 

मलाई मूराकामी मनपथ्र्यो तर आजकाल मुराकामी पनि पढ्न सक्दिन । थाहा छैन के भाछ । मामू सधै भन्नुहुन्छ धेरै पढेर हो । उहाँ मेरो कुरा बुझ्नुहुन्न । इन्र्टोभट भएर होला मेरा मिल्ने साथीहरु पनि छैनन्  । 

अनिस सँग छुटिएको पनि एक वर्ष भै सकेछ । तर किनकिन आजकल लाग्छ म उसँग रिलेसनसिपमा हुँदा यति धेरै स्याड थिइन । कहिलेकाही त लाग्छ ठिकै भयो । तर सधैँ त्यस्तो लाग्दैन ।  हाम्रो सम्बन्ध  सम्बन्धमा रहेर पनि सम्बन्ध जस्तो थिएन । खोइ किन उ कमिटमेन्ट देखी डराउथ्यो । महिनौ हराउँथ्यो अनि फेरी पहिलेझै बोल्न लाउथ्यो । लास्ट टाइम हाम्रो ब्रेकअप हुनु अघि पनि उसँग म तीन महिनापछि भेटेकी थिएँ । किन किन मलाई लाग्यो उसले मेरो फिलिङलाई रेस्पेक्ट गर्न सकेन । मलाई त अहिले पनि लाग्छ उसको लागि सिचवेसनसिप मात्र थियो । उ आफ्नो स्केसुअल निडको लागि मात्र मसँग नजिक भएको थियो । मेरो लागि मात्र त्यो सम्बन्ध थियो । त्यो अन्तिम  भेटमा पनि मेरा आँखाबाट मात्र आँशु झरे । उसका आँखामा मैले केही भेटिन माया त परको कुरा ।

 तर कहिलेकाही उसको कम्पनी पनि मिस गर्छु । लाग्छ मलाई बुझिदिने कोही होस् । निद्रा नभएको बेला बोलिदिने कोही होस् । मलाई लाग्छ म इमोसनल्ली हेल्दी छैन । तर किनकिन मामू यो कुरा बुझ्नुहुन्न । मामूलाई लाग्छ धेरै पढ्नेहरु यस्तै हुन् । बिहान एक घण्टा  मेडिटेसन गर्छु तथापी दिनभर उदासीले छोड्दैन । आजकाल मामूले नदेख्ने् गरेर स्मोक पनि गर्न थालेकी छु । मलाई थाहा छ स्मोकिङ राम्रो होइन । तर किनकिन यसले एकछिन भए पनि उदासी कम गर्छ । मलाई कहिल्यै लागेको थिएन मैले बिस कटेपछि स्मोक गर्न थाल्नेछु । तर स्याड्ली आइ स्टाटेड याफ्टर ट्वान्टी । 

कलेजको सेमिस्टर ब्रेक भएको छ । थाहा छैन, यो एक महिना म कसरी बिताउँछु । मोबाइल छुनै मन पर्दैन । मोबाइल छुनेबित्तिकै हात काम्छ । कसैले गरेको फोनले मुटु फुटेझै धड्कन्छ ।  सोसल मिडिया सबै डियाक्टीभ गरेकी छु । पहिले पहिले बिदाको समय एक्लै बसन्तपुरतिर घुम्न जान्थेँ । यस्तो लाग्थ्यो बसन्तपुर कथाहरुको अलिखित संग्रह हो । तर आजकल जान मन लाग्दैन । कतै पनि निस्कन मन लाग्दैन । कोठाको पर्दाहरु पनि खोल्न मन लाग्दैन । मलाई उज्यालो कोठा मन पथ्र्यो तर आजकल उज्यालो देखेर पनि डर लाग्छ ।

कहिलेकाही लाग्छ मलाई यस्तो भएको मेरो अनयुजल चाइलहुडको कारणले हो । मैले मामुलाई पनि  यो कुरा अहिलेसम्म भन्न सकेको छैन । आइ युज टु बुलिड एट स्कुल । मलाई साथीहरुले लामखुट्टे भन्थेँ किनभने म दुब्लो र अग्लो थिएँ । मलाई स्कुल जान कहिल्यै मन लागेन । मेरो क्लासमेटहरुले ब्वाइफेन्ड बनाउँने टाइमसम्म पनि मैले बेस्ट फेन्ड पनि बनाउँन सकेको थिइन । आइ युज टु फिल ब्याड एवाउट माइसेल्फ । मलाई ऐनामा हेर्दा राम्री महसुस कहिल्यै भएन ।

अनिस मेरो पहिलो बोइफेन्ड थियो । मैले उसलाई टिन्डरमा भेटेको थिएँ । उसले आफ्नो बायोमा लेखेको थियो । “एन अनयुजल गाइ हु वान्ट टु सि अनयुजल गल” । मलाई लाग्यो उ मेरो लागि उपयुक्त छ । म पनि उ जस्तै अनयुजल हँु । तर समयसँगै उ खासै लोयल लागेन । उसको लागि म भन्दा अरु धेरै कुराहरु प्रिय थिए । बस् कहिलेकाही भेटेको बेलामा उ मसँग फिजिकल इन्टिमेसी मात्र चाहन्थ्यो । मलाई उसँग भन्नको लागि कति धेरै कुराहरु हुन्थ्यो । तर उ चाहन्थ्यो म उँग फिजिकल्ली मात्र इन्टिमेट बनुँ । कहिलेकाही राती भेटेर फर्केपछि उ मलाई न्यूड पठाउँन आग्रह गथ्यो । तर म त्यसको लागि कम्फरडेबल थिइन । मैले उसले भनेको नमानेपछि उ कयौ दिन मसँग बोल्दैनथ्यो । सधै यस्तै नै हुने गथ्र्यो बिस्तारै मलाई लाग्न थाल्यो उ र म सम्बन्धबाट एकै चिज चाहँदैनौ । मैले एक्लै हिड्ने बाटो रोजे ।

तर उसँग छुट्टिएसँगै अनेकौ कुराहरुले पिरोल्न थालेको छ । मलाई उसँग फिजिकल्ली इन्टिमेट भएकोमा नि रिग्रेट हुन्छ । तर माया गरेकोमा हुँदैन । मेरो लागि प्रेम शरीर मात्र थिएन । सायद उसले मेरो कुरा कहिल्यै बुझेन । 

 किन किन बिस्तारै बाच्नुको सार देख्न छोडेकी छु । थाहा छैन आइराख्ने सोसाइडल थटबाट कहिले बहकिने छु । थाहा छैन यो खालीपनले कहिले छोड्नेछ वा कहिल्यै छोड्नेछैन  । कहिले म पहिलेझै बन्न सक्नेछु । वा कहिल्यै बन्नसक्नेछैन । आजकल त म मरेपछि रुने मान्छेहरु बारे पनि सोच्ने गर्छु ।  मामूबारे सोच्छु नराम्रो फिल हुन्छ । उहाँको संँसार नै म हुँ । तथापी उहाँलाई म इमोस्नल्ली ठिक छैन भन्दा विस्वास लाग्दैन ।के डेथबारे सोच्नु नराम्रो हो ? मलाई लाग्छ म बाचेभन्दा मरेँभने मलाई शान्ती हुनेछ । म यी बिनानिद्राका खाली र उदास रातहरु कतिदिन झेल्न सकुँला । कहिलेकाही त राती आफ्नो धड्किएको मुटुको आवाजले आफैँ तर्सन्छु । निद्रा बिनाका रातहरु कसैका नहुन् । म शान्ती चाहन्छु । म चाहन्छु मैले केही फिल नगरुँ.....................................................................................

आज छोरीको जन्मदिन हो र उ नभएको ४५ दिन पनि । उ भएको भए अर्को उल्लास हुने थियो । अपूर्व पनि छोरीको जन्मदिनको लागि भनेर घरमा हुने थियो । उ गएपछि अपूर्व घर बिरलै आउँछ । थाहा छैन उ के महसुस गर्छ । केही नभनेपनि, यदाकदा लाग्छ यो सब हुनुमा उ मलाई दोसी ठान्छ । कहिलेकाही मलाई आफैँलाई पनि त्यस्तै लाग्छ । 

उसको  जन्मदिनमा उसका डायरीहरु पढ्दैछु । यो उसले लेखेको अन्तिम डायरी थियो । उसले मृत्यूवरण गर्नु करिव एक महिना अघिको । डायरीका हरेक शब्दहरुले मलाई पिडा दिँदैछ । लाग्दैछ यो मैले पहिल्यै पढ्नुपथ्र्यो । यी ४५ दिनहरु मलाई ४५ लाख जुनीझै भएको छ । आँमाले सन्तानको मृत्यूको कल्पना कहिल्यै गर्न सक्दिन । यो गर्न नसक्ने कल्पना यर्थाथ भैदिएको छ । 

मलाई लाग्थ्यो उ म जस्तै छ । नबोलिकनै धेरै कुरा बुझ्ने । तर आजकल लाग्दैछ मैले उसलाई बुझ्न नसकेको रहेछु । आमा भएर आमाझै हुननसकेको पिडा सधै रहनेछ । उ सजिलै जीवनमा आएकी थिइन । बिहे गरेको सात बर्षसम्म पनि केटाकेटी नभएपछि हामी दुबैको सम्बन्धमा रोमाञ्चकता थिएन । मलाई एडप्ट गरेर वा आइ बि एफ गरेर भए पनि सन्तानको आमा बन्न मन थियो । अपूर्वलाई त्यो कुरा मन्जुर थिएन । बिहे भएको सात बर्षसम्म बिना सन्तान बैबाहिक जीवन बिताउँन सजिलो थिएन । मलाई लाग्छ उसको मेरो सम्बन्धमा त्यही समयदेखी चिसो भएको हो ।

म ओम हस्पिटल एक्दै भए पनि कयौपटक गएँ । अपूर्व सन्तान त चाहन्थ्यो तर सन्तानको लागि हस्पिटल जान तयार कहिल्यै भएन । मलाई कहिलेकाही लाग्छ मेरो मातृत्वको यात्रा पनि एक्लो यात्रा थियो । अपूर्व र मेरो ओछ्यानको मिलन बाहेक ।  उ आएपछि हामी बिचको सम्बन्धमा केही समयको लागि भएपनि पनि उल्लास छाएको थियो । छोरी मेरो पेटमा आएसँगै मेरो र अपूर्वको परिवारमा पनि खुसीयाली छाएको थियो । उ जन्मेको दिन सासुआमाले तिमी पनि आजदेखी पूर्ण भयौ भनेको कहिल्यै बिर्सन सक्दिन । उसको नाम त्यसैले प्रतिक्षा राखेका थियौँ । उसकै लागि भनेर त्यसपछि मैले जागिर खाइन ।  म उसलाई पूर्ण रुपमा हुर्केको हेर्न चाहन्थेँ । 

उ मैले चाहेझै थिइ । पढाकु, ज्ञानी । तर उसको कम बोल्ने बानीले कहिलेकाही मलाई पिरोल्थ्यो । अरु केटाकेटी झै उसले हासी मजाक गरेको मलाई कहिल्यै थाहा छैन ।  बस कि पढ्ने कि स्केच गर्ने उसको दैनिकी थियो । मलाई लाग्थ्यो कुनै दिन उ राम्रो चित्रकार बन्नेछ । मलाई उसको रंगसँग खेल्ने बानी असाध्दै मनपथ्र्यो ।

जब उसले एसइइमा ए प्लस ल्याएर पास गरी सबैले भन्थे अपूर्वले छोरीलाई डाक्टर बनाउँछ होला । तर उसलाई डाक्टर बन्न मन थिएन । मलाई पनि उ डाक्टर नै बन्नुपर्छ भन्ने थिएन । ए लेवल पछि केयूमा फाइन आर्टस्  पढेकोमा मलाई कुनै गुनासो थिएन । उसको बाबा पनि खुसी हुनुहुन्थ्यो । हामी दुबै उ खुसी भएको देख्न चाहन्थ्यौ ।

अरुका केटाकटी झै उसका धेरै साथीसंगती सँगको संगत मैले कहिल्यै देखिन । उसको पढ्ने लत भने बच्चा देखीनै थियो । अल्लि पछि मलाई लाग्थ्यो उ किताबमा मात्र नभुलोस् । बोरु घुम्न निस्क्योस् साथी बनाओस् । उसको एक्काइसौ जन्मदिनमा मैले उसलाई यात्रामा जाउँ भनेर दुई दिनको लागि चित्लाङको हाइकिङ ट्रिप बुक गरिदिएको थिए । तर उ जान मानिन । त्यसको सट्टा एक्काइस वटा पुस्तकहरु मैले उसलाई दिएँ उ खुसी देखिन्थी  । उ  कलेजबाट आएपछि कि चित्रहरु मात्र कोर्थी कि किताबहरु मात्र पढ्थी ।

  तर केही समयदेखी उ केही निराश देखिन्थी । मलाई लाग्थ्यो, नचाहिदा पुस्तकहरु पढेर हो । मलाई लाग्थ्यो धेरै पढ्नेहरु धेरै सोच्छन्, धेरै सोचेर हो । उसले मलाई म निदाउँन सक्दिन भनेकी पनि थिइ । मलाई लाग्यो कहिलेकाही होला ।  सधै होइन ।

जीवनमा यसरी उसलाई गुमाउँछु भन्ने कहिल्यै थिएन । उ नरहेपनि अपूर्व पनि बिरलै घर आउँछ । लाग्छ केही बर्षदेखी उ कोही अरुसँग सम्बन्धमा छ । हामी विचको सम्बन्ध सधै यस्तै नै थियो । उ भएकाले छोरी छ भन्ने आधार थियो । अपूर्व बाहिर कोहीसँग हिडेको कुरालाई म थाहा पाएपनि नपाएझै गर्थे । मलाई लाग्थ्यो छोरीले यो सब थाहा नपाओस् । म छोरीको नजरमा उसको पिताको डार्क साइड देखाउँन चाहदैनथे । तर उसको यो डायरी पढेपछि थाहा भयो उसको पनि उसको पितासँग गुनासो रहेछ ।

उ भैइनजेल उ आफ्नै काममा ब्यस्त भएपनि मलाई एक्लो कहिल्यै महशुस भएन । म त उसको बिहेबारे पनि सोच्न सक्दैनथेँ । हुन त उसको उमेरका भएपछि धेरै बाआमाले बिहेबारे सोच्ने गर्छन् । तर मलाई लाग्छ उसले बिहे गर्दिन भनेकी भए पनि मलाई कुनै गुनासो रहँदैनथ्यो । म उ खुसी भएको मात्र देख्न चाहन्थेँ ।

थाहा छैन, उ बिनाका एक्ला र निराश दिनहरु म कसरी बिताउँनेछु । उसका उमेरका केटाकेटीहरु म सडकमा पनि देख्न सक्दिन । एक्कासी मुटु दुखेर आउँछ । आजकल उसँगै छु भन्ने महशुस गराउँन उस्ले पढ्ने पुस्तकहरु पढ्छु ।  उ प्राय अंगे्रजी पुस्तकहरु पढ्थी । तर मेरो अंग्रजी उसकोझै नभएपनि पढेझै गर्छु । लाग्छ यी पुस्तकहरुमा उ कहि कतै छ ।  उसको स्पर्शको महशुस हुन्छ ।

कहिलेकाही लाग्छ, मैले उसलाई कसरी बुझ्न सकिन ?  आमाले आफ्नो सन्तानलाई बुझ्न नसक्न पाइन्छ ? थाहा छैन कहिले मैले आफैँले आफैलाई माफी दिन सक्नेछु । .....................................................................................................


Wednesday, November 20, 2024

प्रिय डायरी


करिब करिब दुई महिनामा फर्किएकी छु । फर्कनु पनि थियो तर कहाँ कसरी थाहा थिएन । अध्यारो केबल अध्यारो हो । निष्पट्ट अन्धकारले उज्यालो देखाउँदैन । मैले आफैँलाई भुलेकी थिए सायद तिमीलाई पनि । फर्केकोमा खुसी हुनुपर्ने केही छैन तर म धेरै नै खुसी छु । बुझ्दैछु कहिलेकाही आफैँलाई खोज्नु र आफैँलाई भेट्नु पनि खुसी हो ।

बाहिर अध्यारो छ । कुकुरहरु एकतमासले भुक्दैछन् । समय चिसो छ । मौसम पनि त चिसो छ । फूलहरु बिस्तारै फुल्न छोड्नेछन् । बिहानै चराहरु तुवालोले छेकिनेछन् । चिसो त उनीहरुलाई पनि लागेको छ । हामी असन्तोषी छौ मौसमले हामीलाई मात्र चिसो दिए झै लाग्छ ।

किबोडमा हातहरु सलबलाएका छन् । मन शान्त छ । कयौ दिनपछि म भित्र यति धेरै निष्पट्ट शान्ति छ । सायद अक्षरहरु पनि कोलाहलमा रिसाउँछन् र रोज्दछन् मौनताको बाटो । मलाई मौनताको पनि खोजी थियो तर त्यस्तो मौनता होइन जो कोलाहलमा भेटिन्छ । आज म भित्र कोलाहल छैन । 

भन्नु केही छैन । तथापी हातहरु सलबलाएका छन् । कहिलेकाही लाग्छ म कुनै चित्रकार हुँ जसलाई रेखाहरु मनपर्छ । यदाकदा लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् । हरेक खाली पानाहरुमा म चित्र कोर्छु । यो बन्न नसकेको चित्रकारको कथा हो जसलाई लाग्छ अक्षर भनेका पनि रेखाहरु नै हुन् ।

कतिलाई लाग्ला अक्षरहरु केही अर्थपूर्ण भावहरु हुन् । मौनतालाई अक्षरमा बोल्छु भन्नु भूल हो । थाहा छैन किन मलाई लाग्छ, मेरा लागि शब्दहरु मौनता र कोलाहल दुबै हुन् । मलाई न चिच्याउँनु छ न मेरो कुराहरुलाई अर्थपूर्ण बनाउँनु छ । म बेअर्थ शब्दमा बोल्छु । कहिलेकाही लाग्छ म चाहन्न मेरा कुराहरुले महत्व राखोस् । राखेर पनि केही हुनेवाला छैन । कुनै दिन म यहाँ रहनेछैन । नरहँदा पनि केही हुने छैन । यो यात्रा हो सायद शब्दहरुको यात्रा वा जीवनको यात्रा तर म चाहन्छु म हरेक पाइलाहरुमा मेट्टिउँ र कोही अरु बनुँ । र अनायासै बिदा लिउँ । 

हावा र बतासहरु झै अदृश्य बनु र हराउँ कही कतै बादलमा । हुनसक्छ यो कुनै मायावी सपना हो । या कुनै निराश मानिसको बिरत्ति भाव हो । वा केही होइन । तर एक अपरिचित र अदृश्य अस्तित्वमा जे छ त्यो केहीमा छैन । तर म निराश थिएँ । तर म आज निराश छैन । कुनै दिन म फेरी निराश हुन पनि सक्नेछु । जीवन न हो । 

म आज जे लेख्दैछु । त्यो अर्थपूर्ण रहनेछैन । म भित्रको कोलाहल र शुन्यता मैले शब्दमा उतारेको मात्र हो । यो म जे हुँ वा जे महशुस गर्दैछु त्यही हो । भन्नुपर्ने केही छैन । तर भनँे । सायद फर्केर फेरी हेरेँ भने केही भेट्रनेछु । आजलाई यतिनै ।


Sunday, October 20, 2024

अकथा


दिन ओसिलो छ । सडकमा मानिसहरु दौडिँदैछन् । हिमाललाई बादलले ठाकेको छ । भर्खरै एक कप चिया भ्याएकी छु । साथमा बुवाले दिएको पर्पल डायरी छ । डायरीमा केवल दुई वाक्यहरु छन् । “आजको लागि धन्यवाद, अझ धेरै पर पुग्नु छ “ यी दुई वाक्य बाहेक अरु केही छैन । 

हुन त म कथा लेख्न चाहन्छु । मलाई लाग्थ्यो कुनै दिन म आफ्ना कथाहरुसँगै  पर पुग्नेछु । पर पुगिसकेकी मलाई फेरी मेरा कथाहरुले डाक्नेछन् । म निमन्त्रणामा आउँनेछु । मेरा पात्रहरुले यदाकदा मलाई दुख पनि दिनेछन् । र पात्रहरु प्रति धेरैनै सम्बेदनशील बन्नेछु । तर त्यस्तो केही भएन । म कहि पुगिन । कहिलेकाही पुगेझै लागेपनि फेरी फर्केर आएँ । आफैलाई पुरानो स्वरुपमा लान खोजेँ । आफैलाई कहि नपुगेकोमा गालि पनि दिएँ ।

म अरुको भागको गालि पनि आफैँलाई दिन्छु कहिलेकाही । मेरा पात्रहरुले कहिल्यै गालि दिएका छैनन् । उनीहरु पनि म झै लेख्दा रहेछन् म झै रुँदा रहेछन् । म झै सोच्दा रहेछन् । कहिलेकाही सोच्छु आफैँलाई लेख्नु कथा लेख्नु हो र ? होइन । होइन भने म किन लेखेझै गर्दैछु । 

हुन त म कसैलाई गालि दिन चाहन्छु तर मलाई म मेरा पात्रहरु झै गालि दिन सक्दिन । मलाई लाग्छ गल्ति मेरो थियो । किन गल्ति सधै आफ्नो मात्र थियो झै लाग्छ । भर्खरै ह्रयान क्याङले साहित्यको लागि नोबेल पुरस्कार पाइन । भेजेटेरियनमा उनकी पात्र झै पाउँछु आफूलाई । र म आफूजस्ते निर्दा पात्रहरु जन्माउँछु ।

के यो कथाझै केही हो ? होइन, होइन भने बषौबर्ष म किन लेखिरहेछु । त्यस्को मसँग कारण छैन । बस् म लेख्न चाहन्छु । यो कारणसहितको यात्रा होइन । मैले लेख्न खोजेका हरेक शब्दहरु एक प्रकारले मेरो मौनताको लेख्न स्वरुप हुन् । यी म भित्रका ठूला यूद्घहरु हुन् जसबाट म जित हार होइन मूक्ति चाहन्छु । तर थाहा छ म मूक्त पनि हुन सक्दिन । 

यो अकथाको निरन्रता हो । सबैले कथा लेख्छन् भन्ने छैन् । वास्तबमा मलाई धेरैलाई गालि दिनु थियो तर म गालि दिन सक्दिन । त्यसेले शब्दहरु बन्छन् । आज लेख्नु अर्कै थियो । मलाई कोही अरु बन्नु थियो । अरु केही लेख्नु थियो । तर चाहेझै हुन्छ भन्नेछ छ र ? 

म कथाझै लाग्ने परिकथाहरु लेख्न सक्दिन ।  म जीवनको त्यो मोडमा छैन जसले जीवनलाई सोचेझै भेट्यो । कयौ सुन्दरझै लाग्ने चिजहरु कुरुपझै बनेर टुङ्गिए । तर मैले आफैँले त्यसलाई कुरुप भन्न सकिन । सायद त्यो म भित्रको बिरोधाभाष थियो । अथवा म हरेक कथाहरुलाई  अकथा मान्ने गर्छु ।

म मस्र्याङ्दी किनाराबाट यी बिद्रुप शब्दहरु लेख्दैछु । कथालाई अकथा र अकथालाई कथाझै ठान्दैछु । तर पर जानु छ कहाँ थाहा छैन । कहिलेकाही लाग्छ आफैँले गरेको यात्रालाई बिर्सनु छ । र कुनै अर्कै स्वरुपमा रुपान्तरित हुनु छ । यो अकथा लेख्नेको कथा हो । अकथा लेख्नेहरु पनि अकथा नै हुन् । समाजको कथाभित्र उनीहरु अट्दैनन् । 

Saturday, September 28, 2024

डायरी लेख्ने केटी– पार्ट २

 

यो डायरीको कथा होइन यो त त्यो केटीको कथा हो जो डायरी लेख्छे । तपाईहरु सोच्न सक्नुहुन्छ उसको डायरीको रंग कस्तो होला । वा डायरी लेखिसकेपछि उसले डायरी कहाँ राख्ने गर्थी वा गर्छे । वा उ डायरीमा के लेख्छे । वा उसको डायरी अरु कसैले पढेको छ वा छैन । हुनसक्छ उ एक्ली छ । वा हुनसक्छ उ कसैको प्रेममा छ । वा प्रेममा भएर पनि एक्ली छ । हुनसक्छ उ दुखी छ । हुनसक्छ उ सबैभन्दा खुसी छ । यी आकलनहरु हुन् । यी तपाईका मेरा हामी सबैका आ–आफ्ना तंरगहरु मात्र हुन् । हुन त जे पनि सक्छ । सोच्न त जे पनि सकिन्छ । सोच्दै गनुस् है ..........

प्रिय डायरी, 

यो डायरी भित्रको डायरी हो । म यसलाई मेटा डायरी भन्ने गर्छु । कहिलेकाही डायरी भित्र डायरीमा लेख्न पर्ने कुरा हराउँछ । समय हराउँछ । दिन भनेको ठाउँमा लेख्ने अंक हराउँछ । म वाट सबै सबै चिज हराउँछ म तिमीलाई सम्बोधन गर्न सक्दिन । अंसम्बोधित यी अनेकौ दिनहरुलाई साक्षि राखेर म असम्बोधनलाई सम्बोधन गर्दै छु । समयले ल्याएको झरी र झरी सँगै आएको यो बाढीलाई सम्बोधन गर्दैछु । म पानिमा अडिएकी छु । तिमीलाई लाग्ला कोही पानिमा पनि अडिन सक्ला । तर म पानिको भेलमा पनि स्थिर छु । नबग्नुको नियतिलाई स्विकादैछु । हुनसक्छ तिमी भित्रका यी चञ्चल पानाहरुले मलाई अस्विकार्न पनि सक्नेछन् । वा भन्न सक्नेछन् त हाम्रा लागि स्विकारयोग्य छैनस् । सायद मैले पानाहरुको भावनालाई बुझेकी छु । बगेर पनि कहि नपुग्नुको नियतिलाई स्विकारेकी पनि छु । र भेलमा अडिएकी पनि छु । 

यो भेलमा केही नभएझै हाम्फाल्नुको कथा होइन । यो भेलको यात्रालाई बुझेर पनि यात्रालाई स्विकार्न नसक्नुको नियति हो । म कठोर भएकी छु । किनकिन कठोरतालाई शब्दमा बोल्न सकिँदैन । सायद केही महिना मैले कठोरतामा जिएँ त्यो जीउन सजिलो थिएन । म त आफ्ना अक्षर बाक्य र तिनका रफ्तारहरुसँगै बग्ने मानिस थिएँ । मेरा अनुभुतिका साक्षयात्कारहरु शब्दहरु मात्र हुन्थे । बिना अनुभूती बाच्नुलाई के बाच्नु भन्न,ु तिमी मलाई मृत घोषणा पनि गरिदिन सक्छौ । तथापी बाच्दै छु भन्न आज तिमीमाझ आएकी छु । आशा छ तिम्ले स्किार्ने छौ ।

शब्दमा मात्र पोखिनेका लागि शब्द बेगर बाच्नु एक कठोर तपस्या जस्तै रहेछ । चाहेर पनि शब्दमा ब्यक्त गर्न नसक्नु त्या सजिलो काम पक्कै थिएन । म कतै गुम्सिएको थिए । थाहा छैन त्यो गुम्साइ केको लागि थियो । कहिलेकाही केही चिज बिनाकारण भैदिन्छन् । सायद त्यो त्यही नै थियो । आज तिम्रै सामिप्यतामा फर्किएकी छु । जसरी बर्षौ पछि एक पर्देशी घर फर्कन्छ । एक यायावर यात्राबाट थाकेर विश्रामलाई स्विकार्छ । म त्यसलाई बिश्राम मान्छु । सायद म आफ्नै अनुभुतीवाट बिश्राम चाहन्थेँ । म चाहन्थे म मात्र बनु शब्दमा ब्यक्त भएका अनुभुतिहरु नबनु ।

आज शहरमा पानीको भेल छ । भेलसँगै बग्नेहरुले अर्को विश्रामको नियतिलाई स्किारेका छन् । भेलबाट बच्नेहरु म झै तपाईहरुलाई पनि लाग्ला आज मेरो भागमा  न्यानोपन रहेछ । तर त्यो बाहिरी न्यानेपन थियो । नदेखिने बाढीसँगेै हामी धेरै बगेका छौ ।  कयौपटक बगेर पनि अडिएका छौ । अडिएका पाइलाहरु स्थिरताका बिम्बहरु हुन् । कहिलेकाही आफ्नै परिधिहरु र आफैँभित्रका स्थिरताले पनि पोल्छ । जसरी मेरा अनुभूतीहरु र मेरा अक्षरहरुको अडाइले मलाई पोल्छ । आज आएर मलाई मेरो स्थिरता र बगाइ दुबै शब्दमा अडिएको रहेछ । चाहेर पनि म डायरीका पानाहरु बेगर खुसी नहुदो रहेछु ।

आजलाई यति नै । यो धमिलो दिनको साक्षि राखेर मेरा अक्षरहरु बाढीझै बगेका छन् । म सधैँ अक्षरहरुको भेलमा बग्न चाहन्छु । प्रिय डायरी म तिमीलाई प्रेम गर्छु । तर यो कुनै आत्मिक प्रेम होइन । म मेरा सबै लगावहरुसँगै प्रेम गर्छु । आजलाई यति नै .......

Monday, August 5, 2024

बाटो

 

  बाटो खुल्ला छ । वरपरका मानिसहरु आफ्नै धुनमा छन् । सायद सडक भनेको कोलाहल नै हो चाहेर पनि हामी सडकको हुन सक्दैनौ । जेब्रा क्रसिङ नजिक छु । मानिसहरु हतारमा छन् सबैलाई कही पुग्नु छ । थाहा छैन उनीहरुलाई कहाँ पुग्नु छ । मलाई पनि त कहि पुग्नु थियो तर आज लाग्दैछ कही पुग्नु छैन । कही पुगेर फर्कनु पनि छैन । यो अशान्त तर स्थिर मन बोकेर हिड्दैछु । 

सडकले मलाई न केही दिएको छ  न केही लिएको छ । सदा लाग्छ यसलाई म चाहेर पनि बुझ्न सक्दिन । थाहा छैन मसँग सडक किन जोडिएन वा सडकलाई मैले किन बुझ्न सकिन वा सडकले मलाई किन बुझेन ।  यीनै बिसंगतीहरु बोकेर हिडेकी छु । सायद म आफैँ बिसंगतीले ग्रस्त छु ।

म लाफ्नै लयको यात्रामा छु । तर ढोकाहरु बन्द भएझै लाग्दैछ । सायद यो मेरो भ्रम हो । हुनसक्छ म भ्रममा बाच्दैछु । वा यो मेरो रोजाइ हो । थाहा छैन यो के हो । देशमा अनौठो तंरग भित्रिएको छ । बंगलादेशकी प्रधानमन्त्रिले देश छोडेकी छन् । कति भन्दै छन् कुनै दिन हामी पनि बङ्गलादेश जस्तै हुनेछौ । थाहा छैन यो केहो कुनै तंरग वा त्यो भन्दा पर अरु केही । तर म अचम्मित छु कुनै दिन गरिबका लागि बोल्नेहरु कुनै दिन गरिवकै शोषक किन बन्छन् । थाहा छैन शक्ति भनेको यस्तै पो हो कि ?

Saturday, July 27, 2024

क्षितिज


पर आकाशमा बादल छ । बिहान धुमिल छ । सायद चराहरु आफ्नै गुणमा छन् । सायद झरीको मौसममा सबैभन्दा ग्राहो कसैलाई पर्छ भने त्यो चराहरुलाई नै पर्छ । रुखहरु मस्त छन् । उनीहरुलाई के झरी, के बतास, के घाम, उनीहरुको जीवन एकतमासको छ । सायद संसारमा सबैभन्दा स्थिर कोही छ भने त्यो रुख नै छ । मलाई कहिलेकाही उनीहरुको स्थिरताले लोभ्याउँछ । तर त्यो उनीहरुको नियती हो । सायद हामी जस्तै उनीहरु पनि आफ्नै नियतीको दासी छन् ।

फूलहरु पनि मस्त देखिन्छन् सायद रुखहरुझै , तर देख्नेले त फूलेको मात्र देख्ने हो उनीहरुले भोगेको घाम पानी र झरीहरु उनीहरुसँग मात्र रहनेछ । सायद नियती यही हो । कहिलेकाही लाग्छ प्रकृतिले हामीलाई सँगै राखेर पनि हामी त एक क्षितिज र अर्को क्षितिज झै रहेछौ । हाम्रा आफ्नै टाकुराहरु र आफ्नै मैदानहरु रहेछन् । हामीले एकले अर्कालाई एक क्षितिजले अर्को क्षितिजलाई हेरेझै हेर्ने रहेछौ । कहिलेकाही लाग्छ हामी सँगै छौ पनि छैनौ पनि । सायद यही नै नियती हो यसरी नै संसार चलेको छ ।

यो बिहानी हो । बिहानीले सोच्न बाध्य बनाउँछ । यो सन्ध्याझै न अष्पस्ट हुन्छ न धुमिल । र पनि बाटामा हिडेका एक लर्कोे मान्छेहरुले तर्साउँछन् । भिडले कहिले पनि स्पष्टता बोल्दैन । भिडलाई कोलाहाल मात्र ठान्दिँदा मात्र पनि हुन्छ । हिडेझै गर्नेहरु हिडेर चै के गर्दैछन् कसैलाई थाहा छैन । कहिलेकाही लाग्छ उनीहरुलाई पनि थाहा छैन । तर थाहा नै हुनुपर्छ भन्ने पनि त छैन । के फूलहरुले किन म फूले भनेर सोच्दा हुन्, के चराहरुले आफ्नै उडानबारे प्रश्न गर्दा हुन् । सायद जीवन यस्तै हो हामी सबै जे गर्छौ बिना उद्घेश्य बिना कुनै महत्वकाक्षा नै गछौ । तर पनि यदाकदा आफैलाई प्रश्न गर्छु के यो सब सोचिबस्न आवस्यक थियो । एक मनले भन्छ थियो । अर्को मनले भन्छ थिएन । म आफ्नै दुबिधाहरुमा रुमलिन्छु । र आफैलाई मानिसहरुको भिडमा पनि अर्को क्षितिजको मानिसझै पाउँछु । सायद मसँग सोचिबस्न समय छ वा म यस्तै नै चाहन्छु वा मलाई यहि गर्न नै मनपर्छ । 

ममि पहिलेपहिले भन्नुहुन्थ्यो जसले बिहानीलाई गुमाउँछ उसले जीवनलाई हेर्ने धेरै कुरा गुमाउँछ । उहिले ममिको कुरा बुझ्न सक्दैनथे । सायद उहाँलाई लाग्थ्यो यति भनिदिएपछि केटाकेटी बिहानै उठ्छन् । त्यसैले अहिले पनि लाग्छ बिहानीलाई आज पनि नगुमाउँ । कहिलेकाही लाग्छ वोसन वोङले भनेझै आमा भनेको त समय हो । कहिलेकाही समयभन्दा अघि नै आमाले ति कुराहरु भनिदिन्छन् । 

यो शनिवारको बिहानी हो मानिसको आफ्नै लयहरु छन् । अरु दिनझै घडिको लयमा कोही पनि हिडेको छैन । नानीहरुले सायद आफ्नो ओछ्यानलाई अझै छोड्न सकेका छैनन् । चौर हरियो छ । प्रकृतिको यो बहाबलाई अरु कसैले बुझ्छ भने त्यो प्रकृतिले मात्र बुझ्छ । हामी त केबल दर्शक मात्र हौ प्रकृतिको अस्तित्वलाई कसैले  ब्याख्या गर्छ भने  त्यो अपब्याख्या पनि हुनसक्छ । तथापी हाम्रो अस्तित्व पनि प्रकृतिसँग नै जोडिएको छ । तर यो मेरो अर्ध बुझाइ मात्र हो चाहेर नचाहेर प्रकृतिको अंश हुनु प्रकृतिलाई बुझ्नु कदापी होइन । 

हात किबोडमा छन् । किबोडसँगै स्याली रुनिको “नर्मल पिपुल” छ । सायद उसले लेखेका अक्षरहरुले मलाई हेर्दै हास्दै छन् । सुन्दर लेख्नेहरुसँग डर लाग्छ । लेख्नेहरु सबैले सुन्दर नै लेख्छन् भन्नेछैन । कहिलेकाही लाग्छ सुन्दर लेख्नेसँग सुन्दर मन हुन्छ । मान्छेहरु आफू जे हो  त्यसरी नै लेख्छ । 

कहिलेकाही लाग्छ यी सोचाइका तंरगहरु पनि क्षितिज हुन् । कहिलेकाही उक्लनु छ कहिलेकाही झर्नु छ  र कहिलेकाही एकले अर्कोलाई नचिनेझै गर्नु पनि छ । 

Monday, July 22, 2024

जसले सिकाउँन र सिक्न बिर्सेनन्


निर्जला अधिकारी

हिजो गुरुपूर्णिमा थियो । त्यो दिन जहाँ ज्ञानलाई पुजिन्छ । सिकाउँनेलाई पुजिन्छ । सिकाए नभनी वा केही नभनी भन्नेलाई पनि पुजिन्छ । तथापी समय भन्दा बलियो गुरु केही रहनेछ । समयले नसिक्नेलाई पनि सिक्ने बनाउँदो रहेछ । वा केही नभनी सबैचिज भन्दो रहेछ ।

आज सबैलाई सम्झन चाहन्छु जसले सिकाए । ममी भन्नुहुन्थो अक्षर भनेको नदी हो । मलाई लाग्थ्यो ममी जे पनि भन्नुहुन्छ । तर अहिले आएर सम्झदा लाग्छ आमा सहि हुनुहुन्थ्यो । अहिले आएर लाग्छ आमाले गर्न नसकेको अक्षरको यात्रा मैले गर्दैछु । मेरा लागि अक्षरको यात्रा आमाले हिड्न नपाएको पदचाप हो । नदि किनारामा हुर्केकाले मलाई सधैँ लाग्थ्यो नदी भन्दा गहिरो र हिमाल भन्दा उचो केही छैन । सायद नदीले बग्न सिकायो हिमालले अग्लन । तर नदि र हिमालको गहिराइ र उचाइ बिम्बमा थियो । मैले बुझेको बिम्बको पहिलो स्वरुप नदी र हिमालनै थिए ।

भन्न त मान्छेहरुले पाठशालाको ठूलो बखान गर्छन् । तर कहिलेकाही पाठशालाहरु पाठशाला बन्दैनन् । मैले बुझेको स्कुल स्कुल थिएँ एक अमूक बिभेदयूक्त सस्था मात्र थियो । अहिले आएर फर्कदा यस्तो लाग्छ त्यो भन्दा बढी त मैले स्कुलका चौर र रुखहरुबाट सिकेको छु । पाठशाला न प्रिय बन्यो न अप्रिय । त्यो भन्दा प्रिय त बिश्वबिध्यालय बन्यो जहाँ आफूझै लाग्ने मानिसहरु थिए ।

कहिलेकाही कसैले तँ पनि केही होस् भन्दिए मात्र पनि त्यो सिकाई बन्दो रहेछ त्यो उत्प्रेरणा बन्ने रहेछ । बिश्वबिधालय मेरो लागि त्यही थियो । तँैले लेखेको कुराको पनि महत्व छ भनेर कसैले भन्दिनु सबैभन्दा ठूलो बन्दियो । मैले सबैभन्दा बलियो चिज बिश्वबिधालयबाट निस्कँदै गर्दा त्यही बोकेर हिडे ।

आज आफैँ पनि कसैलाई सिकाए झै गर्छु । तर शिक्षकनै हुँ भनेर शिक्षकका मानक भित्र कहिल्यै परिन । मेरा लागि मेरा केटाकेटीहरु म जस्तै अर्का मानिसहरु मात्र हुन् । कहिलेकाही म उनीहरुलाई त्यस्ता कुरा गर भन्छु त्यो मैले आफैँ कहिल्यै गर्न सकिन । कहिलेकाही लाग्छ म सिकाउँन भन्दा सिक्दैछु धेरै । कहिलेकाही उनीहरुले मलाई मान्छे बनाएझै लाग्छ । 

आज आएर लाग्छ यो सिकँ भन्न भन्दा सिक्न जरुरी छ र कहिलेकाही सिकेको कुरा बिर्सन पनि आवश्यक छ भन्नु रहेछ । अहिले महसुस हुन्छ सिक्नु र सिकेको कुरा बिर्सनु दुवै पर्छ । लाग्छ सिक्ने सिकाउँने चिज सधैँ चलिरहोस् । सिकाउनु भन्दा ठूलो कुरा सिकिरहनु रहेछ । त्यो भन्दा ठूलो कुरा मानिसलाई मानिसकै रुपमा माया गरिरहनु रहेछ ।

Tuesday, July 2, 2024

अप्रत्यासितता

 

निर्जला अधिकारी 

अक्टोवरको यो  महिला घामका किरणहरुसँगै रंगिन बन्दै गएको छ । अपाटमेन्ट र वोर्कप्लेस वरिपरिका बगैचा र पार्कहरु रंगिबिरंगी पातहरुले थप रंगिन भएका छन् । कामबाट एक हप्ताको र्बेक लिएको छु । थाहा छैन क्यामरा बोकेर ब्रुकलिन ब्रिजको वरिपरि टहलिनेछु वा खस्दै गरेका पातहरुको क्लोजअप सट लिदैँमा मस्त रहनेछु । वा यी सब केही गर्नेछैन । 

तर अबको एक हप्ता म  ल्यावको नियमितताबाट पर हुनेछु । यो रमाइलो समय हो । साथमा केही पुस्तकहरु र सिनेमाको लिस्ट छ । तर म नियमिततामा बाच्ने मानिस होइन । मलाई कहिलेकाही केही नगरिकन बस्न पनि रमाइलै लाग्छ । वा बिना  संकोच कुनै अपरिचित सँग बिनामतलब बोलिदिन पनि सक्छु । अहिले पनि म कुनै अपरिचितसँग र्यान्डम तर गहिरो कुराकानिको प्रतिक्षामा छु ।

देशबाट पर हुनुको बेफाइदा भनौ वा फाइदा जब तपाई काम गर्नुहुन्न तब तपाईसँग गर्नको लागि केही बाकी रहदैन । म न्यूओर्कमा भए पनि म वरीपरी नेपालीहरु खासै भेटिँदैनन् । त्यसैले टुईटरमा बहकिने गरेको छु । अपरिचित बनेर गरिने संवादहरु मलाई टेसिला लाग्छन् । जसले मलाई आफ्ना भावनाहरु बिना बन्देज पोख्ने स्वतन्त्रता दिन्छ । मेरो लागि टुईटर अप्रत्यासित  बहस गर्ने र मानिसहरु भेट्ने एक रमाइलो भर्चुअल कर्नर हो ।

एक हप्ताको लागि म एक गफ गर्ने मानिसको प्रतिक्षामा छु । जसलाई म आफ्ना र्यान्डम प्रश्नहरु सोध्न सकुँ । र्यान्डम विचारहरुसँग थप र्यान्डमनेस थप्न सकुँ । मेरो रोजाईमा ऊ परेकी छ । उ को हो म भन्न सक्दिन । म उस्लाई करिव एक बर्षदेखी टुईटरमा निहालिरहेको छु  । ऊ लेख्छे उस्को बारेमा मलाई थाहा भएको त्यति हो । लेखकहरुलाई म अरु मानिसहरुभन्दा अल्लि बढी नै प्रेम गर्छु । मैले कुनै लेख्ने ब्यक्तिसँग गरेको यो पहिलो संवाद भने होइन । र पनि म उसँग संवादको लागि आतुर छु ।

“हेलो, हाउ यू डुईङ ?” मैले उस्लाई गरेको पहिलो डिएम यहि थियो । मलाई लागेको थिएन उस्ले मेरो सन्देशको जवाफ पठाउछे तर त्यस्तो भएन ।  एक अप्रत्यासित सन्देशको मैले जवाफ पाएँ ।  ऊ प्रतिउत्तरमा लेख्छे, “तपाइको सन्देशले उत्साही भएको छु । थप संवादको आशा गर्छु ।” मलाई लागको थिएन उसले मलाई यस्तो रमाइलो जवाफ दिनेछे ।” त्यसपछि म कुराकानीलाई थप रफ्तारमा दौडाउँछु । 

ऊ मैले भर्चुवल दुनियावाट बोल्न थालेको पहिलो केटी होइन । म सँग यसरी सुरुवात भएको संवादको लामो फेरीस्त छ । मलाई थाहा छ केटीहरु सँग लामो समय संवादमा रहनु ठिक होइन । वा भनौ लामो क्याजुअल संवादमा रहनु थप राम्रो होइन । त्यसैले म चाहन्छु उसँगको संवाद एक हप्तामा टुङ्गिियोस् । त्यसपछि सदाझै म फेरी ल्यावको मैफिलमा बहकिन सकुँ । थाहा छैन ऊ मसँग  किन संवादमा छे । मेरो लागि यो एक हप्ताको लागि छुट्टाएको फन टाइम हो । त्यो बाहेक उसँग मेरा अपेक्षाहरु केही छैनन् ।

उसको प्रतिउत्तर र प्रतिक्रियाको बास्ता नगरी म सुरुवाति संवादमै सोधिदिन्छु, “तपाईको प्रेम,विवाह र यौन बारे कस्तो धारणा छ ?” । म सधैँ यस्ता र्यान्डम प्रश्नहरुको उत्तर भन्दा पनि प्रश्न पछिको प्रतिक्रियालाई लिएर उत्साहित रहन्छु । मलाई लागेको थियो  ऊ मसँग रिसाउँनेछे वा उत्तर दिनेछैन । तर त्यस्तो भएन । ऊ यसरी उत्तर दिन्छे मानौ त्यो कुनै परीक्षा पास गर्नको लागि सोधिएको प्रश्न थियो ।

मलाई उसँगको संवाद रमाइलो लाग्दैछ ।  त्यस्ता प्रश्नहरुलाई सजिलै लिने उ मेरो भर्चुवल दुनियामा आएकी पहिलो केटीमान्छे हो । म उसँग सजिलै जीवन र जगतका अप्ठ्यारा प्रश्नहरु सोधिदिन्छु । उ यसरी उत्तर फर्काउँछे मानौ उसँग प्रश्नहरुको रेडिमेट उत्तर छ । 

उसँगको संवादले मलाई अनौठो अनुभूति दिएको छ ,उबारे र आफैँबारे पनि । मलाई थाहा छ, उ सजिलै कसैसँग  बहकिने उमेरकी होइन । तिसको उमेरमा कसैसँग बहकिन सजिलो छैन । उ लेख्ने काम गर्छे त्यसकारण बहकिन्छे त्यो पनि मलाई थाहा छैन । तर म आफैसँग भाग्न सकेको छैन । खासमा म  उसँगको संवादले रोमाञ्चित छु । मलाई थाहा छैन अबका तिन दिनमा म संवादलाई बिट मारेर आफ्नो ल्यावको संसारमा पुग्न सक्नेछु वा छैन ।

म अहिलेसम्म  कसैसँग लामो सम्बन्धमा रहेको छैन । जो जो मेरो जीवनमा आए ति सँग म अनुग्रहित छु । मसँग उनीहरुलाई लिएर कुनै गुनासो छैन । जसरी आए जसरी गए म त्यसलाई एक क्याजुअल जीवनचक्रको रुपमा लिने गर्छु । सायद म स्वार्थि छु वा अरुभन्दा बढी नै आत्माकेन्द्रित । म जे गर्छु रमाइलोको लागि गर्छु । म नियमितताको बिम्वमा विश्वास गर्दिन । 

आज उसँगको संवादको चौथो दिन हो । अबका तिन दिनपछि म उसँग थप संवादमा बस्न चाहन्न । उ मसँग गहिरो संवादमा छे जसमा म पनि रमाइरहेछु । उ मलाई मेरोे बास्तविक नाम र परिचय सोध्छे । म भन्छु, “नाममा केही छैन, म एक यायावर हुँ अनियमिततामा विश्वास गर्ने यायावर , एक वैचारिक यायावर म सँग स्थिरता को कल्पना नगर्नुस्” । मैले उसँग यी कुराहरु गर्नु जरुरी थियो किनभने म चाहन्न उसले संवादपछि हामीविचको सम्बन्धको अरु कुनै आयाम बारे सोचोस् । त्यो मेरो लागि सुखद् बन्नेछैन ।

मलाई थाहा छ नारी र पुरुष बिच भावनात्मक गहिराइको हिसाबले तुलना गर्ने हो भने तुलनाको कुनै बिन्दु रहदैन । मलाई यो पनि थाहा छ, म जति हामी विचको सम्बन्धलाई क्याजुअल रुपमा लिन सक्छु उसले त्यसरी लिन सक्ने छैन । तर म चाहेर पनि सम्बन्धको नाममा नियमितता चाहन्न । मलाई लाग्छ सम्बन्धको लामो फेरीस्तले दुख मात्र निम्त्याउँछ । म दुखी बन्न चाहन्न ।

लेखकहरु भावनामा बिश्वास गर्छन्, भोगाइमा बिश्वास गर्छन् अनि कल्पनामा पनि । तर मैले गरेको जीवनको यात्रा भनको तर्कमा निहित छ । चाहेर नचाहेर म काममा झै जीवनमा पनि उपयोगिता र प्रमाणमा निहित धारणहरु बनाउँदो रहेछु । मेरो लागि उसँगको संवाद एक हप्ताको लागि गर्न मिल्ने एक रमाइलो कार्य हो । यस्तो गरिरहदा मलाई लाग्छ म कुनै अप्रत्यासित तर सुन्दर यात्रामा छु ।

ऊ भन्छे, “जीवन एक नियमितता हो । आज अनियमित लागेका धेरै चीजहरु भोली नियमितताको घेराभित्र पर्न पनि सक्छन्” । म उसको विचारसँग सहमत हुन सक्दिन र होइन पनि भन्न सक्दिन । बस् यति हो म नियमिततामा बाच्न चाहन्न । आज आफ्नै लाग्ने ल्याबको जीवनबाट थाहा छैन अबका दुई बर्षमा म अपरिचित बनिदिन पनि सक्छु । आज बोलेकासँग भोली नबोलिदिन पनि सक्छु । आज आफ्ना लाग्नेसँग भोली अपरिचित बनिदिन पनि सक्छु । तर म जीवनको नाममा पुनराबृत्ति चाहन्न । मलाई आफैँलाई पनि हिजोकोझै बन्नु छैन । मलाई बदलावहरु मनपर्छ ।

म उसँग संवादमा बदलावको खोजीमा छु । ऊ मलाई भन्छे, “ किताबहरु भन्दा मलाई सिनेमाहरु मनपर्छ  । सोचेझै बन्नसक्ने भए म मुभिमेकर बन्ने थिएँ । कहिलेकाही मलाई आफ्नै लिमिटेसन देखेर रिस उठ्छ । यू नो आइ एम अनलिमिटेड्लि लिमिटेड” । मलाई थाहा छ उसको र मेरो विचारमा समन्व्य हुन सक्दैन । म चाहेरै पनि बन्दन र घेराहरुमा बिस्वास गर्न सक्दिन । मलाई जीवनको असिमिततामा बिश्वास लाग्छ । तर म उसलाई भन्न सक्दिन तिमीले जे भन्दै छौ त्यो मेरो सत्य होइन । वा म त्यसमा विश्वास गर्न सक्दिन । 

आज उसँगको संवादको सातौ दिनमा छु । अब मैले भन्नुपर्छ अब म तिमीसँग संवादमा नरहन सक्छु । अब हामीले हाम्रो डिजिटल सम्बन्धको अन्त्य गर्नुपर्छ । तर सम्बन्धको अन्त्य गर्न सम्बन्ध छोटो नै भएपनि सजिलो छैन । ऊ सँगको संवादमा म रमाएँ त्यो सत्य हो । तर म यसलाई अझ गहिरो बनाउँन चाहन्न यो पनि सत्य हो ।

Thursday, June 27, 2024

धुमिलता


यो सपना थियो वा सपना थिएन । सपना नै भए पनि सपनाहरु बद्लन्छन् । अनौठो सपनाबाट बिउँझिएकी छु । बिहान भएको छ तर बिहानी भैसकेको छैन । चराहरु सायद आफ्नै गुडमा छन् । नानीहरुको रुवाई सुनिएको छैन । बाटोमा हिड्नेको पदचापका आवाजहरु मेरा कानमा आइसकेका छैनन् । बिहानी एक मधुर आवाज बोकेर सायद आफ्नै धुनको यात्रामा छ ।

सायद यो बिहानलाई आफ्नै लयमा अर्काइभ गर्दैछु । सायद म चाहन्छु म जे होइन त्यो मेरो बिहानीमा नआओस् । सायद म चाहन्छु त्यसलाई भन्न सकुँ । त्यसैले बिहानीनै रोजेकी छु । यो निर्मम समय हो । तपाई रातलाई झै बिहानी ठाट्न सक्नुहुन्न । तपाई नचाहेर पनि तपाइलाई पोखिदिनुहुन्छ सायद म त्यही गर्दैछु ।

यी मेरा वाक्यहरु मैले जीएको बिहानीका साक्षिहरु हुन् । म चाहन्छु बिहानीहरु बिहानी नै बनुन् । तर किनकिन कहिलेकाही बिहानीहरु पनि रातझै बनिदिन्छ । सायद यो यस्तै यात्रा हो । अनुभूतीको यात्रा । आफ्नोझै लागेर आफ्नो नभएको बिहानीको यात्रा । सायद जीवन भनेको यस्तै नै हो समयसँगै सबै चिजलाई केही नभएझै निहाल्नुपर्छ र एक कुरुप सपना ठानेर बिर्सिदिनुपर्छ । सायद सपनाका पनि डोबहरु रहनेछन् । सायद डोबहरुले कहिलेकाही बिजाउँनेपनि छन् ।

सायद यात्रा न हो । नदीझै यसको गति कुनै दिन फरक भैदेला । आज कुरुप झै लागेको चिज कुनै दिन सुन्दर झै पनि बनिदिएला । एक शान्त तर सान्नाटामय बिहानीमा साचमग्न आयामहरुले बिचलित छु । त्यसैले शब्दहरुले पोखिएकी छु ।

प्रिय सपना फेरी अर्को पटक आउँदा केही स्थिरता बोकेर आउँनु । बिहानीझै बनिदिनु ।  रातको चमकता केही दिनको हो । मलाई त सधै उदाउँने सुन्दर बिहानी चाहिएको छ ।

Tuesday, June 25, 2024

प्रिय डायरी,

 

यो खुल्ला डायरी हो । यो सायद डायरीहरुको सामूहीक कोलाज हो । सायद यो लेख्नेहरुको एक भाष्यात्मक अभिब्यक्ति मात्र हो । यो केही हो र केही होइन पनि । यो शब्दहरुको सिम्फोनी पनि हो । यो शब्द बिहिनता पनि हो । यो जे हो त्यो होइन तर सबै चिज हो ।

म चाहन्थे मेरा डायरीहरु मेरा बनुन् । तर मेरा डायरीहरु मेरा मात्र रहेनछन् । मैले बाचेका समयका पनि रहेछन् । म सँग जेडिनेका पनि रहेछन् । र म भन्दा पर भाग्नेहरुका पनि रहेछन् । सायद मलाई लाग्थ्यो डायरी भनेको मेरो मात्र हो तर त्यो रहेन । आजबाट मेरो डायरी तपाइको पनि बन्यो । सायद यो कसैले पढिरहेछ भने पढ्नेको पनि हो ।

तर मलाई लाग्छ आज म जे लेख्दै छु त्यो मेरो होइन । अथवा मैले जे लेख्न चाहिरहेको छु त्यो लेखिरहेको छैन । सायद हुनसक्छ म डायरीसँग पनि डराउँछु ।  मलाई सधैँ लाग्छ मेरा शब्दहरु कठोर नबनुन् । तर किन किन म भित्र कठोरता पनि जन्मदैछ । सायद म भित्रको कठोरतालाई म सलेब्रेट गर्न चाहन्न तर म नर्कान पनि सकिरहेको छैन । 

कहिलेकाही लाग्छ म समयभन्दा अगाडी छु । कहिले लाग्म म समयभन्दा पछाडी छु । तर म आज अगाडी बढ्न चाहन्न । मलाई शब्दमा आफ्ना केही अनौठा भावनाहरु पोख्नु छ तर किनकिन लागिरहेछ म चाहेर पनि पोख्न सक्दिन । कहिलेकाही लाग्छ नि कसैका अगाडी रुन सकियोस् । एक नाङ्गो मानिसझै एकपटक फेरी त्यही बन्न सकियोस् जो आफू बन्नु हो । तर म चाहेझै बन्न सकिरहेको छैन । सायद म भित्र अर्को लेएर जम्मा भएको छ जसले मलाई भन्दैछ तँ तीसको भैस केटाकेटी झै नभएस् ।

तर म आज स्रोहको महशुस गर्दैछु । मलाई लाग्दैछ म मज्जाले रिसाउँ र मज्जाले रोइदिउँ । न रिसाउँन सजिलो छ न रुन । एक मौन यात्रामा छु । तर भित्रभित्र सब कोलाहल मात्र छ । त्यस्तो कोलाहल जसले आफैलाई प्रश्न गर्दैछ । तर यो मेरो आफ्नो यात्रा हो चाहेर पनि म आफ्नो यात्रालाई नर्कान सकिरहेको छैन । सायद हामी सबै यस्तै नै छौ । सायद यी शब्दहरुले हामीलाई कि चाहेभन्दा निर्मम बनाउँछ कि चाहेभन्दा कठोर । तर म चाहन्छु म जे महसुस गर्दैछु त्यो भन्न सकुँ । सायद म चाहन्छु म भित्र जे छ त्यो पोखियोस् । जम्नु भन्दा पोखिनु बेस् म जम्नभन्दा पोखिन चाहन्छु । म आफैँलाई चिसा पर्खालहरुले बाध्न चाहन्न । सायद यो म हुनु हो । 

तर थाहा छैन किन म आफैँ बन्न सकिरहेको छैन । म चाहन्थे म भित्रका आधि र  हुरीहरु चिसा पहाडहरु नबनुन् । तर म समयसँगै चिसो  बन्दैछु जो म होइन । आफैँले आफैलाई अपरिचित भेट्दैछु । आफूले आफैलाई नचिन्नु अनौठो अवस्था हो । प्रिय डायरी कुनै दिन तिमीले मलाई चिनेझै ठान्यौ एक पटक फर्केर बोलाउँनु ल । 

Wednesday, June 19, 2024

डायरी लेख्ने केटी


यो डिजिटल डायरीको कथा हो । यस्तो कथा जसलाई नभन्दा पनि हुन्थ्यो । तर भन्न चाहेँ । यो डायरी लेख्नेको कथा हो । यो डायरी लेख्ने केटीको कथा हो । यो त्यो केटीको कथा हो जसलाई लाग्यो कुनै दिन उ आफ्नाजस्तै मान्छेहरुको कथा भन्नेछ । र आज पनि उसलाई त्यही नै लाग्छ ।

उ कथा सानैदेखी भन्थी । तर उसलाई कहिल्यै लागेन उसका कथाको केही महत्व छ । उसको कथा भन्ने साथी थियो उसको काठको पुतली । उसकी आमालाई सबैभन्दा चिन्ता उसले त्यही काठको पुतली खेलेकोमा लाग्थ्यो । तर उ आमासँग लुकीलुकी भएपनि खेल्ने गर्थी । उसको लागि उसकी पुतली साथी मात्र थिइन उसको कथाकी पात्र पनि थिइ । आमालाई चिन्ता थियो छोरीले कहिल्यै काठको पुतली छाड्दीन की भन्ने । छोरीलाई चिन्ता थियो आमाले कुनै दिन आफ्नो काठको पुतली फाल्दी हाल्छिन् कि भन्ने । तर आमाको हठको अगाडी उसको केही चलेन । एक दिन आमाले उसको पुतली जलाइदिइन् ।  त्यसपछि उसको र उसको काठको पुतलीको भेट कहिल्यै भएन । 

यो त्यही केटीको कथा हो जसले आज पनि डायरी लेख्ने गर्छे ।  आज पनि आफ्ना केही डायरीहरु लुकाएर राख्छे । कसैले पढ्दिइ हाल्छन् कि भन्ने कुराहरु अंगे्रेजीमा लेख्छे ।

आमाले काठको पुतलीलाई जलाइदिएको केही समयपछि उसलाई लाग्यो अब उसले आफ्ना कथाहरु भन्ने नयाँ साथी खोज्नुपर्छ । उसले डायरी भेटी । उसलाई लाग्यो डायरी पनि उसको साथी नै रहेछ । आज पनि उसलाई लाग्छ डायरीभन्दा असल साथी अरु कोही हुन सक्दैन ।

सायद उसलाई लाज पनि लाग्छ उसका कथाको महत्व कहीँ छ भने डायरी मै छ । केही वर्षपछि कसैले भनिदियो ब्लग बनाउँ । कसैले बनाइदियो पनि । र उसको डायरी उसको ब्लग बन्यो । आज पनि उसको लागि उसको ब्लग उसको डायरी नै हो । डायरीले सायद स्वतन्त्रता दिन्छ सायद आफ्नोपन पनि दिन्छ । सायद यो ब्लगको कथा हो । सायद यो डायरीको पनि कथा हो । सायद यो लेख्नेहरुको कथा हो । सायद यो लेख्छु भन्न लाज मान्ने तर लेखिरहनेको कथा हो ।

ब्लगको कथा ब्राह बर्षको भयो । ब्राह बर्षहरुमा जीवनमा धर्काहरु थपिएँ । भन्नका लागि कथा थपिएँ । केही धर्काहरु अल्लि चहकिला र केही अल्लि धुमिल बन्दै गएँ । र केही मेटीए पनि । सायद केही मेटिने तरखरमा छन् । तर उसका डायरीका कथाहरु सिद्घिएका छैनन् । सायद कहिल्यै सिद्विने पनि छैनन् । सायद कुनै दिन उ रहनेछैन । सायद उसका कथाहरु उ सँगै सिद्विने पनि छन् । वा छैनन् पनि । तर यो यात्रामा उसले लेखेका कथा उसकै बनेर जानेछन् ।

उसलाई दावी गर्न कसैले सिकाएनन् । छोरीहरुलाई दावी गर्न कसले पो सिकाएको छ र । तर उसलाई आज लाग्छ उसले आफ्ना लागि केही भन्न सिक्नुपर्छ । सायद उसका डायरी उसका उदासीका र असन्तुष्टिका केही रंगहरु मात्र ्होइनन् । सायद यी ब्यक्तीगत भएर पनि यी ब्यक्तिगत मात्र होइनन् ।

अनुभूतीका केही भाष्यहरु बाकेर उसले सुरु गरेको उसको यो यात्रालाई थाहा छैन उसले आफैले फर्केर हेर्दा केही अर्थ राख्नेछ  वा छैन ।  अहिलेसम्म उसले जे देखी जे महसुस गरी त्यही लेखी । कहिलेकाही आफूभित्रको खुसीले कही लेख भन्यो कयौपटक आफैभित्रका केही दुखेसाहरुले । सायद दुखेको बेला मान्छेले धेरै लेख्ने गर्छ । हुनसक्छ उ दुखेका कुराहरु धेरै छ । आफैभित्र बोकिआएका अप्राप्तीका पर्खालहरु छन् ।

देख्नेहरुले लाग्न सक्छ उसले बाचेको जीवन एक सरल रेखा हो । एकले अर्काको जीवन हेर्दा त्यस्तो सबैलाई  लाग्छ ।  तर उसलाई लाग्छ उसले किनारामा बाची र किनारामै बाच्नेहरुको लागि लेखी । 

सायद अहिले पनि उ त्यही काठको पुतलीको खोजीमा लेख्ने गर्छे । वा पुतलीझै उडेका उसका सपनाको खोजीमा लेख्ने गर्छे । कथा अझै बाकी छ बाकी अर्को दिन .........................

Sunday, June 16, 2024

अन्तिम वाक्य


केही भन्नु थियो तर नभनी भन्नु थियो । कहिलेकाही लाग्छ नि नभनीकन कसैले बुझिदियोस् । एक सानाटा..... । म त्यही चाहन्थे । मैले नभनी कसैले सुनिदियोस् । जसरी कहिलेकाही कुनै उकालोम थाकेको बेला अनायासै चिसो बतासले छुन्छ । कहिलेकाही तिर्खाएको बेला पानीको मुहान भेटिन्छ । म त्यसैगरी केही नभनी भन्न चाहन्थेँ ।

मलाई वाक्यले बोल्नु थिएन । कहिलेकाही वाक्यले भन्दा मौनताले धेरै बोल्छ । तर ....सजिलो छैन केही नभएझै शान्त भैदिँन । नबोलेझै गरी बोलिदिँन । मलई सधै लाग्छ संवादको अन्तिम वाक्य त्यसै छोडिदिउँ । मैले नलेखेको त्यो वाक्यलाई कसैले पुरा गरिदियोस् । तर सदा झै आज पनि म आफ्ना संवादहरु बिना अन्त्यका भेट्छु । र हतारमा केही छुटेका शब्दहरु बोदिदिन्छु । 

कहिलेकाही लाग्छ के म त्यो अन्त्य हुँ जसले संवादका लागि वा भनौ निरन्तरताका लागि केही अपुरा शब्दहरु बोलिदिन्छ । र केही नभएझै हिडिदिन्छ ।  कस्तो कुरुप अन्त्य । कस्तो कुरुप अवस्था । 

 ..................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................................

Friday, June 14, 2024

प्रतिबिम्ब

 

“के तिम्रो नाम छाँया हो ? होइन मलाई प्रतिबिम्ब भन्नुस् ।”

“म तिमीलाई छाँया भन्न चाहन्छु । तपाईल ेभन्दैमा म छाँया बन्ने होइन म आफूलाई प्रतिबिम्ब भनेर सम्बोधित भएको सुन्न चाहन्छु”

“दिएर इज नोथिङ इन नेम । आई डिन्ड एक्सपेक्ट दिस काइन्ड अफ कन्भेनसनल एटिटिउड फ्रम यू”

“तपाई सोच्न सक्नुहुन्छ ।  आइ एम क्वाइट रिजिड रिगाडिङ माइ नेम”

यो हाम्रो पहिलो भेट हो । यो पहिलो भेट हो तर सजिलो भेट पक्कै होइन । म उसलाई इन्स्टामा फलो गर्थे । उसको चित्रकारीता देखेर प्रभावित थिएँ र छु पनि । तर कारण त्यो मात्र होइन म बस् उसलाई भेट्न चाहन्थे । मलाई लागेको थियो उसका चित्रहरु झै जीवन बारे पनि उ केही खुल्ला छे । तर भेट्दा मलाई लाग्यो उ धेरै रिजिड छे । मैले सोचेको जस्तो वा कल्पना गरेजस्तो उ छैन । 

उ केही उदास देखिन्छे । म पहिलो भेटमै उसलाई तिमी किन निरास छौ भन्न सक्दिन । सायद उ त्यस्तै हो । सायद चित्रकार हुनु उदास हुनु हो । मैले भेटेको उ पहिलो चित्रकार हो । सायद यो चित्रकारहरु बारे रहेको मेरो आम धारणा हो । तर म उसँग निराशाबारे केही भन्न सक्दिन । तर निराश देखिँदैमा कोही निराश नै हुन्छ भन्ने पनि त छैन । देख्न त म पनि खुसी  देखिन्छु तर म पनि त निरास छु । 

उ आफ्नो लागि क्यापचिनो मगाउँछे र मेरो रोजाइ सोध्छे । म पनि क्यापचिनो नै भनिदिन्छु ।  म आफ्नो रोजाइ उसको अगाडी भन्न सक्दिन । म र्यान्डम गफ निकाल्छु । किनकिन मलाई सधैँ लाग्ने गर्थो उ पनि म जस्तै सिनेमा प्रेमी हो तर फेरी अर्को पटक म गलत ठहरीन्छु । उ भन्छे, “मलाई सिनेमाहरुले खासै तान्दैन । “ कहिलेकाही हामी आफ्नै प्रतिबिम्ब अरु कसैमा खोज्छौ सायद म बाट त्यही भयो ।

फेरी अर्को पटक त्यसै बसेको देखेर व्यटर आइपुग्छ, उ फेरी अर्को पटक पनि कफी नै मगाउँछे । म पनि कफी नै भनिदिन्छु । उ म बारे केही सोध्दिन म केही र्यान्डम कुराहरु निकालिरहन्छु । मलाई फेरी पनि लाग्छ उ केही निराश छ तर निरास त म पनि छु । तर म उ जस्तो निरास देखिन्न ।

खोइ उसलाई के लाग्यो उ अनायासै सोधिदिन्छे, “के तपाई निरास हुनुहुन्छ जीवनप्रति इन जेनरल” । म भन्न सक्दिन म निरास छु । तर उसले कसरी भनी म निरास छु भनेर । मेरा साथीहरुलाई सधै लाग्छ म सधै खुसी छु भनेर ।

सायद उ पनि निरास छ । सायद एक निरास आँखाले अर्को निरास आँखालाई चिन्न सक्छ । तर उ सँग खुसी भएझै देखाउँछु । हुनसक्छ हामीसबैले एक अर्कासँग यसै गर्छौ । तर म उसलाई “तिमी पनि निरास छौ झै लाग्छ “ भन्न सक्दिन । उ आफूले भर्खरै पढीभयाएका केही किताब बारे कुरा गर्छे । उ भन्छे, “मलाई किताबमा भेटिएका अनलब्भडहरु साँच्चै भेटिनेभन्दा मायालु लाग्छ । किन संसारमा कसैलाई  प्रेम मात्र मिल्छ र कसैलाई अप्रेम मात्र ? मलाई सधै अप्रेमीलहरु  प्रेमिल लाग्छ । “ 

म उसले भनेको कुरा बुझ्छु पनि बुझ्दिन पनि । तर म प्रतिक्रिया दिन्न । उसलाई सुन्दैछु झै देखाउँछु मात्र । जवाफमा मैले भर्खरै हेरीभयाएका केही र्यान्डम फिल्मबारे कुरा गर्छु । उ सुनेझै गर्छे तर केही प्रतिक्रिया दिन्न । उ फिल्मबारे त्यती जिज्ञासु नभएपनि मलाई केही भन्दिन । उ आफ्नो नाममा झै थाहा छैन किन अरु कुरामा त्यती रिजिड देखिन्न ।

म उसँलाई उसको चित्रहरु बारे सोध्दिन । हुन त मलाई चित्रकारीता बारे थाहा पनि त छैन । तर म उसलाई केही चिज सोध्न सक्थे तर म सोध्दिन । यो मेरो त्यस्तो पहिले भेट हो कसैसँग जसमा हामी दुबै आ–आफ्ना कुराहरु मात्र गरीरहेछौ । उ उसको कुरा म मेरो कुरा ।

तर उसलाई कसरी थाहा भो म निरास छु भनेर । के तीसपछि सबै निराश नै हुन्छन ्? मलाई थाहा छैन उसको उमेर कति भयो । सायद उसले पनि तीस काटी मैले जस्तै । तर म उसलाई उसको उमेर सोध्न सक्दिन । हुन त केटीमान्छेको उमेर नसोध्नु भन्छन् । तर म कसैलाई पनि सोध्न सक्दिन । 

फरी अर्को पटक उसका आँखाहरु हेर्छु तर उसले अन्त कतै हेरेको बेला । खोई किन मलाई उसका आँखाहरु निरास लाग्छन् । 

“तपाईको उमेर ?” उ अनायासै सोधिदिन्छे । “आई एम इन माई थट्टी” म भन्छु । “आइ अलरेडी गेस्ड इट बिकज यू लुक स्याड एन्ड कन्फियूज्ड । तीसमा बाच्नु भनेको यही हो । “ उ मैले जे सोच्दै थिएँ त्यही भन्छ । तर उसलाई कसरी थाहा भो तीस काटेपछि मानिस अल्लि बढी निरास बन्छ भनेर । उ भन्छे, “अरल्ली थट्टी इज अल एबाउट क्राइसीस । म तपाईलाई बुझ्न सक्छु । “ उसले मलाई कसरी बुझी । एकले अर्कालाई त्यसै कसरी बुझ्न सक्छ । तर म उसलाई त्यो भन्न सक्दिन । म दुबिधामा छु यो पनि सत्य हो । म जीवनप्रति निरास छु यो पनि सत्य हो । उसले बुझेकी पनि हो । तर म चाहन्न उसले मलाई बुझोस् ।

कसैले कसैलाई बुझ्नु भनेको सजिलो अवस्था पक्कै होइन । बुझेपछि बुझ्न बाकी केही रहन्न । सब चिज असुन्दर झै लाग्छ । म उसका अगाडी असुन्दर बन्न चाहन्न । तर के उसले मलाई बुझेकी नै हो । तर म उसलाई तिमीले कसरी बुझ्यौ भन्न सक्दिन ।  

“आर यू इस्टिल थिङ्किङ एवाउट सेम ? आइ वाज जस्ट किडिङ” उ सजिलै भन्छे । तर मलाई उ जिस्किएकी झै लाग्दैन । म उसका आँखामा जिस्किएको जस्तो केही देख्दिन । म मुस्कुराएझै गर्छु उ मुस्कुराएझै गर्छे । उ भन्छे “अब निस्कनुपर्छ“ म “हस्” भन्छु । हामी दुबै निस्कन्छौ । 

बाटोभरी म उसका उदास आँखालाई भुल्न सक्दिन । तर मेरा आँखा पनि उदासै देखिँदा रहेछन् । के एक उदास आँखाले अर्को उदास आँखालाई चिन्न सक्छ ? .....................................................

Wednesday, June 12, 2024

किनारा


कोलाहलको बिच पनि कोही किन यति शान्त भैदिन सक्छ । कोही किन अरु कसैको केन्द्रमा रमाइदिन सक्छ । थाहा छैन तिम्रो हृदयका डोबहरु किन अरुकाझै गहिरा छैनन् । भेट्नेहरुलाई लाग्छ तिमी केही होइनौ । एक छिन सुस्ताउँदा पनि मानिस नदी बनिदिँदो रहेछ । नदी सँगै बग्दो रहेछ र तिमीलाई केही नठानी फर्कदो रहेछ । तिमी हिजो पनि थियौ आज पनि छौ सायद भोली पनि रहनेछौ । सायद मानिसलाई अस्थिरता मनपर्छ । गडगडाउँदो आरोह र अबरोह मनपर्छ । क्षणभरमै डुबाउँने गहिराइ मनपर्छ । र क्षणभरमै उडाउँने बतास मनपर्छ ।

यो तिम्रो कथा हो तर तिमी होइनौ । थाहा छैन तिमी अरुले सोचेझै शान्त छौ वा छैन । वा तिमीबिचको कोलाहल मैले साचेझै क्षणिक छ वा छैन । यो मैले कोरेको तिम्रो चित्र हो । सायद म आफ्नै  लयमा तिमीलाई कोर्छु । कहिलेकाही लाग्छ एउटा किनाराले अर्को किनारालाई बुझ्छ । यो हाम्रो कथा हो । यो किनारझै आफूलाई सम्झने सबैको सामूहिक कथा हो ।

यो तिम्रो मात्र होइन यो त नदी किनारामा जन्मेर पनि नदिलाई मात्र सम्झनेको कथा पनि हो । हुर्कदै गर्दा कहिल्यै लागेन तिमी पनि छौ । मेरो लागि उपस्थितिका बिम्बहरु नदी र हिमाल मात्र थिएँ । नदीसँगै जोडिएको तिम्रो प्रतिबिम्ब एक अपरिचित प्रतिबिम्ब थियो । यतीका वर्षसम्म मैले तिमीलाई अपरिचित ठानिरहेँ । सबैभन्दा परिचित त तिमी रहेछौ । र सबैभन्दा नजिक पनि तिमी नै रहेछौ । यो क्षितिज काटिसकेपछि भित्रिएको अनूभूती हो । सायद म किनारामा मै रहिरहेको भए किनाराबारे बुझ्ने थिइन । सायद दुरीहरु दुरीहरु मात्र होइनन् बुझाइ पनि हुन् । 

आज म तिमीलाई बुझ्छु पनि बुझ्दिन पनि । तर तिमीमा आफैलाई कताकता भेट्ने गर्छु । सायद  यो बतास हावा र आधिहुरीको कोलाहल बिच कहि कतै तिम्रो न्यानोपन पनि खोजिबस्छुु । न्यानेपनको आशा बताससँग छैन । भिडमा केही नबुझिने कोलाहलसँग पनि छैन । उचाइको प्रतिबिम्ब लाग्ने हिमालसँग पनि छैन । सायद यो बुझाइको पहिलो बिन्दु हो । कुनै दिन अर्को पाइला चालेँ भने फेरी तिम्रै छायाँमा आफ्ना पैतालाका डोबहरु सहित फर्कनेछु ।

Monday, June 10, 2024

प्रिय तिमी,

 

    आज जीवनको अर्को मोडमा छु । आफ्नै छायाँले आफैलाई तर्साउँदैछु । तिमी जीवनमा आयौ वा आएनौ । म निर्कोल गर्ने मूडमा छैन । तिमी थियौ या थिएनौ म उपस्थितिका प्रश्नहरु गर्न सक्दिन । भरीएकी पनि छु र खाली पनि छु । यो कस्तो अनुभूती म भन्न सक्दिन ।

    यतिका बर्षहरुलाई फेरी फर्केर हेर्दै छु  । आफैँलाई हेर्दैछु तर बिलकुल अपरिचित । थाहा छैन कुनै मैले आफ्नै चित्रलाई कोर्न खोजेँभने कस्तो बनाउँनेछु । सायद संसारको सबैभन्दा शुस्म रेखाहरु मेरा लागि हुनेछन् । केही धुमिल रंगहरु म आफ्ना लागि राख्नेछु र कुनै अमूर्त चित्रझै जीवनका सबै मानकहरुलाई अपरिभाषित गरिदिनेछु ।

    चाहेर पनि मैले खोजेको अर्थको कुनै मूल्य छैन । भरिएको हृदयलाई पोख्न पनि चाहेको हो । तर म सदाझै आफैँलाई दावी गर्न सक्दिन । म जे चाहन्छु भन्न पनि सक्दिन । सदाझै कोमल हृदय बोकेर र्हेर्छु र पोखिन्छु मात्र ।

    सायद शब्दहरु थिएनन् भने म सँग केही रहेनछ । मैले बुझेको र मैले बुझ्न नसकेका जीवनका अनुभूतीहरु पनि अक्षरमा मात्र जीवीत रहेछन् । कहिलेकाही लाग्छ मृत्यू त केबल एक बिम्ब थियो र रहनेछ । मृत्यु नभएर पनि मृत्यूझै लाग्ने हजारौ मृत्यूहरुको घोषणा गरीदिउँ । आज यति भने जुन भन्न सजिलो छैन । कुनै दिन कथामा यी शब्दहरु ा ब्यक्त गरेँ भने बुझिदिनु यो सजिलो कथा होइन । सायद बर्षहरु चाडै बित्नेछन् आज गह्रौ लाग्ने चिजहरु केही हलुका पनि लाग्न सक्नेछन् । तर मेरा कथा पढ्दै गर्दा कसैले पनि मेरो जीवनलाई एक सरल रेखा नठानिदिनु ..........

Tuesday, May 28, 2024

. एक बिन्दु .


सपनाहरु साझा होइनन् । सायद भोगाइहरु पनि । अरुझै म पनि सामूहिकतामा आफूलाई भेट्दिन । सायद त्यसैले लेख्छु । लेख्नु मेरो लागि सोख थिएन यो त केबल म पनि छु भनेर आफ्नो अस्तित्वको रुपान्तरण मात्र थियो । तँ पनि छस् है भनेर कसैले भन्दिएको भए सायद आफैँँले आफैँलाई म पनि छु भनेर भन्ने थिइन होला । यी कथाहरु ब्यक्तिगत भएर पनि कहिलेकाही ब्यक्तिगत मात्र भनेर छोड्दिन सक्दिन ।

सायद लेख्नेहरुले धेरै पटक आफैलाई दोहोर्याउँछन् । दोहोरीनु एक प्रक्रिया मात्र होइन नियती पनि हो । शुष्मता र भब्यताका अनौठा मानक बिच मानिसले आफैँलाई खोजिरहन्छ । कतिलाई लाग्दो हो उसको उपस्थितीलाई सबैले  अपनाउँछन् । तर मलाईझै धेरैलाई लाग्छ उसको उपस्थिती संसारको बृहतताभित्र एक नदेखिने बिन्दुझै हो । तर यो अनुभूतीसम्म आइपुग्न सजिलो थिएन आफैँलाई कोर्दै मेट्दै यो केही होइन भन्दै अरुलेझै मैले पनि धेरै वर्षहरु बिताएँ । सायद आज पनि  त्यही प्रश्नमा रुमलिरहछु ।

केटाकेटी बेला जगले बाल्टिले छोपिन्ने म धेरैका लागि एक सानी मानिस मात्र थिएँ । बुवा अहिले पनि भन्नुहुन्छ, धेरैको प्रश्नको जवाफ उहाँ यसरी दिनुहुन्थ्यो “यो यस्तै भै राखी भने म यसलाई झोलामा बोकेर हिड्नेछु” । सायद आफूहुनुको झिनोपन त्यहीबाट आयो । स्कुलमा पनि छोपिन्थे । सायद अरुको अगाडी म पनि छु भनेर देखाउँन मैले लेखेँ । मैले सम्झने बेलादेखी म लेख्थेँ । मैले नलेखीकन बसेका दिनहरु मलाई याद छैन । 

सायद कलाहरु यसरी नै जीवनमा भित्रन्छन्, लेख्नेहरुल,े गाउँनेहरुले वा कलाको कुनै पनि माध्यम रोज्नेहरुले कुनै समय यसरी हिनताबोधमा बाचेका हुन्छन् जसलाई रोज्नु अरु कुनै पेषा रोज्नुझै होइन आफैलाई पोख्ने माध्यम रोज्नु मात्र हो । आज पनि कहिलेकाही लाग्छ अरुको अगाडी म पनि म पनि छु है भन्न म लेख्छु । सायद आफूजस्तै मानिसहरु भेट्न म पढ्छु । धेरैको भिडमा आफूलाई नपाउँनुको एक खाले पिडाबोध आज पनि हुन्छ । स्कुले पिक्नीकहरु साथी नभएकाले नगएको कुरा सम्झदा एदाकदा आज पनि दुख्छ । भिडमा आज पनि डराउँछु । नजिकिएका मानिसहरु समातेर राखौँ झै आज पनि लाग्छ । तँ पसले हुन्छेस् भनेको सम्झदा आज पनि चिडचिडाउँछु । सायद अनुभूतीहरुका यीनै श्रीङ्खलाहरु  बिच आफैलाई खोज्ने गुमाउँने प्रकृया जारी छ । सायद यीनै चिजहरु थिएँ जसले आज पनि अगाडी बढ भन्छ र कहिलेकाही पडाडी पनि धकेलिदिन्छ ।

यो बिन्दुझै बाच्नेहरुको कथा हो । संसारको बृहतता भित्र उनीहरु हराउँन पनि सक्छन् । तर अस्तित्वको लडाइले सानो ठूलो भन्दैन । आफ्नो संसारको मालिक मानिस आफैँ हो । उसलाई कसैले सुनोस् झै लाग्छ, कसैले उसको लागि बोलिदियोस् जस्तो पनि लाग्छ । आज सम्बोधनहरुको भिडमा आफैँलाई सम्बोधन गर्दैछु......

प्रिय सानी मान्छे,

पानी परिरहेको यो धमिलो दिनमा सायद आफैँसँग धमिलिँदै छु । एक खाली पानामा आफैँलाई लेखेकी छु सायद पहिचान र अस्तित्वको भागदौडमा म यहि बिन्दु नै हो । स्कुले एक साथी भन्ने गथ्र्यो म तँलाई झ्यालबाट फालिदिन्छु, थाहा छैन उ कहाँ छ तर कहिलेकाही लाग्छ उसले त्यो सानो मानिसलाई त्यो नभनी दिएको भए मैले आफैलाई अरु कसैको झ्यालबाट कहिल्यै हेर्ने थिइन । मैले आफैँले आफैँलाई उनीहरुको झ्यालबाट मात्र हेरेँ । सायद शुष्मताको बिन्दुबाट हेरिराखेँ ।

बृहत के शुष्ष्म के यो आज आएर कहिलेकाही आफैँलाई सोध्ने गर्छु । कमिलाको लागि उ सानो की बृहत । सायद यो बारे सोचीरहनु त्यही सानो मानिस हुनु हो । त्यो सानो मानिस अझै म भित्र छ ।

त्यो त्यस्तो प्रतिबिम्ब बन्यो जो होइन भन्दा पनि हो भन्ने जिकिर बेलाबखत गरीरहन्छ ।

थाहा छैन कहिलेसम्म तिम्रो प्रतिबिम्ब बोकेर हिड्नेछु । मानकहरु फेरीए, मष्र्याङ्दीको पानीले कति रंगहरु फेर्यो, रंग फेरीयो,अंक्षहरु फेरीए तर कसैले तँ यो होस् भनेर भनिदिएको प्रतिबिम्बले मलाइृ कहिल्यै छोड्न सकेन । कयौ दिन र कयौ रातहरु मैले त्यही प्रतिबिम्ब बोकेर बाचेकी छु ।.....

कहिलेकाही लाग्छ उसले किन मलाई झ्यालबाट फालिदिन्छु मैले त कहिल्यै भनिन । किन त्यो दिन उसलाई मैले उसलाई किन फाल्छु भनिस् भन्न सकिन । किन म चुपचाप रहेँ । किन उसँग त्यसपनि शिर उठाएर बोलिन । किन उसले दिएको निर्मम प्रतिबिम्बमा आज पनि म आफूलाई हेरीरहन्छु । आफ्नै शब्दहरुमा आफैँलाई निरिह प्रमाणित गरिरहन्छु .....

प्रिय सानी मान्छे यो सानोको बिम्बबाट म तिमीलाई मूक्त गर्न चाहन्छु । तर किन र कसरी त्यो त म पनि खोज्दैछु । भेटिएको दिन म फेरी तिमीमाझ आउँनेछु .........


Tuesday, May 21, 2024

डोब

 यात्रामा छु

लाग्दैछ बाच्दैछु

तिम्रो झै मेरो यात्रामा दुरीहरुको उपस्थिति नहुन सक्छ

प्रस्थान बिन्दु, गन्तव्य, सहयात्रीहरु

यो केवल पाइलाहरुको डोब हो

किनारमा रहने पाइलाहरुको डोब

जसले यात्राको संकेत गर्छ

यी केबल अस्तित्वका डोबहरु हुन्

आज बालुका डोबहरुमा

मैले मेरो यात्राको उपस्थिति जनाएकी छु

भोलि कोही आउँनेछ फेरि बनाउँने

यात्रीहरु फेरीनेछ्न् हर बिहान

यात्रा कायम नै

लाग्न सक्छ तिमीलाई यो कस्तो यात्रा?

यो कस्तो उपस्थिति ?

यो किनाराको यात्रा हो

कस्तो डोबहरुलाई सोध.....!


Sunday, May 19, 2024

डिएर फूडियोको,

 डिएर फूडियोको,

क्षितिजको पर कुनै कुनावाट, बाफिला दिनहरुलाई साक्षि राखेर बरफझै चिसोभै सकेकी तिमीलाई यी अक्षहरुले सम्बोधन गर्दैछु । हुनसक्छ तिमी कुनै उदास पुस्तकको उदास पानाहरुमा ब्याकरणका स–साना गल्तीहरु खोज्दै छौ । तिमीलाई झै मलाई पनि कहिलेकाही लाग्छ पुस्तकहरु मानिसका गल्तीहरुलाई पुस्तातरण गर्न आएका काँगजका केही टुक्राहरु मात्र हुन् । 

तिमीलाई लाग्दो हो आफैँ पनि पुस्तकमा भेटिएका गल्तिहरुको निरन्तरता पो हो कि ? सायद यो अस्तित्वको प्रश्न हो । हामीले आफैलाई प्रश्न गर्न थालेको वर्षौ भै सकेछ । तथापी उत्तरहरु मौन छन् । उनीहरुलाई लाग्दो हो आफैँबारे सोचिबस्ने मानिहरु आफ्नै सपना र अंहको भूलभूलैमा रुमलिएका छन् । तथापी आफैबारे सोचिबस्ने तिमी एक्ली पक्कै हैनौ ।

पुस्तकको केही अघिल्ला पानाहरु पढ्दै गर्दा मलाई लागेको थिएन तिमी जसरी बाच्दैछौ त्यो बाच्न सजिलो छैन । सायद तिम्री लेखकलाई पनि त्यही लाग्यो । तिमीलाई लाग्यो एक्लो हुनु पाप होइन तर एक्लाहरुले पनि कुनै दिन कोही भेट्नेछ । त्यो तिम्रो सपनाको कथा थियो । हरेक एक्लाहरुले एक्लोपन बाट बाहिर निस्कन खोज्छ । त्यो तिम्रो भागको खुसी थियो । मलाई लागेको थियो तिम्रो भागको खुसी तिमीलाई मिलोस् ।

जब किताबका पानाहरु छिचोल्दै गएँ यस्तो लाग्यो तिमी आफ्ना सपनाहरुको नजिक छौ । मानिसले जे खोजिरहन्छ त्यो अवस्य पाउँछ । तर त्यस्तो भएन । कोही आफ्नोझै लाग्ने भेट्न त भेट्यौ तर त्यो क्षणिक थियो पूर्ण थिएन । सायद संसारमा पूर्ण कोही छैन वा छ तर त्यो सबैको भागमा छैन । प्रेम कहिल्यै अनुभूत नगरी बाच्न सजिलो छैन । वा महसूस गरेर पनि प्राप्ति बेगर बाच्न सजिलो छैन ।

अब तिम्रो कथा मेरो आफ्नोझै भएको छ । सायद अनूभूतीहरु साझा हुन्छन् । म महसुस त गर्छु तर यो अनूभूती सरल छैन । हुनसक्छ हाम्रा दुख र अनुभूतीहरु ब्यक्तिगत मात्र हुन् ...........................................

भन्नेकुराहरु धेरै थिएँ । तर थाहा छैन किन म कहि कतै अल्झिन पुगेँ तिमीझै । सायद यिनै अल्झाइमा कहि कतै हामीले एक अर्कालाई भेट्नेछौ ............. ।

Sunday, April 14, 2024

वर्षभरी भेटेका किशोर पात्रहरु


प्रिय कोजिमा, गोपी, सुम्निमा, लिटल डग र बिनानामको प्रिय पात्र

थाहा छैन किन मलाई लाग्छ हामी सबैसँग कसैलाई खुलेर भन्न नसक्ने गुम्सिएका कथाहरु छन् । चाहेर नचाहेर हुनु र नहुनुको दोसाधमा मैले झै तिमीहरुले पनि त आफूलाई झिनो ठान्यौ । संसारको भब्यताभित्र धेरैलाई लाग्दो हो उनीहरुको अस्तित्वलाई सबैले सेलेब्रेट गर्नेछन् । तर हामी त्यस्ता पनि त छौ जसलाई लाग्छ हाम्रो अस्तित्व हुनु र नहुनुको मझधारमा कहि कतै अल्झिरहेझै लाग्छ । हामी ती धुमिल रेखाहरु हौ जसलाई अरुले सजिलै देख्न सक्दैनन् । यी यस्तै  धुमिलतामा अल्झिरहको बेला आफूझै कोही अरु भेट्नुले पनि केही अर्थ राख्छ । सायद यो त्यही हो.....

बर्षभरी सुम्निमाले मलाई छोडिन । उ  श्रद्वा घलेको कलमबाट निस्किएकी एक जोद्धा केटी मात्र थिइन । उ त मेरो चलिरहेको अनुसन्धानको एक टेक्स्ट पनि थिइ । करिब सत्तरी पेजको थेसिसमा सायद उ चालिस पेजमा फैलिएकी छ । त्यहाँ म उसलाई उ कम पात्र झै बढी मान्छु । तर म उसलाई पात्रमा मात्र टुङ्ग्याउँन चाहन्न ।  म उसलाई प्रेम गर्छु । तर मैले लेखेका पानाहरुमा उ प्रेमील छैन । तर म उसलाई ति पानाहरु बेगर नै प्रेम गर्छु जसरी म मेरा साथीहरुलाई गर्छु । कहिलेकाही काठमाडौँका गल्लिहरु त्यसै बरालिएको बेला मलाई लाग्छ उ कही कतै भेटिनेछ ।

  उसलाई लिटल डगको नाम दिएकी हजुरआमा देखेर उसलाई झै मलाई पनि रिस उठ्छ । मानिसलाई डग भनेर किन कसैले कसैलाई नाम दिन सक्छ । उ म झै छ । हरेक दिन उ नपढेकी आमालाई बुझाउनँ दोभाषेको काम गरीरहेछ । म मेरी पढेकी आमालाई बुझाउँन पनि दोभाषेको काम गर्छु । उसले आफ्नी अनपठ आमालाई लेखेर केही भन्यो । सायद उसलाई  लाग्यो उ आमाकै भाषामा उबारे संसारलाई बुझाउँन सक्दैन । तर बुझाउँन चाहने साहसलाई साहस नै मान्नुपर्छ । उ लिटल होइन किनकिन म उसलाई अघुताभाषमा अन्त्य गर्न चाहन्न । किन हामी आफूजस्तै अरु कोहीलाई सानो को उपमा दिन्छौ । कसैको अस्तित्वलाई किन कसैले सानो ठान्न सक्छ ? यूद्वले जन्माएको उसको अस्तित्वलाई  किन हामी एक प्रेमील बिम्बले ब्याख्या गर्न चाहन्छौ । तर म उसलाई त्यसरी ब्याख्या गर्न सक्दिन । म उसमा वोसन वोङको कोमल हृदय भेट्छु । कहिलेकाही लाग्छ कहि कतै वोङलाई मेट्न पाएँ भने म  उनलाई महसुस गरेर मात्र फर्कनेछु ।

कोजिमा पनि सानी छ म जस्तै, काली पनि म जस्तै । म उसलाई म झै भन्न त सक्छु तर भन्न चाहन्न । तर उसले बुझेको संसार हामी धेरैले बुझेको संसार भन्दा धेरै फराकिलो छ ।  उ पनि मजस्तै लेखेका अक्षरहरुलाई गन्छे । सायद उ कावाकामीको जापानी स्वरुप मात्र होइन मेरो आफ्नै नेपाली स्वरुप पनि हो ।  प्रिय कोजीमा, सायद हामी दुबैसँग संसारले नबुझेका अधुरा र मिहिन कथाहरु छन् । हामी क्रोधलाई शब्दमा नभने पनि पिडालाई अवस्य भन्न सक्नेछौ । तर मलाई कहिलेकाही कोजीमाको साथीलाई लेखकले किन नाम बिहिन बनाइन भन्ने लाग्छ । सेक्सपिएर झै नाममा केही छैन म भन्न सक्दिन । किन किन कसैले उसको नाम दियो म धेरै खुसी हुनेछु ।

गोपी एघारकी छ । तर उसलाई लाग्छ उ जे हो त्यसलाई एघारले केही बोल्दैन । उसले आमा गुमाएकी छ तर आमा गुमाउँनु के हो उ बुझ्न सक्दिन । तर आमाबेगरको  उसको अस्तित्वलाई पनि स्विकार्न सक्दिन । साँच्चै भन्दा यो बर्ष मैले पढेकी उमेरमा सानी र सबैभन्दा बुद्घिमान गोपी नै हो ।े

यी कसैका पात्रहरु थिएँ । आज मेरा पनि भएका छन् । कहिलेकाही लाग्छ लेखक भनेका माली हुन् फूल साझा हो । यो बर्ष भेटेका यी आफ्नाझै लाग्ने पात्रहरुले मलाई धेरै दिएर गएका छन् । अनुभूतीमा ति सधै रहिरहने छन् तर किनकिन आज शब्दले पनि उनीहरु बारे बोलेँ । मैले ब्याख्या गरेका पात्रहरु उमेरको एक कठिन घडिमा उभिएका छन् । तर पनि त्यसको दोब्बर उमेरको घडीमा उभिएकी मैले आफूमा उनीहरु पनि पाएकी छु । सायद उनीहरु म भित्र रहिरहने छन् । म उनीहरुलाई प्रेम गरीरहने छु ......

Friday, April 12, 2024

शून्य बर्षका शून्य कुराहरु


शून्य कस्तो मिठो शब्द है ! आज शून्य बर्षको अन्तिम दिनमा छौ । आज पनि तीन पछाडी शून्य नै छ । दिन हिजो जस्तै छ । बादलले आकाशलाई छोड्न सकेको छैन जसरी खोकीले मलाई छोडेको छैन । सायद आकाश र म समय र भोगाइको उहीँ रफ्तारमा छौ । तर यो बिष्मयको कथा होइन । बर्षहरु त नियती हुन् । नियतीलाई त हामीले अंगाल्न सक्नुपर्छ । अथवा यसलाई सामान्निकरण गर्नुपर्छ जसरी यो महिना खोकिलाई मैले गरेँ । जसरी आकाशलाई बादलले गर्यो ....

बर्षहरु चाडै जान्छन् हैँ । तथापी यीनिहरुलाई बिदा गर्न मन लाग्दैन । भोलिबाट नै म फेरी अर्को अंक थप्न तयार छैन । तर बितेका दिनहरुलाई फर्केर हेर्न तयार छु । जसरी बर्षौ अगाडीका पानाहरुलाई म बिना झनझट पल्टाउँछु । समय कुनै चित्र भएको भएँ समयसँगै रंगहरु फिक्का हुँदै जान्थे होलान् । छाँया र प्रतिछाँयाहरु बादलहरु भ्mै धुम्म पर्थे होलान् । तर यो समयको क्यानभाष हो । मेरो लागि बुढो समय अरु कसैको लागि यौवन पनि हुन सक्नेछ । सायद समय र बर्षहरु नियतीका बिम्बहरु मात्र हुन्  । वा यी चित्रमा कतै हराएका धुमिल रेखाहरु मात्र हुन् ।

कहिलेकाही लाग्छ समयलाई मैले बुझिन वा समयले मलाई बुझेन । वा हामी दुबै घमण्डी छौ एकले अर्काको अस्तित्वलाई स्विकार्दैनौ । यो समयको द्वन्द हो । सायद हामी सबै यसैको किनारामा कहि कतै अल्झिरहेछौ । आफ्ना पदचापहरुलाई हामी दौडाउँन सकिरहेका छैनौ । वा दौडिए पनि दौडिनुको उद्वेश्यलाई बुझ्न सकेका छैनौ । कहिलेकाही रुख देखेर ईश्र्या लाग्छ कहिलेकाही नदी किनारा । मलाई लाग्छ उनीहरुले समयको नियतीलाई बुझ्छन् । सायद जति नै बगेपनि रोकिनु त किनारमै छ । जति नै उडेँपनि सायद टेक्नकै लागि जमिननै चाहिन्छ । हुनसक्छ रुख र नदी किनारालाई बुझ्नु समयलाई बुझ्नु हो । तर म आफूलाई बुझाउँन सक्दिन । मलाई दौडनु छ, उड्नु छ म आफ्नै पदचापले अत्यासिएकी छु ।

तर यो पदचापको कथा पनि होइन । म मेरा अक्षरहरुले भर्खरै जे भने त्यो भन्न चाहँदैनथेँ । मलाई कहिलेकाही अनायासै लेखिएका केही बाक्यहरु र अनुच्छेदहरु देखेर पनि रीस उठ्छ । म जे भन्न चाहन्थे उनीहरुलाई लाग्र्छ  त्यो भन्नु हुन्न । सायद उनीहरु चाहन्छन् म कुनै शान्त आत्माझै मूक्त शब्दहरु बोलँु  । तर म मूक्तिको मार्गमा छैन । म भड्किएकी छु । तर शब्दहरुलाई लाग्छ मैले भड्किएको कुरा गर्नु हुन्न । मलाई यो बर्ष देखेर रीस उठेको छ म क्रोधले बिक्षिप्त छु । तर उनीहरु मलाई शान्त देखाउँन चाहन्छन् । देखाएझै कोही शान्त बन्न सक्छ र ? मलाई कहिलेकाही लाग्छ यी रुखहरुसँग पनि आधिहुरीका कथाहरु छन् सायद मेरा अक्षरहरु झै म उनीहरुको शान्ततालाई मात्र ब्याख्या गर्न चाहन्छु । म मेरा अक्षहरुझैँ ठोङ्गी छु ।

म फेरी भड्किएँ मलाई भन्नु अरु नै कुरा थियो ।  मलाई बर्ष इतिहास भन्नु थियो । तर मैले भन्ने इतिहासमा हिरोहरु रहँदैनन् । यो त हारेको मानिसको कथा हो जसलाई हामी बिष्मय ठानेर बिर्सन चाहन्छौ । हामीलाई लाग्छ यसले हामीलाई पिडा मात्र दिन्छ । तर म चाहन्छु मान्छेहरुले आधिहूरी र बिष्मयहरुलाई पनि बुझुन् । बिनाकारण कसैको गोलीले बानेश्वरको चोकबाट बिदा लिएका बिरेन्द्र र सुजनलाई पनि सम्झुन् । के बिनाकारण मरेकाहरुलाई हामीले बिर्सनै पर्ने हो । कहिलेकाही लाग्छ उनीहरुको नाउँ बालुवाटारको कोठामा लेखियोस् ता कि फेरी त्यो ठोकाभित्र छिर्नेहरुले उनीहरुलाई नभुलुन् । उनीहरु बिम्ब बनुनन्, रेखाहरु बनुनन्, आख्यानका पात्रहरु बनुन् तर गुमनाम नबनुन् । यो क्रोधको शब्द हो आज म यही भन्न चाहन्थेँ । किन बर्षहरुको कुरा गर्दा हामी फूलेका फूलहरुलाई मात्र सम्झन्छौ ? मलाई अनायासै निमोठियका फूलहरुलाई सम्झनु छ । म उनीहरुको कथानकलाई बादल र आकाशलाई झै सामान्नीकरण गर्न सक्दिन ।

कति उराठ कुरा गरुँ तर बर्ष उराठ थियो । धेरै नहुनु पर्ने कुराहरु भए र हुनुपर्ने कुराहरु भएनन् । आधीहुरुलाई पनि मानिसहरुर्ले  बताझै ठानेँ । बतासलाई आधिहूरी सम्झेँ । मैले आफैँले पनि त्यही गरेँ । तर केही राम्रो पनि भयो । मैले कोजीमालाई भेटेँ । मैले गोपीलाई भेटेँ । लिटल डगलाई पनि फेरी भेटेँ । उनीहरुको आधिहूरी पनि आफ्नै झै लाग्यो । सायद एक किनाराको मानिसलाई अर्को किनाराको मानिस आफ्नोझै लाग्छ । सायद त्यही भयो ..............

यो समयको कथालाई आधिबाटोमै टुङ्ग्याएकी छु । लाग्यो समयको गन्तब्य हुँदैन, यात्रा न हो ............

जानेहरुको नाउँमा

  यो समथर कथा होइन । सायद म यहाँ कहिँ कतै खुम्चिएकी छु । कहिँ कतै रोकिएकी पनि छु । यो जानेहरुको कथा हो । सायद हामी सबैको साझा कथा हो । यो मह...