Tuesday, May 21, 2024

डोब

 यात्रामा छु

लाग्दैछ बाच्दैछु

तिम्रो झै मेरो यात्रामा दुरीहरुको उपस्थिति नहुन सक्छ

न प्रस्थान बिन्दु, न गन्तव्य, न सहयात्रीहरु

यो त केवल पाइलाहरुको डोब हो

किनारमा रहने पाइलाहरुको डोब

जसले यात्राको संकेत गर्छ

यी त केबल अस्तित्वका डोबहरु हुन्

आज बालुका डोबहरुमा

मैले मेरो यात्राको उपस्थिति जनाएकी छु

भोलि कोही आउँनेछ र फेरि बनाउँने छ

यात्रीहरु फेरीनेछ्न् हर बिहान

यात्रा कायम नै छ

लाग्न सक्छ तिमीलाई यो कस्तो यात्रा?

यो कस्तो उपस्थिति ?

यो त किनाराको यात्रा हो

कस्तो डोबहरुलाई सोध.....!


No comments:

Post a Comment

Goodbye.....

Dear Sangita, It is not easy to say goodbye. Goodbye to anyone close. But saying a final goodbye is more difficult. It has been ten years si...